नेभिगेशन
सबै कुरा

विमान दुर्घटनाको शोकमा राष्ट्रिय झण्डा आधा झुकाइने

काठमाडौँ । सरकारले विमान दुर्घटना भएको शोकमा  भोलि राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको छ । बुधबार बिहान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सौर्य एअरलाइन्सको जहाज दुर्घटना भएपछि बोलाइएको आकस्मिक मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो ।  

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

त्यस्तै सरकारले सौर्य एअरलाइन्सको विमान दुर्घटनाबारे छानबिन गर्न ५ सदस्सीय समिति पनि गठन गरेको छ । सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङका अनुसार उक्त समितिले सौर्य एअरको दुर्घटनाको सम्बनधमा विस्तृत जाँच गरी दुर्घटनाको कराण पहिचान गरी आगामी दिनमा यस किसिमका दुर्घटना हुन नदिन अपनाइनुपर्ने सुझावसहितको प्रतिवेदन ४५ दिनभित्र पेश गर्नुपर्नेछ । 

Ncell
Extreme Energy

नेपाल नागरिक उडड्यन प्राधिकरणका पूर्व महानिर्देशक रतिश चन्द्रलाल सुमनको संयोजकत्वमा बनेको समितिमा नेपाल वायुसेवा निगमका क्याप्टेन दिपुराज ज्वारचन, पुल्चोक क्याम्पसका प्रध्यापक डा. सुदीप भट्टराई, श्री एअरलाइन्सका सञ्जय अधिकारी सदस्य छन् भने एअर ट्राफिक कन्ट्रोल अफिसर मुकेश डंगोल सदस्य सचिव रहेका छन् । 

साैर्य एअरलाइन्सकाे विमान दुर्घटनासँग सम्बन्धित समाचारहरु

त्रिभुवन विमानस्थलमा साैर्य एअरलाइन्सकाे जहाज दुर्घटना, विमानस्थलको आकाशमा धुवाँको मुस्लो

२१ वर्षअघि देखि सञ्चालनमा आएको थियो दुर्घटनामा परेकाे सौर्यको जहाज

दुर्घटनामा परेको जहाजमा सबैजना सौर्य एअरलाइन्सका कर्मचारी रहेको पुष्टि

सौर्य एअरलाइन्समा दुर्घटना: अहिलेसम्म के के भयाे ? सबै विवरण टाइमलाइनमा पढ्नुहोस्

दुर्घटनामा परेको सौर्य एअरलाइन्समा सवार थिए १८ नेपाली र एक विदेशी (नामावलीसहित)

सौर्य एअरलाइन्स दुर्घटनामा परी १८ जनाको मृत्यु पुष्टी, मृतक सबै एअरलाइन्सका कर्मचारी

आफ्नै विमान दुर्घटनामा परे सौर्य एअरलाइन्सका पाँच व्यवस्थापक, चार जनाकाे मृत्यु

‘विमानस्थल हातामै भएको दुर्घटनामा किन यति ठूलो मानवीय क्षति ?’

कसरी दुर्घटनामा पर्यो सौर्य एयरलाइन्सको जहाज ?

विमानस्थल सुरक्षा घेराको जाली तोडेर उद्धारमा जुटेका गणेशले दुर्घटनास्थलमा जे देखे (भिडियाे)

सौर्य एअरलाइन्सको विमान दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय समिति गठन 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
संसद्‍मा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम स्थगित, गृहमन्त्रीले रसुवा बाढीबारे जानकारी गराउने

संसद्‍मा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम स्थगित, गृहमन्त्रीले रसुवा बाढीबारे जानकारी गराउने

प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम स्थगित भएको छ ।
उद्धार र राहतलाई तीव्रता दिन राष्ट्रपतिको आग्रह

उद्धार र राहतलाई तीव्रता दिन राष्ट्रपतिको आग्रह

उनले विपद्को यस घडीमा उद्धार र राहतको कामलाई तीव्रता दिन सरकार, राजनीतिक दल, सामाजिक संघसंस्था, सुरक्षासहित सम्पूर्ण निकाय र आम नागरिकलाई आव्हान गरेका छन् ।
विपद् व्यवस्थापनका सम्पूर्ण संयन्त्रहरू परिचालन गर्न सरकारलाई रास्वपाको ध्यानाकर्षण

विपद् व्यवस्थापनका सम्पूर्ण संयन्त्रहरू परिचालन गर्न सरकारलाई रास्वपाको ध्यानाकर्षण

राष्ट्रिय स्वतन्त्र पार्टीले रसुवा बाढीबाट प्रभावित क्षेत्रमा  विपद् व्यवस्थापनका सम्पूर्ण संयन्त्रहरू परिचालन गर्न सरकारलाई ध्यानाकर्षण गराएको छ ।
रसुवा बाढी: उद्धार, राहत तथा स्वयंसेवी कार्यमा खटिन नेता कार्यकर्तालाई सभापति लामिछानेको अपिल

रसुवा बाढी: उद्धार, राहत तथा स्वयंसेवी कार्यमा खटिन नेता कार्यकर्तालाई सभापति लामिछानेको अपिल

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले रसुवा भीषण बाढीबाट प्रभावितको उद्धार, राहत तथा स्वयंसेवी कार्यमा जुट्न नेता कार्यकर्ता र शुभेच्छुकलाई अपिल गरेका छन् ।