नेभिगेशन
सबै कुरा
शिक्षक आन्दाेलन :

विद्यालय बन्द गरी आन्दोलनमा उत्रिने शिक्षकलाई बर्खास्त गर्ने महानगरको चेतावनी

३ असाेज, काठमाडौं : काठमाडौँ महानगरपालिकाले महानगरभित्रका स्कुल बन्द गर्ने शिक्षकलाई कारबाही गर्ने भएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

महानगरपालिका भित्रका कुनै पनि निजी तथा सरकारी विद्यालयका शिक्षकहरूले शिक्षक आन्दोलनका नाममा विद्यालय बन्द गरे कारबाही गर्ने महानगरले बताएको हो ।

Ncell
Extreme Energy

नेपाल शिक्षक महासंघको नेतृत्वमा काठमाडौंमा भइरहेको आन्दोलनमा महानगरका विद्यालय बन्द गरेर शिक्षकहरु आन्दोलनमा गए उनीहरुलाई कारबाही गर्ने महानगरले जनाएको हाे । त्यसका लागि महानगरले शिक्षा विभागलाई अनुगमन गरेर कारबाही गर्न निर्देशन दिएको छ । 

गत भदौमा संशोधन गरिएको शिक्षा नीतिमा शिक्षक तथा कर्मचारीलाई दलको सदस्य हुन बन्देज लगाउँदै काठमाडौं महानगरपालिकाले शिक्षा ऐन संशोधन गरेकाे थियो । यदि कुनै शिक्षक बन्द हडतालमा उत्रिएको पाइए सोही ऐनमा टेकेर कारबाही गरिने महानगरले बताएको छ । 

त्यस्तै विद्यालय शान्ति क्षेत्र भएकाले शिक्षक कर्मचारी बन्द हडतालमा उत्रिएको खण्डमा सेवाबाट बर्खास्त गर्ने महानगरको चेतावनी छ।


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
त्रिविसहित सबै विश्वविद्यालयमा कम्तीमा १० प्रतिशत विद्यार्थीलाई पूर्ण छात्रवृत्ति

त्रिविसहित सबै विश्वविद्यालयमा कम्तीमा १० प्रतिशत विद्यार्थीलाई पूर्ण छात्रवृत्ति

मन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गर्दै शिक्षा ऐन र नियमावलीबमोजिम निजी तथा सार्वजनिक विद्यालयले विद्यार्थी संख्याका आधारमा तोकिएबमोजिमका १० प्रतिशत छात्रवृत्ति प्रदान गरेको छात्रवृत्तिको विवरण...
अब कन्सल्टेन्सीले २५ लाख धरौटी राख्नु पर्ने, विदेश जाने विद्यार्थीलाई लक्षित शैक्षिक मेला पनि रोक

अब कन्सल्टेन्सीले २५ लाख धरौटी राख्नु पर्ने, विदेश जाने विद्यार्थीलाई लक्षित शैक्षिक मेला पनि रोक

नियमावलीअनुसार अब मन्त्रालयबाट अनुमति पत्र नलिई शैक्षिक परामर्श सेवा सञ्चालन गर्न पाइने छैन । भाषा शिक्षण र तयारी कक्षाका हकमा भने प्रदेश वा स्थानीय तहले नियमन गर्न सक्ने...
शिक्षामन्त्रीद्वारा विश्वविद्यालयका नवनियुक्त उपकुलपतिको शपथ

शिक्षामन्त्रीद्वारा विश्वविद्यालयका नवनियुक्त उपकुलपतिको शपथ

मन्त्री पोखरेलले त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा डा भोला थापा, सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति किसनदत्त भट्ट, मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति राजन सुवाल, कृषि तथा वन विश्वविद्यालयका उपकुलपति ऋषिराम कट्टेल, राजर्षी जनक...
नेपालमा करिब १४ सय विदेशी विद्यार्थी अध्ययन गर्दै

नेपालमा करिब १४ सय विदेशी विद्यार्थी अध्ययन गर्दै

सिंहदरबारमा बुधबार बसेको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा शिक्षा सचिव चूडामणि पौडेलले विभिन्न देशका गरेर नेपालमा हाल एक हजार ४ सय विदेशी विद्यार्थी अध्ययनरत रहेको बताएका...