नेभिगेशन
सबै कुरा

विपद् प्रतिकार्यलाई प्रभावकारी बनाउन सांसदको ध्यानाकर्षण

काठमाडौँ । प्रतिनिधिसभाका सांसदहरुले निरन्तरको वर्षासँगको  बाढी र पहिराबाट सिङ्गो मुलुक प्रभावित भएकाले प्रतिकार्यलाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले नागरिकको जीउधनको रक्षा गर्न सरकार गम्भीर हुनुपर्नेमा जोड दिँदै विपद्मा परेका नागरिकको उद्धार तथा राहत वितरणलाई प्रभावित बनाउन माग गरे ।  

 सांसद शङ्कर भण्डारीले मुलुकभर विपद् जोखिम न्यूनीकरण तथा प्रतिकार्यका लागि तयारी अवस्थामा रहन सरकारसँग आग्रह गरे। “७७ वटै जिल्लामा सम्भावित जोखिमको पूर्वानुमान गरेर उद्धारलाई पहिलो प्राथमिकतामा राख्नुपर्छ । नागरिकको जीउधनको रक्षा गर्न सरकार गम्भीर हुनुपर्छ”, उनले भने ।        

सांसद नारायणप्रसाद आचार्यले पाल्पाको निस्दी, पूर्वखोला, माथागढी, रम्भा र रैनादेवी छहरालगायत ग्रामीण क्षेत्रमा सडक र विद्युत् सेवा अवरुद्ध भएको जानकारी दिँदै अत्यावश्यक सेवा सञ्चालन गर्न सरकारको ध्यानाकर्षण गराए ।  

सांसद हितराज पाण्डेले लगातारको वर्षाका कारण देशका विभिन्न भागमा जनधनको क्षति भएको जनाउँदै विपद्मा परेका नागरिकको उद्धार तथा राहत वितरणमा केन्द्रित हुन सरकारको ध्यानाकर्षण गराए ।  

बाढी र पहिरोमा परी निधन भएकाप्रति श्रद्धाञ्जली प्रकट गर्दै बेपत्ताको खोजी गर्न तथा घाइतेको उपचारको प्रबन्ध मिलाउन सरकारको ध्यानाकर्षण गराए ।  

सांसद सूर्यबहादुर थापा क्षेत्रीले मनसुनजन्य विपद्मा परेका नागरिकको उद्धार तथा राहतमा सरकारको ध्यान पुग्न नसकेको बताए । बर्सेनि दोहोरिने विपद्का घटना न्यूनीकरण गर्न सरकारकाले विशेष योजना बनाउनुपर्नेमा जोड दिँदै उनले वर्षाका कारण अवरुद्ध सडक व्यवस्थित गर्न सरकारले ध्यान दिनुपर्ने बताए ।  

सांसद छिरिङ ल्हामु लामा तामाङले वर्षाका कारण सडक भासिँदा कर्णाली राजमार्ग अवरुद्ध भएको जनाउँदै अवरुद्ध सडक तत्काल सञ्चालनका लागि सरकारको ध्यानाकर्णण गराए ।  

सांसद अब्दुल खानले विकास निर्माणका परियोजनालाई प्राकृतिक प्रकोप प्रतिरोधी बनाउन माग गरे। सांसद राजु थापाले अविरल वर्षाका कारण सिङ्गो मुलुक प्रभावित भएको उल्लेख गर्दै प्रतिकार्यका कार्यक्रमलाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

कामपाले आफ्ना मातहतमा रहेका स्वास्थ्य प्रवर्द्धन केन्द्र, वडा कार्यालयलगायत अन्य सेवा केन्द्रहरूमा तीव्र गतिको ब्रोडब्यान्ड इन्टरनेट (फाइबर टू द होम–एफटिटिएच) जडान प्रक्रिया अघि बढाएको कामपाको प्रशासन शाखा प्रमुख...
राष्ट्रपति पौडेल स्वदेश फिर्ता

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई, नेपालका लागि कतारका राजदूत, सुरक्षा निकायका प्रमुखलगायतले स्वागत गरेका थिए ।...
सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

संयोजक ढकालका अनुसार विस्तारित बैठकको ७० प्रतिशत बढी तयारी सकिएको छ । हल व्यवस्थापन, लजिस्टिक व्यवस्थापन लगायतका कामहरू लगभग सकिएका छन् । बिहीबार बाटै प्रतिनिधिहरू चितवन आउने क्रममा...