नेभिगेशन
सबै कुरा

दूध दिउन्जेल पाल्ने, उपयोगमा नआएपछि पशुचौपायालाई छाडा छाड्ने प्रवृतिले अस्तव्यस्त कैलालीका बजार

कैलाली । कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको छैन । पशुचौपाया दूध दिउन्जेल तथा उपयोग गरुन्जेल राख्ने तर उपयोग हुने अवस्था नरहेपछि जथाभावी छाड्ने प्रवृति कायमै छ । यसले यहाँका मुख्य बजार तथा बस्तीहरूमा चुनौती थपिँदै गएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पशु कल्याण समिति धनगढीका अध्यक्ष चेतराज अवस्थी फाइदा हुन्जेल पशुचौपायाको स्याहारसुहार गर्ने र काम नलाग्ने भएपछि जथाभावी छाड्ने गरेकाले व्यवस्थापनमा निकै समस्या देखिन थालेको बताउँछन् । “काम नलाग्ने भएपछि छाडा छाड्ने गाईगोरुका कारण बजारमा सडक दुर्घटनाको जोखिम बढेको छ । धनगढीको छ लेन सडकमा दैनिकजसो एक÷दुई गाईगोरु गाडीसँग ठोक्किएर मरेकै हुन्छन् । हाम्रो संस्थाले एक सयभन्दा बढी पशुको त उपचार गरिसकेका छौँ”, उनले भने ।  

Ncell
Extreme Energy

केही वर्ष पहिले यहाँका स्थानीयले घरघरमा दूधका लागि गाई पाल्ने गर्थे । गाईबाट जन्मिएका गोरुलाई खेत जोन्नका लागि प्रयोगमा ल्याउथे । कृषिको आधुनिकीकरणसँगै आएका कृषि औजारका कारण गोरुको प्रयोग गरेर खेती गर्ने कार्य विस्थापित हुँदै गएको छ । घरमा गाई पालेर दूध खाने चलन पनि विस्तारै हराउँदैछ । पाल्नेहरूले पनि दूध दिन छाडेपछि सडकमा छाड्ने प्रवृति छ । 

स्थानीय अगुवा शेरबहादुर विष्टले पशुचौपाया छाड्ने प्रवृति कायमै रहेकाले यसबाट किसान सबैभन्दा बढी मारमा परेको उनले बताए । छाडा पशुचौपायाका कारण किसानलाई खेतमा लगाएको खाद्यान्न बाली जोगाउनै समस्या भएको विष्टको गुनासो छ । 

कृषक दुर्गा जोसीले छाडा चौपायाबाट अन्नबाली जोगाउँनै मुस्किल भएको दुःखेसो पोखे । “अर्काको जमिन भाडामा लिई खेती गर्दै आएको छु । थुप्रै पैसा खर्च गरेर धान रोपेको थिए । केही जमिनमा तरकारी लगाएको छु तर रातको समयमा पशु आएर खाइदिनाले जोगाउन निकै सकस भएको छ”, उनले भने । 

