नेभिगेशन
मुख्य समाचार

आजको मौसमः मधेशमा हावाहुरी र पहाडका केही स्थानमा चट्याङसहित वर्षाको सम्भावना

काठमाडौँ । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ । यसका साथै अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको पनि आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफादेखि आंशिक बदली रहने छ । सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ भने बाँकी भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । देशका हिमाली भू–भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ । मधेस प्रदेशका केही स्थानमा हुरीबतासको सम्भावना छ ।

Dish home
City Express

त्यसैगरी, आज राति देशको पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम  सफा रहने छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । कोशी, गणडकी र कर्णाली प्रदेशका हिमाली भू–भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
गोसाइँकुण्ड क्षेत्रमा पदयात्रामा गएका १२ जनाको उद्धार

गोसाइँकुण्ड क्षेत्रमा पदयात्रामा गएका १२ जनाको उद्धार

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयकाअनुसार गोसाईंकुण्ड–५ बाट पदयात्रीको उद्धार गरी स्याफ्रुवेशी ल्याइएको छ । उनीहरुको खोजी तथा उद्धारका लागि श्रीनाथ गणबाट टोली परिचालन गरिएको थियो ।
हेलिकप्टरबाट चार गर्भवतीको उद्धार

हेलिकप्टरबाट चार गर्भवतीको उद्धार

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले राष्ट्रिय महिला सशक्तिकरण परियोजनाअन्तर्गत गर्भवती तथा सुत्केरीका लागि सञ्चालन गरेको हवाई उद्धार कार्यक्रमअन्तर्गत आज इलामको माईजोगमाई–५ सिरसिरे, इलामको सन्दकपुर–१ छाँगे, पाँचथरको फिदिम–१२...
भैरहवाबाट अलपत्र यात्रु ल्याउन वायुसेवा निगमको विमान उड्यो

भैरहवाबाट अलपत्र यात्रु ल्याउन वायुसेवा निगमको विमान उड्यो

काठमाडौँबाट ८३ यात्रु लिएर गएको ‘आरए १७३१’ उडान नम्बरको विमानले भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलबाट १५१ यात्रु लिएर काठमाडौँ आउनेछ । यद्यपि यात्रु सङ्ख्या केही तलमाथि हुनसक्ने निगमले जनाएको...
खोलाले बगाएर बालकको मृत्यु, दुई बालिका बेपत्ता

खोलाले बगाएर बालकको मृत्यु, दुई बालिका बेपत्ता

दिउँसो करिब २ बजे घरबाट नजिकै बकैया खोलामा नुहाउन गएका बालकलाई खोलाले बगाएको स्थानीयले खबर गरेपछि इलाका प्रहरी कार्यालय राजपुरका प्रहरी वरिष्ठ नायब निरीक्षक राजेन्द्र गिरी र सशस्त्र...