नेभिगेशन
सबै कुरा

सङ्क्रमणकालीन न्याय : कार्यदलमा सहमति जुटेका यी विषय

काठमाडौँ । नेपाल सरकार र तत्कालीन विद्रोही नेकपा ९माओवादी०बीच भएको विस्तृत शान्ति सम्झौताअनुरुप सङ्क्रमणकालीन न्यायलाई टुङ्ग्याउने विषयमा प्रमुख तीन राजनीतिक दलबीच समझदारी भएको छ । नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का नेता सम्मिलित कार्यदलमा लामो समयदेखि पेचिलो बनेको द्वन्द्वकालीन घटनाको व्याख्या, राहत, क्षतिपूर्ति, परिपूरण र न्याय प्रदानलगायत विषयमा सहमति भएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा निकै महत्त्वका साथ हेरिएको सङ्क्रमणकालीन न्यायको विषयलाई टुङ्गोमा पुर्‍याउन चारबुँदे सहमति भएको कार्यदलका सदस्य एवं माओवादी केन्द्रका नेता जनार्दन शर्माले जानकारी दिए । “मुलभूतरूपमा सहमति जुट्न नसकेका चार विषयमा घनिभूत रुपमा छलफल गरी सहमतिका साथ टुङ्गो लगाइएका छौँ”, उनले भने । 

Ncell
Extreme Energy

कार्यदलमा नियतपूर्वक वा स्वेच्छाचारी रूपमा गरिएका हत्यालाई हत्याको परिभाषाभित्र समावेश गर्ने, द्वन्द्वका क्रममा ज्यान गुमाएका वा घाइते भएको सुरक्षाकर्मीका परिवार र बहिर्गमित लडाकुलाई राहत, क्षतिपूर्ति र परिपूरण प्रदान गर्ने समझदारी भएको छ । यस्तै द्वन्द्वकालीन घटनामा पीडितको सहमति नभएको खण्डमा महान्याधिवक्तासमक्ष सिफारिस गर्ने र वर्तमान फौज्दारी कानुनअनुरुपको दण्डमासजाय नभई सङ्क्रमणकालीन न्यायको सिद्धान्तअनुसार गर्ने समझदारी जुटेको छ । 

संयन्त्रमा भएको सहमतिसहितको प्रतिवेदन तीनवटै पार्टीका शीर्ष नेतालाई बुझाइने छ । “संसद्को कानुन, न्याय तथा मानवअधिकार समितिले यसलाई अपनत्व लिएर अघि बढाउनेछ”, कार्यदल सदस्य शर्माले भने, “कार्यदलमा सहमति हुनु ठूलो कुरा हो ।”

गृहमन्त्री एवं कार्यदलका सदस्य रमेश लेखकले सङ्क्रमणकालीन न्यायका सन्दर्भमा दलहरूबीच सहमति जुटेसँगै सबै कुरा मिलेको प्रतिक्रिया दिए । “आज उपलब्धि भएको छ । हाम्रा बीचमा मिल्न बाँकी सबै कुरा मिलेका छन्”, उनले भने। 

एमालेका मुख्य सचेतक एवं कार्यदल सदस्य महेश बर्तौलाले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन कानुनी उल्झनलाई समाप्त गरेर जाने ठाउँमा पुगिएको प्रतिक्रिया दिए । “यो अत्यन्त सकारात्मक विषय हो । कसैले हार्ने जित्ने भन्दापनि सिङ्गो देशले जित्ने र शान्ति प्रक्रियालाई निष्कर्षमा पु¥याउने ध्येयका साथ काम गरेका छौँ”, उनले भने । 

मुख्य सचेतक बर्तौलाले सङ्क्रमणकालीन न्यायको सिद्धान्त तथा राष्ट्रिय अन्तर्राष्ट्रिय मान्यतालाई ख्याल गरेर पीडितलाई केन्द्र राखी समझदारी जुटाएको बताए। “सर्वोच्च अदालतबाट भएका फैसलाको परिधिभित्र रहेर तथा अन्तर्राष्ट्रिय कानुन अनुकूल हुने गरी सहमति भएका छन्”, उनले भने । 

कार्यदलका अर्का सदस्य शर्माले पीडितलाई सम्बोधन गर्न पाउने वातावरण बनेको र पीडितको मागसहित यस विषयलाई टुङ्ग्याइएको बताए । “पीडितलाई सम्बोधन गर्नुपर्ने, न्याय दिनुपर्ने काम थाँती थियो, त्यो काम सम्पन्न गर्न कानुन निर्माण गर्न सहमति गरेका छौँ”, उनले भने, “अब प्रक्रियामार्फत सदन हुँदै अघि बढ्ने छ ।”

