नेभिगेशन
सबै कुरा

प्रधानमन्त्रीलाई सुमनाको प्रश्नः विश्वविद्यालय कार्यकर्ता रिझाउनका लागि हो कि विद्यार्थी र असल प्राध्यापकका लागि ?

काठमाडाैँ । पूर्व शिक्षामन्त्री समेत रहेकी राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वविद्यालय कार्यकर्ता रिझाउनका लागि हो कि विद्यार्थी र असल प्राध्यापकका लागि भन्दै प्रश्न गरेकी छिन् । सामाजिक सञ्जाल एक्समा एक स्टाटस राख्दै सांसद श्रेष्ठले कुलपति समेत रहेका प्रधानमन्त्रीले २०८१ साल श्रावन १५ गते मंगलबार त्रिविको नीति तथा कार्यक्रम रोकेको भन्दै आक्रोश पोखेकी हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

विभिन्न तह पार गरेर त्रिविको प्राज्ञ समूहले तयार गरेको सो दस्तावेज प्रधानमन्त्रीले रोकेको आरोप लगाउँदै उनले प्रधानमन्त्रीलाई आफूले प्राज्ञको भन्दा राम्रो काम गर्न सक्ने दम्भ भएको हो भन्दै प्रश्न गरेकी छिन् । ‘विभिन्न तहको समीक्षा पार गरेको, त्रिविको प्राज्ञ टिमले मिहिनेत गरेर तैयार पारेर अपनत्व समेत लिएको त्यो दस्ताबेज थियो त्यो। रोकिएको कार्यक्रम पत्रपत्रिकामा सार्वजनिक भैसकेको छ, के चाहीँ चित्त बुझेन छ यहाँलाई?’, उनले प्रश्न गरेकी छिन्, ‘त्रिवि प्राज्ञलेभन्दा राम्रो काम म गर्न सक्छु भन्ने दम्भ हो कुलपतिको ?’

Ncell
Extreme Energy

त्यस्तै उनले विश्वविद्यालयको कुलपतिमा राजनैतिक व्यक्ति हुँदा हुने हस्तक्षेप प्रष्ट भएको बताइन् । उनले अब नयाँ नीति नियम बनाउने विषयमा कति समय झुलाउने ?, नझुलाउनका लागि के लेनदेन गर्ने र के पद माग्ने ? भन्दै प्रश्नमागि प्रश्न थुपारेकी छिन् । 

‘अब के हुन्छ ? नयाँ नीति तथा कार्यक्रम बनाउने भनेर कति समय झुलाउनु हुन्छ ? नझुलाउनको लागि के लेनदेन हुन्छ, कसलाई के पद माग्नु हुन्छ ? आखिर विश्वविद्यालय त आफ्नो कार्यकर्ताको गरी खाने भाँडो न हो, अरु प्राध्यापक र विद्यार्थीहरू मूक दर्शक न हुन् हैन त ?’, उनले लेखेकी छिन् । 

त्यस्तै उनले नयाँ नीति तथा कार्यक्रम पास गर्न कति समय लाग्ने र के के हेरफेर हुन्छ त्यसको हिसाब राख्ने बताएकी छिन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

पार्टीसँगै राज्यले अनुसन्धान गरेमा र त्यसमा उनी दोषी देखिएमा त्यतिबेला मात्रै रास्वपाले खगेन्द्रलाई साधारण सदस्यसमेत नरहने कारबाही गर्न सक्छ । सांसद पदबाट राजीनामा दिन निर्देशन दिनसक्छ । दलीय...
कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री बालेन शाहले कुनै पनि किसिमको दबाब र प्रभावमा नपरी संविधान र प्रचलित कानुनअनुसार निष्पक्ष रूपमा जिम्मेवारी निर्वाह गर्न प्रहरीलाई निर्देशन दिएका छन्।
बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

संसद् अधिवेशन अन्त्य भएकोले छिटो प्रक्रियाबाट काम अगाडि बढाउन अध्यादेशमार्फत देवानी संहिता, पञ्जीकरण ऐन वा विपद् सम्बन्धी कानुन संशोधन गर्ने तयारी भइरहेको उनले बताइन् ।