छाडा पशुचौपाया दिनभर बजार क्षेत्रमा डुल्ने र रात परेपछि खेतबारीमा आएर बालीनाली नोक्सान गर्ने गरेका छन् । किसानलाई मात्रै होइन स्थानीय तहलाई पनि यसरी छाडेका पशुचौपाया व्यवस्थापनमा समस्या भएको छ । धनगढी उपमहानगरपालिकाद्वारा छाडा पशुचौपायाको व्यवस्थापनका लागि वडा नं ७ स्थित देवहरीयामा गौशाला निर्माण गरिएको छ । धनगढी–३ चटकपुरमा पनि केही वर्ष अगाडिदेखि गौ संरक्षण सेवा समितिमार्फत गौशाला सञ्चालनमा छ । धनगढीको फुलबारी र बेहडाबाबामा पनि गौशाला सञ्चालनमा ल्याइएका छन् भने कतिपय स्थानहरूमा ‘काञ्जी हाउस’समेत निर्माण गरिएका छन् ।  तर धनगढीसँग जोडिएको छिमेकी जिल्ला कञ्चनपुर, गोदावरी नगरपालिका र खुला भारतीय सीमानाकाका कारण विभिन्न स्थानबाट चौपाया भित्रिने क्रम नरोकिएकाले व्यवस्थापनमा थप चुनौती थपिएको छ । गौ संरक्षण सेवा समितिका उपाध्यक्ष चेतराज अवस्थीले धनगढीका साथै खुला सीमानाका कारण अन्य क्षेत्रबाट चौपाया भित्रिने गरेकाले व्यवस्थापनमा चुनौती रहेको बताउँछन् । “यहाँका विभिन्न ठाउँमा गौशाला र काञ्जी हाउस बनाइएका छन् तर पनि बजारमा समस्या कायमै छ । छाडा चौपायाको व्यवस्थापनका लागि स्थानीय तहबाट केही प्रयास भए पनि समस्या समाधान हुन सकेको छैन”, उनले भने । 

त्यसैले यहाँ छाडा पशुचौपायाको व्यवस्थापन गर्न स्थानीय तह मात्रै नभई प्रदेश र सङ्घीय सरकारले पनि आवश्यक सहयोग गर्नुपर्ने अवस्थीलगायत स्थानीय सरोकारवालाको भनाइ छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
रसुवा बाढीप्रति चिनियाँ राष्ट्रपति र प्रधानमन्त्रीको सन्देश: “यो दुःखमा नेपाल एक्लै छैन”, ३० कराेड सहयाेग

रसुवा बाढीप्रति चिनियाँ राष्ट्रपति र प्रधानमन्त्रीको सन्देश: “यो दुःखमा नेपाल एक्लै छैन”, ३० कराेड सहयाेग

प्रधानमन्त्री राहत कोषमा चीन सरकारको तर्फबाट घोषणा भएको सहयोग रकम हस्तान्तरण गर्न आइतबार अर्थ मन्त्रालयमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेटेका  नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले चिनियाँ राष्ट्रपति...
कृष्णभिरको पहिरोले अवरुद्ध पृथ्वी राजमार्गको विकल्पमा यी हुन् तीन रुट

कृष्णभिरको पहिरोले अवरुद्ध पृथ्वी राजमार्गको विकल्पमा यी हुन् तीन रुट

राजधानी काठमाडौंको मुख्य लाइफलाइन नै अवरुद्ध बनेपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरले मालबाहक सवारी साधनलाई कान्ती लोकपथ हुँदै काठमाडौँ आवागमन गर्नेगरी रुट तय गरेको छ ।
चिलिमे जलविद्युत आयोजनाको सुरुङमा भेटियो दुई जनाको शव

चिलिमे जलविद्युत आयोजनाको सुरुङमा भेटियो दुई जनाको शव

भारतबाट आएको सुरुङ विज्ञको टोली र नेपाली सेनाको संयुक्त टोलीले चिलिमे जलविद्युत आयोजनाको सुरुङबाट दुईवटा शव निकालेको नेपाली सेनाले जनाएको छ ।
रास्वपा सांसद, नेताहरुलाई रविको निर्देशनः अनावश्यकरुपमा प्रभावित क्षेत्र पुगेकाहरु तत्काल फर्किनु

रास्वपा सांसद, नेताहरुलाई रविको निर्देशनः अनावश्यकरुपमा प्रभावित क्षेत्र पुगेकाहरु तत्काल फर्किनु

लामिछानेले बाढी गएकै दिन संसदबाट कुनै पनि नेता, सांसद तथा भिआइपीहरुलाई अनावश्यकरुपमा प्रभावित क्षेत्र घुम्न नजान भनेका थिए । साथै आफू पनि अनावश्यकरुपमा नजाने, जानै परेको खण्डमा कुनै...