नेभिगेशन
सबै कुरा

बाँकेको जयेन्दु बालसुधार गृहमा झडप- एककाे मृत्यु, ३० भन्दा बढी कैदी फरार

५ असोज, बाँके । बाँकेको डुडुवा गाउँपालिका ६ स्थित जयेन्दु बालसुधार गृहमा गएराति झडप हुँदा एक जनाको मृत्यु भएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

झडपका क्रममा अपहरण, शरिर बन्धक र जवरजस्ती करणीको सजाय काटिरहेका कपिलबस्तु रुद्रपुरका करिव २१ वर्षीय सुलभ केसीको मृत्यु भएकाे बाँके प्रहरीले जनाएको छ । 

Ncell
Extreme Energy

प्रहरीका अनुसार गएराति साढे १० वजेबाट सुरु भएको झडप बिहान २ वजेसम्म चलेको थियो । झडपमा परि १० जना घाइते भएका छन् । घाइतेको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा उपचार भैरहेको छ । बाँके प्रहरीका अनुसार ३० जना भन्दा बढी कैदी भागेका छन् । 

राति खाना खानेक्रममा सुरु भएको सामान्य विवादले उग्ररुपमा लिएको प्रहरीको भनाई छ । आक्रोशित कैदीहरुले कार्यालयमा तोडफोड र आगजनी गर्नुका साथै प्रहरीमाथि पनि आक्रमण गरेका थिए । 

सुधार गृहमा रहेका प्रहरीको सरकारी गाडी र एउटा निजी मोटरसाइकलमा समेत क्षति पुर्याएको प्रहरीले जनाएको छ ।


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
घुससहित भूमि प्रशासनका कर्मचारी र लेखापढी व्यवसायी नियन्त्रणमा

घुससहित भूमि प्रशासनका कर्मचारी र लेखापढी व्यवसायी नियन्त्रणमा

आयोगका प्रवक्ता सुरेश न्यौपानेले आयोगको टोलीले रु तीन लाख घुस÷रिसवतबापतको रकम र स्रोत नखुलेको रु २४ हजार ८९० सहित ललितपुर महानगर वडा नं ४ स्थित एक होटलबाट शुक्रबार...
सशस्त्र प्रहरीको विद्यालयमा ११ करोड हिनामिना गर्ने इन्स्पेक्टर कल्पना सहित प्रेमीमाथि अख्तियारको अनुसन्धान

सशस्त्र प्रहरीको विद्यालयमा ११ करोड हिनामिना गर्ने इन्स्पेक्टर कल्पना सहित प्रेमीमाथि अख्तियारको अनुसन्धान

सशस्त्र प्रहरीको कीर्तिपुरस्थित विद्यालयमा ११ करोड भन्दा बढी रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका  सशस्त्र प्रहरीकी इन्स्पेक्टर कल्पना गुरुङ र प्रेमी टासी भन्ने लीलाबहादुर लामामाथि अख्तियार दुरुपयोग अनुसन्धान...
त्रिवि एमबिएस प्रथम सत्रको प्रश्नपत्र कसरी बाहिरियो? अहिलेसम्म केके भयो?

त्रिवि एमबिएस प्रथम सत्रको प्रश्नपत्र कसरी बाहिरियो? अहिलेसम्म केके भयो?

त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत मास्टर्स अफ बिजनेश स्टडिज (एमबिएस) प्रथम सत्रको प्रश्नपत्र परीक्षा सुरु भएको केही मिनेटमै सामाजिक सञ्जालमा बाहिरिएको घटनाले सार्वजनिक भएको छ।
काठमाडौँमा ११ हजार बढी अपराधका घटना दर्ता, सबैभन्दा बढी बैंकिङ  कसुरका

काठमाडौँमा ११ हजार बढी अपराधका घटना दर्ता, सबैभन्दा बढी बैंकिङ कसुरका

काठमाडौँ प्रहरी परिसरले शुक्रबार पत्रकार सम्मेलन गर्दै आर्थिक वर्ष २०८२/८३ मा ११ हजार ८७ वटा अपराधको मुद्दा दर्ता भएको र ८ हजार ५ सय ७११ जनालाई पक्राउ गरिएको...