नेभिगेशन
सबै कुरा

बालसुधार गृहलाई व्यवस्थित गर्न आवश्यक कानून संशोधन गर्न सरकारलाई सुझाव

काठमाडौँ । प्रतिनिधिसभाको कानून, न्याय तथा मानव अधिकार समिति अन्तर्गतको उपसमितिले बालसुधार गृहलाई व्यवस्थीत गर्नका लागि आवश्यक कानून संशोधन गर्न सरकारलाई सुझाव दिएको छ ।  

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सिंहदरबारमा आइतबार बसेको समिति बैठकमा नेपालका बाल सुधार गृहमा रहेका बालबालिकाहरू र नेपालका कारागारहरूमा रहेका कैदी तथा थुनुवाहरूको मानव अधिकारको अवस्थाका सम्बन्धमा स्थलगत अनुगमन गर्न गठित उपसमितिले बुझाएको प्रतिवेदनमा यस्तो सुझाव दिइएको हो । प्रतिवेदन बुझाउदै उपसमिति संयोजक रञ्जु कुमारी झाले बालबालिकाको मुद्दालाई अदालतले अग्राधिकार दिइ चाँडो फैसला हुने व्यवस्था मिलाउनुपर्ने सुझाव रहेको बताए । 

Ncell
Extreme Energy

उनले बालसुधार केन्द्रमा रहेका मध्ये ४५ प्रतिशत जवरजस्ती करणी मुद्दाका रहेको भन्दै कानूनी व्यवस्थामा समिक्षा गरि आवश्यक संशोधन गर्नुपर्ने भएमा सरकारले कार्य गर्नुपर्ने सुझाव दिइएको उल्लेख गरे । त्यस्तै उनले सबै कारागारमा क्षमताभन्दा बढि कैदीबन्दी र थुनुवाहरु रहेकाले कैदीबन्दी र थुनुवाहरुलाई फरक फरक राख्नुपर्ने, कानूनमा रहेको खुल्ला कारागारसम्बन्धी व्यवस्थालाई पूर्ण रुपमा कार्यान्वयन गर्नुपर्ने सुझाव पनि दिए ।

बैठकमा गृहमन्त्री रमेश लेखकले कैदीबन्दीको संख्या अनुसारको कारागार बन्न नसक्दा क्षमता भन्दा बढि राख्नुपर्ने बाध्यता रहेको बताए । उनले प्रतिवेदनमा औँल्याएका समस्या देशभरको रहेको भन्दै यसलाई अध्ययन गरि समस्याको समाधान गर्ने प्रतिवद्धता जनए । भौतिक संरचनाका साथै स्वास्थ र सरसफाइमा देखिएका कमजोरीलाई सुधार गर्न आवश्यक कदम चाल्ने र कारागारभित्रको सुरक्षालाइ थप मजबुद बनाइने उनको भनाइ छ । 

उपसमितिले बालसुधार गृहमा रहेका बालबालिको शिक्षालाई निरन्तरता दिनका लागि कम्तीमा आधारभूत तहदेखि माध्यामिक तहसम्मको पढाइ हुने गरि विद्यालयको व्यवस्था हुनुपर्ने, बालसुधार गृहबाट निस्केका बालबालिकाहरुलाई रुची अनुसारको जिवन निर्वाह हुने सिपमूलक तालिम, मनोपरामर्श लगाएतको व्यवस्था गर्न पनि सरकारलाई सुझाव दिएको छ । उपसमितिले बाँकेको जयेन्दु बालसुधार गृह र बाँके, वर्दियाका साथै सुर्खेत जिल्लाको कारागारको अनुगमन गर्दै प्रतिवेदन तयार गरेको हो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
आजदेखि नेकपाको ‘राष्ट्रिय जागरण अभियान’

आजदेखि नेकपाको ‘राष्ट्रिय जागरण अभियान’

आगामी मङ्सिर २५ गतेसम्म सञ्चालन हुने सो अभियानअन्तर्गत किसान, श्रमजीवी, मजदुर, युवा, विद्यार्थी, महिला, दलित, आदिवासी जनजाति, मधेसी, पिछडिएका क्षेत्रका जनता, बुद्धिजीवीलगायत व्यवसायीसँग प्रत्यक्ष संवाद गरिने नेकपाका संयोजक...
जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड

जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड

यसको संरक्षण तथा जलवायु परिवर्तनका असर न्यूनीकरण र अनुकूलनका लागि चीन, नेपाल, भारतलगायत हिमाली देशहरूबीच मौसमसम्बन्धी तथ्याङ्क आदानप्रदान, हिमनदी अनुगमन, पूर्वसूचना प्रणाली र विपद् प्रतिकार्यमा सहकार्य विस्तार गर्न...
नितान्त पारिवारिक भ्रमण हो, खिचडी नपकाउन अनुरोध छः रवि लामिछाने

नितान्त पारिवारिक भ्रमण हो, खिचडी नपकाउन अनुरोध छः रवि लामिछाने

उनले भने, ‘पहिलेदेखि नै जाने एउटा भाकल पनि थियो । धार्मिक एउटा आस्था, विश्वास, पारिवारिक एउटा संस्कार पनि, मेरो परिवार पनि अध्यात्मिक पनि भएको हुनाले, यो सबै कारणले...
अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र भारतीय विदेशमन्त्री डा. एस. जयशंकरबीच बदलिदोँ विश्व परिस्थितिलाई लिएर रोचक प्रश्नोत्तर (पूर्णपाठ)

अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र भारतीय विदेशमन्त्री डा. एस. जयशंकरबीच बदलिदोँ विश्व परिस्थितिलाई लिएर रोचक प्रश्नोत्तर (पूर्णपाठ)

समिटको 'द जियोपोलिटिक्स् अफ सोभरेन चोइस' शीर्षकको प्यानलमा भारतीय विदेशमन्त्री डा. एस. जयशंकर प्रमुख वक्त्ता थिए । सोहीक्रममा उपस्थित अतिथिकोतर्फबाट नेपालका अर्थमन्त्री डा.स्वर्णिम वाग्लेलाई पनि जयशंकरको विचारमाथि प्रश्न...