नेभिगेशन
सबै कुरा

कालीगण्डकी करिडोर तीन दिनदेखि बन्द

बागलुङ । लगातार वर्षाका कारण पहिरो खस्दा कालीगण्डकी करिडोरको बागलुङ खण्ड तीन दिनदेखि बन्द भएको छ । 

करिडोरको चार ठाउँमा पहिरो खसेकाले अहिलेसम्म यातायातका साधन सञ्चालन हुन सकेका छैनन् । शनिबार बिहानैदेखि उक्त सडकखण्ड अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विजय यादवले जानकारी दिए । 

करिडोरअन्तर्गत बागलुङ नगरपालिका–१० स्थित दब्ल्याङमा ट्र्याक नै बगेकाले सडक खुल्न समय लाग्ने बागलुङ नगरपालिकाका उपप्रमुख राज खड्काले बताए । करिडोरको जैमिनी नगरपालिका–५ विनामारे, जैमिनी नगरपालिका–१ ठेउलेखोला र जिमिरघाटमा पहिरो खसेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सिनामंगलबाट गुह्येश्वरी स्थानान्तरण गर्न लागिएको हवाई इन्धन डिपोको डिपिआर तयार

सिनामंगलबाट गुह्येश्वरी स्थानान्तरण गर्न लागिएको हवाई इन्धन डिपोको डिपिआर तयार

बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान कन्सल्टेन्सी सेवाद्वारा तयार पारिएको डिपिआर निगमको हवाई इन्धन डिपो सिनामंगललाई हस्तान्तरण गरिएको हो ।
वर्षाका कारण देशभरका चार राजमार्ग अवरुद्ध

वर्षाका कारण देशभरका चार राजमार्ग अवरुद्ध

प्रहरी प्रधान कार्यालयका अनुसार वर्षाका कारण सङ्खुवासभाको भोटखोला गाउँपालिकास्थित कोशी करिडोर, पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकास्थित मेची राजमार्ग, रसुवाको गोसाइँकुण्ड गाउँपालिकास्थित पासाङल्हामु सडक र रुकुम  पश्चिमको आठबिसकोठ...
पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको करिडोरको बागलुङ खण्डस्थित बागलुङ नगरपालिका–१० दब्ल्याङमा गए राति पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी वसन्त पाण्डेले जानकारी दिए ।...
सरकारले घोषणा गरेको १८ वर्षपछि कञ्चनपुरमा सुक्खा बन्दरगाह निर्माण कार्य सुरू

सरकारले घोषणा गरेको १८ वर्षपछि कञ्चनपुरमा सुक्खा बन्दरगाह निर्माण कार्य सुरू

समितिका कार्यकारी निर्देशक गजुरेलले बन्दरगाह निर्माणमास्थलका रुख कटानको काम सम्पन्न भइसकेपछि भारतीय निर्माण कम्पनीलाई काम गर्नका लागि मन्त्रालयमार्फत पत्राचार भइसकेको जानकारी दिए । सोहीअनुसार भारतीय निर्माण कम्पनीले मंगलबार...