नेभिगेशन
सबै कुरा

महाकालीमा पानीको बहाव बढेपछि शारदा ब्यारेजमा सवारीसाधन चलाउन बन्देज

कञ्चनपुर । महाकाली नदीमा पानीको बहाव बढेपछि शारदा ब्यारेज (बनबासा पुल) मा सवारीसाधन चलाउन बन्देज  लगाइएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

महाकाली नदीमा पानीको बहाव एक लाख क्युसेक नाघेपछि पुलमा चारपाङ्ग्रे ठूला सवारीसाधन चलाउन रोक लगाइएको हो । साना सवारीसाधन र पैदलयात्रुलाई भने ओहोरदोहोर गर्न दिइएको इलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रमुख प्रहरी नायब निरीक्षक राधाकृष्ण नाथले जानकारी दिए । आज बिहान ७ बजे महाकाली नदीमा गरिएको मापनअनुसार अहिले पानीको बहाव एक लाख ६४ हजार ६ सय ६० क्युसेक रहेको छ । 

Ncell
Extreme Energy

“शनिबार बेलुकी ४ बजेदेखि नै पानीको बहाव बढेपछि बनबासा पुलमा ठूला सवारीसाधन चलाउन रोक लगाइएको छ”, उनले भने । शनिबार साँझ महाकालीमा एक लाख पाँच हजार क्युसेक पानी मापन गरिएको थियो । बनबासा पुलमा ठूला सवारीसाधन चलाउन रोक लगाएपछि पश्चिमी नाका गड्डाचौकी हुँदै नेपाल–भारत आवतजावत गर्ने यात्रु मर्कामा परेका छन् ।

केन्द्रीय विपद् व्यवस्थापन महाशाखाका अनुसार कञ्चनपुर र कैलालीमा भारी वर्षा हुने सम्भावना छ । यहाँ शनिबार बिहानैदेखि लगातार वर्षा भइरहेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बाढीपहिरोले क्षतिग्रस्त बेँसीसहर–चामे सडक स्तरोन्नति गर्न एक अर्ब लाग्ने अनुमान

बाढीपहिरोले क्षतिग्रस्त बेँसीसहर–चामे सडक स्तरोन्नति गर्न एक अर्ब लाग्ने अनुमान

डुम्रे–बेँसीसहर–चामे सडक आयोजनाले दुवै कामका लागि छुट्टाछुट्टै प्रस्ताव सम्बन्धित मन्त्रालयमा पठाएको आयोजना प्रमुख सतीश सुवेदीले बताए । उनका अनुसार असोज ८ देखि ११ गतेसम्म परेको अविरल वर्षासँगै आएको...
लेदो पन्छाएपछि बिपी राजमार्ग पुनः सञ्चालन

लेदो पन्छाएपछि बिपी राजमार्ग पुनः सञ्चालन

काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–९ पिन्थलीबेँसी नजिकै आज लेदो माटो र गेग्रान खस्दा राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयकाका सूचना अधिकारी रविन विष्टले जानकारी दिए ।
‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’

‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’

प्राधिकरणले दूरसञ्चार सेवा प्रदायकले सेवा उपलब्ध गराएबापत लिने शुल्क उचित र मनासिब हुनुपर्ने उल्लेख गरेको छ । प्राधिकरणले तोकेको निर्देशिकाबमोजिम शुल्क निर्धारण गरी लागू हुने मितिसमेत उल्लेख गरेर...
पोखराको सेतीमाथि निर्माणाधीन एक अर्बको 'सिग्नेचर पुल' (तस्बिर)

पोखराको सेतीमाथि निर्माणाधीन एक अर्बको 'सिग्नेचर पुल' (तस्बिर)

पोखरा-मुग्लिन सडक आयोजनाअन्तर्गत एसियाली विकास बैंकको सहयोगमा भ्याटसहित १ अर्ब ७ करोड रुपैयाँ  लागतमा बन्दै गरेको यो पुलको ठेक्का रसुवा कन्स्ट्रक्सनले लिएको छ ।