नेभिगेशन
सबै कुरा

बालसुधार गृहलाई व्यवस्थित गर्न आवश्यक कानून संशोधन गर्न सरकारलाई सुझाव

काठमाडौँ । प्रतिनिधिसभाको कानून, न्याय तथा मानव अधिकार समिति अन्तर्गतको उपसमितिले बालसुधार गृहलाई व्यवस्थीत गर्नका लागि आवश्यक कानून संशोधन गर्न सरकारलाई सुझाव दिएको छ ।  

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सिंहदरबारमा आइतबार बसेको समिति बैठकमा नेपालका बाल सुधार गृहमा रहेका बालबालिकाहरू र नेपालका कारागारहरूमा रहेका कैदी तथा थुनुवाहरूको मानव अधिकारको अवस्थाका सम्बन्धमा स्थलगत अनुगमन गर्न गठित उपसमितिले बुझाएको प्रतिवेदनमा यस्तो सुझाव दिइएको हो । प्रतिवेदन बुझाउदै उपसमिति संयोजक रञ्जु कुमारी झाले बालबालिकाको मुद्दालाई अदालतले अग्राधिकार दिइ चाँडो फैसला हुने व्यवस्था मिलाउनुपर्ने सुझाव रहेको बताए । 

Extreme Energy
citizen life

उनले बालसुधार केन्द्रमा रहेका मध्ये ४५ प्रतिशत जवरजस्ती करणी मुद्दाका रहेको भन्दै कानूनी व्यवस्थामा समिक्षा गरि आवश्यक संशोधन गर्नुपर्ने भएमा सरकारले कार्य गर्नुपर्ने सुझाव दिइएको उल्लेख गरे । त्यस्तै उनले सबै कारागारमा क्षमताभन्दा बढि कैदीबन्दी र थुनुवाहरु रहेकाले कैदीबन्दी र थुनुवाहरुलाई फरक फरक राख्नुपर्ने, कानूनमा रहेको खुल्ला कारागारसम्बन्धी व्यवस्थालाई पूर्ण रुपमा कार्यान्वयन गर्नुपर्ने सुझाव पनि दिए ।

बैठकमा गृहमन्त्री रमेश लेखकले कैदीबन्दीको संख्या अनुसारको कारागार बन्न नसक्दा क्षमता भन्दा बढि राख्नुपर्ने बाध्यता रहेको बताए । उनले प्रतिवेदनमा औँल्याएका समस्या देशभरको रहेको भन्दै यसलाई अध्ययन गरि समस्याको समाधान गर्ने प्रतिवद्धता जनए । भौतिक संरचनाका साथै स्वास्थ र सरसफाइमा देखिएका कमजोरीलाई सुधार गर्न आवश्यक कदम चाल्ने र कारागारभित्रको सुरक्षालाइ थप मजबुद बनाइने उनको भनाइ छ । 

उपसमितिले बालसुधार गृहमा रहेका बालबालिको शिक्षालाई निरन्तरता दिनका लागि कम्तीमा आधारभूत तहदेखि माध्यामिक तहसम्मको पढाइ हुने गरि विद्यालयको व्यवस्था हुनुपर्ने, बालसुधार गृहबाट निस्केका बालबालिकाहरुलाई रुची अनुसारको जिवन निर्वाह हुने सिपमूलक तालिम, मनोपरामर्श लगाएतको व्यवस्था गर्न पनि सरकारलाई सुझाव दिएको छ । उपसमितिले बाँकेको जयेन्दु बालसुधार गृह र बाँके, वर्दियाका साथै सुर्खेत जिल्लाको कारागारको अनुगमन गर्दै प्रतिवेदन तयार गरेको हो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
होटल स्मार्टमा कांग्रेस संस्थापनइतर समूहको बैठक सुरु

होटल स्मार्टमा कांग्रेस संस्थापनइतर समूहको बैठक सुरु

विशेष महाधिवेशनबाट गगन थापा नेतृत्वमा पार्टी पुनर्गठन भएदेखि खड्का समुह असन्तुष्ट छन् । सर्वोच्च अदालतले समेत गगन थापा नेतृत्वको कांग्रेसलाई मान्यता दिएपछि खड्का समुह अप्ठ्यारोमा छन् ।
मन्त्री हुँदा म यी १० काम गर्दिनँ: मन्त्री सीता वादी

मन्त्री हुँदा म यी १० काम गर्दिनँ: मन्त्री सीता वादी

‘नागरिकका दुःख, आपत् वा अप्ठ्यारोमा सम्भव भएसम्म आफैं तपाईंहरूसँग उभिन प्रयास गर्नेछु,’ उनले भनेकी छन्, ‘मलाई विश्वास छ—सुशासन केवल सरकारको नीतिले मात्र होइन, नागरिकको सचेत र सामूहिक प्रयासबाट...
नागरिकको जीवन सहज बनाउनु मेरो प्राथमिकताः सांसद पौडेल

नागरिकको जीवन सहज बनाउनु मेरो प्राथमिकताः सांसद पौडेल

सांसद पौडेलले उक्त क्षेत्र होमस्टे र पर्या–पर्यटनका लागि उत्कृष्ट गन्तव्य भएको बताउँदै यहाँको विकासका लागि नीतिगत तहमा देखिएका अवरोधहरू हटाउन आफू लाग्ने प्रतिवद्धता जनाए ।
रातो पासपोर्टमा माननीयहरुको र्याल

रातो पासपोर्टमा माननीयहरुको र्याल

सांसदहरुले किन रेड पासपोर्ट मागेका हुन् ? यसको पनि कारण छ । कूटनीतिक राहादानी अर्थात रेड पासपोर्ट बाहकलाई जुनसुकै देशको भिसा सहजै लाग्छ, केबल निम्तो भए पुग्छ ।...