सदस्य शर्माले पीडितहरूले छिटोभन्दा छिटो न्याय पाउने विश्वास व्यक्त गरे । सङ्क्रमणकालीन न्यायलाई टुङ्गोमा पु¥याउन राजनीतिक दलहरूले आफूहरूबीचमा छलफल गरेर अहसमतिका बीच पनि सहमति गर्न सक्छन् भनी विश्व समुदायमा सन्देश दिन सफल भएको उनको भनाइ छ । 

एमाले मुख्य सचेतक बर्तौलाले पीडित र पीडकबीच अन्तरघुलन गराएर नयाँ द्वन्द्व नहुने सुनिश्चितता गराइने विश्वास दिलाए। “पीडितले न्याय पाउने र पीडकलाई कानुनी दायरामा ल्याएर सजायको तहमा पुर्‍याइनेछ”, उनले भने । 

विस्तृत शान्ति सम्झौता भएको १७ वर्ष भइसक्दा पनि सङ्क्रमणकालीन न्यायको विषय निष्कर्षमा पुग्न नसकिरहेका बेला कार्यदलस्तरमा आज भएको समझदारीलाई सशस्त्र द्वन्द्वका घाउमा मलम लगाउने प्रयासमा ‘ब्रेक थ्रु’का रुपमा हेरिएको छ । 

विसं २०६३ मङ्सिर ५ गते भएको शान्ति सम्झौतामा राष्ट्रिय शान्ति तथा पुनःस्थापन आयोग, सत्य निरूपण तथा मेलमिलाप आयोगमार्फत सङ्क्रमणकाली न्यायका विषयलाई सम्बोधन प्रतिबद्धता व्यक्त गरिएको थियो ।

सरकारले सङ्क्रमणकालीन न्यायसम्बन्धी विषयमा सहजीकरण गर्न बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन र सत्य निरुपण तथा मेलमिला आयोग गठन गरी काम गरिरहेको छ । पीडित केन्द्रित कानुन निर्माण गरेर सङ्क्रमणकालीन न्यायका विषयलाई टुङ्ग्याउन न्यायालयले पनि आदेश दिएको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
संसद्‍मा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम स्थगित, गृहमन्त्रीले रसुवा बाढीबारे जानकारी गराउने

संसद्‍मा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम स्थगित, गृहमन्त्रीले रसुवा बाढीबारे जानकारी गराउने

प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम स्थगित भएको छ ।
उद्धार र राहतलाई तीव्रता दिन राष्ट्रपतिको आग्रह

उद्धार र राहतलाई तीव्रता दिन राष्ट्रपतिको आग्रह

उनले विपद्को यस घडीमा उद्धार र राहतको कामलाई तीव्रता दिन सरकार, राजनीतिक दल, सामाजिक संघसंस्था, सुरक्षासहित सम्पूर्ण निकाय र आम नागरिकलाई आव्हान गरेका छन् ।
विपद् व्यवस्थापनका सम्पूर्ण संयन्त्रहरू परिचालन गर्न सरकारलाई रास्वपाको ध्यानाकर्षण

विपद् व्यवस्थापनका सम्पूर्ण संयन्त्रहरू परिचालन गर्न सरकारलाई रास्वपाको ध्यानाकर्षण

राष्ट्रिय स्वतन्त्र पार्टीले रसुवा बाढीबाट प्रभावित क्षेत्रमा  विपद् व्यवस्थापनका सम्पूर्ण संयन्त्रहरू परिचालन गर्न सरकारलाई ध्यानाकर्षण गराएको छ ।
रसुवा बाढी: उद्धार, राहत तथा स्वयंसेवी कार्यमा खटिन नेता कार्यकर्तालाई सभापति लामिछानेको अपिल

रसुवा बाढी: उद्धार, राहत तथा स्वयंसेवी कार्यमा खटिन नेता कार्यकर्तालाई सभापति लामिछानेको अपिल

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले रसुवा भीषण बाढीबाट प्रभावितको उद्धार, राहत तथा स्वयंसेवी कार्यमा जुट्न नेता कार्यकर्ता र शुभेच्छुकलाई अपिल गरेका छन् ।