नेभिगेशन
सबै कुरा

वर्षाका कारण अवरुद्ध बिपी र अरनिकाे राजमार्ग एकतर्फी सञ्चालन

काभ्रेपलाञ्चोक । बाढीका कारण अवरुद्ध भएको बिपी र अरनिको राजमार्ग अहिले एकतर्फी सञ्चालनमा आएका छन् । निरन्तर वर्षाका कारण सडक माथिबाट लेदोसहित आएको बाढीका कारण आज बिहानदेखि दुवै राजमार्ग अवरुद्ध भएकामा प्रहरी र स्थानीय जनप्रतिनिधिको पहलमा एकतर्फी सञ्चालनमा आएका हुन् ।

काभ्रेपलाञ्चोक भएर सञ्चालित बिपी राजमार्गअन्तर्गत रोशी गाउँपालिकाको मङ्गलटार, नार्के, ल्हासकोट र चारयसबेँसी तथा अरनिको राजमार्गअन्तर्गत पाँचखाल नगरपालिकाको बाउन्नकिलो र धुलिखेल नगरपालिकाको तिरतिर धारामा भलसहितको बाढीका कारण अवरुद्ध भएको सडक अहिले एकतर्फी सञ्चालन आएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए । 

CG

शुक्रबार रातिदेखि परेको निरन्तर वर्षाका कारण आज बिहान रोशी–८ नार्के र चारसयबेँसी, वडा नं ९ को मङ्गलटारस्थित मङ्गलजनविजय मावि अगाडि, वडा नं ११ कालढुङ्गा र वडा नं १२ को माम्तिस्थित बिपी राजमार्गमा खहरेखोलाबाट लेदो आई सडक अवरोध भएकामा प्रहरी, जनप्रतिनिधि र स्थानीय बासिन्दाको पहलमा सडक दुईतर्फी सञ्चालनका लागि काम भइरहेको प्रहरीले जनाएको छ । 

प्रहरी नायब उपरीक्षक श्रेष्ठका अनुसार वर्षा निरन्तर भइरहेकाले समस्या भएका ठाउँमा प्रहरी परिचालन गरी सडक खुलाउने निरन्तर प्रयास भइरहेको छ । रोशी–७ ल्हासकोटस्थित बिपी राजमार्गमा खहरेखोलाबाट लेदो आई सडक अवरुद्ध भएकामा यहाँ रातिदेखि प्रहरीले सडक सञ्चालनको पहल गरेको थियो । 

स्थानीय र जनप्रतिनिधिसँगको समन्वयमा जेसिबी र स्काभेटरको सहयोगमा सडक खुलाएर अहिले एकतर्फी सवारी सञ्चालन भइरहेका प्रनाउ श्रेष्ठले जानकारी दिए । 

आज बिहान अरनिको राजमार्ग खण्डअन्तर्गत पाँचखाल नगरपालिका–८ को ५२ किलोस्थित खहरेखोलाबाट लेदोसहितको बाढी आएर सडक अवरुद्ध भएको थियो । सो स्थानमा पनि अहिले एकतर्फीरुपमा सवारी सञ्चालन भइरहेको उनले बताए । 

उक्त स्थानलगायत धुलिखेल नगरपालिका–८ तिरतिरेधारा नजिकै पहिरो आउनुका साथै रुख ढलेर अवरुद्ध भएको सडक अहिले एकतर्फी सञ्चालन भइरहेको प्रहरी नायब उपरीक्षक श्रेष्ठले जानकारी दिए । वर्षा निरन्तर भइरहेकाले सवारीसाधनलाई सहज रुपमा सञ्चालन गर्न समस्या भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
पाँचखाल खानेपानी आयोजनाको काम अन्तिम चरणमा

पाँचखाल खानेपानी आयोजनाको काम अन्तिम चरणमा

विविध कारण समयसीमाभन्दा तीन वर्षपछि आयोजना निर्माण सकिन लागेको हो । निर्माणाधीन उक्त आयोजनाको भौतिकतर्फ करिब ९९ प्रतिशत प्रगति हासिल भएको आयोजना कार्यालयले जनाएको छ ।
मुग्लिन–पोखरा सडक शीघ्र सम्पन्न गर्न मन्त्री घिसिङको निर्देशन

मुग्लिन–पोखरा सडक शीघ्र सम्पन्न गर्न मन्त्री घिसिङको निर्देशन

मन्त्री घिसिङले पश्चिम खण्डअन्तर्गत जामुनेबाट पोखरासम्मको हालसम्म भएको प्रगति विवरणबारे जानकारी लिँदै समस्या समाधानका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । पश्चिम खण्डमा भौतिक प्रगति ५९ दशमलव ७६...
मुआब्जा नपाएपछि माथिल्लो रावाखोला आयोजना बन्द

मुआब्जा नपाएपछि माथिल्लो रावाखोला आयोजना बन्द

यही मङ्सिर ६ गते प्रवर्द्धक कम्पनीका प्रतिनिधि र जग्गाधनीबीच मङ्सिर २५ गतेभित्र क्षतिपूर्ति उपलब्ध गराउने सहमति भएको थियो । दुई पक्षबीच गरिएको लिखित सहमति प्रवर्द्धक कम्पनीले कार्यान्वयन नगरेपछि...
सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए

सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए

“छोरा, आज त अनुहार निकै हँसिलो देखिन्छ नि । धेरै खुसी छौँ जस्तो छ, फेरि टीका पनि लगाएका छौँ ?” फेसबुक मेसेन्जरको भिडियो कलमा आमाको माया मिसिएको प्रश्न...

भर्खरै