नेभिगेशन
सबै कुरा

मध्यरातमा बिरामी उपचार गरिरहेका कञ्चनपुरका स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार

३ असाेज,  कञ्चनपुर : कञ्चनपुरको बेलौरी नगरपालिका–४ स्थित श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा बिरामीको उपचार गरिरहेका अहेब नरेन्द्र गैरेमाथि दुर्व्यवहार भएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मंगलबार राति करिब साढे ११ बजे स्वास्थ्य केन्द्रमा कार्यरत ४३ वर्षीय अहेब नरेन्द्र गैरेमाथि दुर्व्यवहार भएको हो।

Ncell
Extreme Energy

गैरेमाथि सोही नगरपालिकाका रामबहादुर खड्काले हातपातसमेत गरेको भिडिओ अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ । 

भिडिओमा उक्त स्वास्थ्य केन्द्रमा ६ वर्षदेखि कार्यरत गैरेमाथि बिरामीलाई उपचार गरिरहेको अवस्थामा दुर्व्यवहार भएको देखिन्छ ।  जहाँ बिरामी बेडमा पल्टिरहेका हुन्छन् । त्यही समयमा रामबहादुरसहित केही युवाहरू आएर अहेब नरेन्द्र गैरेलाई धम्क्याएको देखिन्छ। उनीहरु त्यतिमा मात्र सिमित नभएर केही समयपछि एक्कासि रामबहादुरले नरेन्द्रको घाँटी न्याँकेको भिडिओमा देखिन्छ।


उनीमाथि दुर्व्यवहार भएपछि आक्रमणमा उत्रनेलाई पक्राउ नगरेको भन्दै स्वास्थ्यकर्मीले आन्दोलनको घोषणा गरेका छन् ।

गैरे कार्यरत श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रले एक विज्ञप्ति जारी गर्दै तत्काल कारबाही नगरे ४ गतेदेखि आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने चेतावनी दिएका छन् । प्राथमिक स्वास्थ्य केन्द्रले विज्ञप्ति निकाल्दै प्रहरीले पनि घटनाप्रति गम्भीर नभएको आरोप लगाइएको छ ।

त्यस्तै गत साता हेंटौडाको सञ्चो अस्पतालमा बिरामीका आफन्तले डाक्टरमाथि कुटपिट गरेका थिए।  बिरामीको मृत्यु भएपछि आफन्तले ड्युटीमा रहेका डाक्टरलाई कुटपिट गरेका थिए। उक्त घटनामा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ भने ५ जनाविरूद्ध पक्राउ पुर्जी जारी गरेको छ। पक्राउ पुर्जी जारी भएकाहरू अहिले फरार छन्। 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सरकार र डा. गोविन्द केसीबीच सहमति, तोडे अनसन

सरकार र डा. गोविन्द केसीबीच सहमति, तोडे अनसन

बिहीबारदेखि धनगढीमा अनसन बसेका डा. केसीसँग वार्ता गर्न शिक्षामन्त्रीको निर्देशनमा शिक्षा सचिव चूडामणि पौडेल शनिबार धनगढी पुगेका थिए ।
नारायणी अस्पताल घटना: चिकित्सकमाथि आक्रमणको आरोपमा एक जना पक्राउ

नारायणी अस्पताल घटना: चिकित्सकमाथि आक्रमणको आरोपमा एक जना पक्राउ

नारायणी अस्पतालमा उपचारका क्रममा बिरामीको मृत्यु भएको घटनापछि चिकित्सकमाथि भएको आक्रमण आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
धनगढीमा अनसनरत डा. गोविन्द केसीको स्वास्थ्यमा समस्या, लगियो अस्पताल

धनगढीमा अनसनरत डा. गोविन्द केसीको स्वास्थ्यमा समस्या, लगियो अस्पताल

डा. केसी धनगढीको कृष्ण मन्दिर धर्मशालाको २११ नम्बर कोठामा सत्याग्रहमा बसेका थिए । उनलाई चिकित्सको सल्लाहमा प्रादेशिक अस्पताल सारिएको हो ।
जलन अस्पतालमा छैन खाली बेड

जलन अस्पतालमा छैन खाली बेड