नेभिगेशन
सबै कुरा

विमानस्थल सुरक्षा घेराको जाली तोडेर उद्धारमा जुटेका गणेशले दुर्घटनास्थलमा जे देखे (भिडियाे)

काठमाडाैँ । बुधबार बिहान ११ बजेको आसपास, काँडाघारीका गणेश थापा खाना खाएर हात धुन कौशीमा निस्किएका थिए । हात धुँदै  गर्दा उनको कानमा नजिकैबाट ठूलो विष्फोटको आवाज आयो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनलाई गाडी पल्टिएको जस्तो लाग्यो । तर, एकैछिनमा धूवाँको मुस्लो देखियो । त्यसपछि उनी बाइक निकालेर धूवाँ निक्लेको ठाउँतिर निस्किए ।   

Ncell
Extreme Energy

‘म खाना खाएर हात घुनका लागि कौसीमा निस्केको थिएँ, एक्कासि बडेमानको आवाज आयो । मैले इन्धन बोकेको गाडी पल्टियो भन्ने ठानेँ । त्यसको ५/७ सेकेन्डमा त एकदमै ठूलो धूवाँको मुस्लो आकाशमा आइहाल्यो । सुरुमा मैले १०/१५ सेकेन्डको भिडियो खिचेँ । त्यति गर्दासम्म इन्धन बोकेको गाडी पल्टिएको हैन रहेछ भन्ने म यकिन भएँ किनकि बाटोमा गाडी चलिनै रहेको थियो । त्यसपछि अन्तर्राष्ट्रिय विमानस्थलमै केही भयो भनेर म एउटा सर्ट लगाएर पार्किङमा राखेको बाइक लिएर आगोको मुस्लो भएतिर निस्किँए,’ उनले घटनाको अनुभव सुनाए । 

आगोको मुस्लो निस्किएको ठाउँमा पुग्दा नजिकैको रोडमा मोटरसाइकलमा केही साथीहरू हिँडिरहेको तर पारीपट्टि दनदनी जहाज जलिरहेको थापा बताउँछन् । ‘पारीपट्टि दनदनी प्लेन जलिरहेको देखेँ । बारबाट भित्र जान सक्ने अवस्था थिएन, आगो भयङ्कर ठूलो लागिरहेको थियो,’ उनले भने । 


उद्धार गर्न सकिन्छ की भनेर उनीसहित केही साथीहरू मिलेर तारको जाली भत्काएको र दुर्घटनास्थलतर्फ गएको उनले बताए । भित्र पस्नासाथ केही मात्रामा मात्रै सुरक्षाकर्मीहरू देखेको उनी बताउँछन् । ‘केही समयपछि त्यहाँ जलेका लासहरू सुरक्षाकर्मीको सहयोगमा निकालेर हस्पिटल पठाइयो,’ थापाले भने । 

देशको सुविधा सम्पन्न विमानस्थल हातामै भएको दुर्घटनामा पनि यात्रुहरूलाई जोगाउन नसकेकोमा उनले दुःख व्यक्त गरे । 

साैर्य एअरलाइन्सकाे विमान दुर्घटनासँग सम्बन्धित समाचारहरु

  1. त्रिभुवन विमानस्थलमा साैर्य एअरलाइन्सकाे जहाज दुर्घटना, विमानस्थलको आकाशमा धुवाँको मुस्लो
  2. २१ वर्षअघि देखि सञ्चालनमा आएको थियो दुर्घटनामा परेकाे सौर्यको जहाज
  3. दुर्घटनामा परेको जहाजमा सबैजना सौर्य एअरलाइन्सका कर्मचारी रहेको पुष्टि 
  4. सौर्य एअरलाइन्समा दुर्घटना: अहिलेसम्म के के भयाे ? सबै विवरण टाइमलाइनमा पढ्नुहोस् 
  5. दुर्घटनामा परेको सौर्य एअरलाइन्समा सवार थिए १८ नेपाली र एक विदेशी (नामावलीसहित)
  6. सौर्य एअरलाइन्स दुर्घटनामा परी १८ जनाको मृत्यु पुष्टी, मृतक सबै एअरलाइन्सका कर्मचारी
  7. आफ्नै विमान दुर्घटनामा परे सौर्य एअरलाइन्सका पाँच व्यवस्थापक, चार जनाकाे मृत्यु 
  8. ‘विमानस्थल हातामै भएको दुर्घटनामा किन यति ठूलो मानवीय क्षति ?’
  9. कसरी दुर्घटनामा पर्यो सौर्य एयरलाइन्सको जहाज ? 
  10. विमानस्थल सुरक्षा घेराको जाली तोडेर उद्धारमा जुटेका गणेशले दुर्घटनास्थलमा जे देखे (भिडियाे)
  11. सौर्य एअरलाइन्सको विमान दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय समिति गठन 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
धाप ड्याम कति जोखिममा, सरकारी अध्ययन टोलीले के निकाल्यो निष्कर्ष ?

धाप ड्याम कति जोखिममा, सरकारी अध्ययन टोलीले के निकाल्यो निष्कर्ष ?

लगातारको वर्षापछि ड्यामको उत्तरतर्फ, सिन्धुपाल्चोकको हैबुङतर्फ सडकमुनि पहिरो गएको छ। पहिरोका कारण सडक किनारमा बनाइएको ग्याबिन वाल भासिएको छ भने ह्युम पाइपको जोर्नीमा समेत क्षति पुगेको छ।
१५औँ महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन कांग्रेस सभापति थापाको आह्वान

१५औँ महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन कांग्रेस सभापति थापाको आह्वान

सभापति थापाले मंगलबार ‘हार्दिक आह्वान’ जारी गर्दै असोज ३ र ४ गते हुने वडा अधिवेशनमा सक्रियतापूर्वक सहभागी हुन कांग्रेसजनलाई आग्रह गरेका हुन्। उनका अनुसार १५औँ महाधिवेशन असोज १६...
सभापति लामिछानेले बोलाए सर्वदलीय बैठक

सभापति लामिछानेले बोलाए सर्वदलीय बैठक

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सर्वदलीय बैठक बोलाएका छन् ।
बङ्गलादेशमा आवामी लिगका सात नेताविरुद्ध मृत्युदण्डको फैसला

बङ्गलादेशमा आवामी लिगका सात नेताविरुद्ध मृत्युदण्डको फैसला

अदालतले उनीहरूलाई हत्या तथा मानवताविरुद्धको अपराध र हत्याका लागि उक्साएको अभियोगमा दोषी ठहर गरेको हो। सजाय सुनाइएकामध्ये आवामी लिगका पूर्वमहासचिव ओबैदुल कादेर र पूर्वमन्त्री मोहम्मद अली अराफात रहेका  ...