नेभिगेशन
सबै कुरा

विपद् प्रतिकार्यलाई प्रभावकारी बनाउन सांसदको ध्यानाकर्षण

काठमाडौँ । प्रतिनिधिसभाका सांसदहरुले निरन्तरको वर्षासँगको  बाढी र पहिराबाट सिङ्गो मुलुक प्रभावित भएकाले प्रतिकार्यलाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

Ncell
Extreme Energy

प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले नागरिकको जीउधनको रक्षा गर्न सरकार गम्भीर हुनुपर्नेमा जोड दिँदै विपद्मा परेका नागरिकको उद्धार तथा राहत वितरणलाई प्रभावित बनाउन माग गरे ।  

 सांसद शङ्कर भण्डारीले मुलुकभर विपद् जोखिम न्यूनीकरण तथा प्रतिकार्यका लागि तयारी अवस्थामा रहन सरकारसँग आग्रह गरे। “७७ वटै जिल्लामा सम्भावित जोखिमको पूर्वानुमान गरेर उद्धारलाई पहिलो प्राथमिकतामा राख्नुपर्छ । नागरिकको जीउधनको रक्षा गर्न सरकार गम्भीर हुनुपर्छ”, उनले भने ।        

सांसद नारायणप्रसाद आचार्यले पाल्पाको निस्दी, पूर्वखोला, माथागढी, रम्भा र रैनादेवी छहरालगायत ग्रामीण क्षेत्रमा सडक र विद्युत् सेवा अवरुद्ध भएको जानकारी दिँदै अत्यावश्यक सेवा सञ्चालन गर्न सरकारको ध्यानाकर्षण गराए ।  

सांसद हितराज पाण्डेले लगातारको वर्षाका कारण देशका विभिन्न भागमा जनधनको क्षति भएको जनाउँदै विपद्मा परेका नागरिकको उद्धार तथा राहत वितरणमा केन्द्रित हुन सरकारको ध्यानाकर्षण गराए ।  

बाढी र पहिरोमा परी निधन भएकाप्रति श्रद्धाञ्जली प्रकट गर्दै बेपत्ताको खोजी गर्न तथा घाइतेको उपचारको प्रबन्ध मिलाउन सरकारको ध्यानाकर्षण गराए ।  

सांसद सूर्यबहादुर थापा क्षेत्रीले मनसुनजन्य विपद्मा परेका नागरिकको उद्धार तथा राहतमा सरकारको ध्यान पुग्न नसकेको बताए । बर्सेनि दोहोरिने विपद्का घटना न्यूनीकरण गर्न सरकारकाले विशेष योजना बनाउनुपर्नेमा जोड दिँदै उनले वर्षाका कारण अवरुद्ध सडक व्यवस्थित गर्न सरकारले ध्यान दिनुपर्ने बताए ।  

सांसद छिरिङ ल्हामु लामा तामाङले वर्षाका कारण सडक भासिँदा कर्णाली राजमार्ग अवरुद्ध भएको जनाउँदै अवरुद्ध सडक तत्काल सञ्चालनका लागि सरकारको ध्यानाकर्णण गराए ।  

सांसद अब्दुल खानले विकास निर्माणका परियोजनालाई प्राकृतिक प्रकोप प्रतिरोधी बनाउन माग गरे। सांसद राजु थापाले अविरल वर्षाका कारण सिङ्गो मुलुक प्रभावित भएको उल्लेख गर्दै प्रतिकार्यका कार्यक्रमलाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

संसद् अधिवेशन अन्त्य भएकोले छिटो प्रक्रियाबाट काम अगाडि बढाउन अध्यादेशमार्फत देवानी संहिता, पञ्जीकरण ऐन वा विपद् सम्बन्धी कानुन संशोधन गर्ने तयारी भइरहेको उनले बताइन् ।
प्रस्तावित राजदूतहरूको सुनुवाइ असोज २६ देखि

प्रस्तावित राजदूतहरूको सुनुवाइ असोज २६ देखि

संसदीय सुनुवाइ समितिले विभिन्न १३ देशमा सिफारिस भएका प्रस्तावित राजदूतहरुको संसदीय सुनुवाइ असोज २६ देखि २८ गतेसम्म गर्ने निर्णय गरेको छ ।
प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

गत वैशाख २८ गतेदेखि आजसम्म गरी कुल १४५ दिन भए पनि संसदीय कार्य दिन ६२ कायम भएको हो । सभामुख डोलप्रसाद अर्यालले दोस्रो अधिवेशनको अन्त्यको घोषणा गर्नुपूर्व अधिवेशनमा...
रास्वपा सचेतक क्रान्तिशिखाको आग्रह– नयाँ घटना आएपछि अघिल्लो पीडा नबिर्सौं

रास्वपा सचेतक क्रान्तिशिखाको आग्रह– नयाँ घटना आएपछि अघिल्लो पीडा नबिर्सौं

रास्वपा सचेतक क्रान्तिशिखा धितालले नयाँ घटना आउना साथ पुरानो घटना र त्यसले दिएको पीडा नभुल्न सरकारलाई आग्रह गरेकी छन् ।