नेभिगेशन
सबै कुरा

राप्रपा जिल्ला अध्यक्षको भेला काठमाडौँमा जारी

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ७७ वटै जिल्ला अध्यक्षहरुको दुईदिने भेला आज पनि काठमाडौँमा जारी छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

राप्रपाका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले बिहीबार धुम्बाराहीस्थित एसआर बैङ्क्वेटमा उक्त भेलाको उद्घाटन गरेको थियो । आजको बैठकमा जिल्ला अध्यक्षबाट सम्बन्धित जिल्लाको साङ्गठनिक प्रतिवेदन पेस भइरहेको सो पार्टीका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए । 

Ncell
Extreme Energy

उनले भने, “७७ वटै जिल्लाबाट आउनुभएका जिल्ला अध्यक्षहरुले आफ्नो जिल्लाको साङ्गठनिक एवं राजनीतिक प्रतिवेदन पेस गरिरहनुभएको छ । सम्बन्धित प्रतिवेदन प्रस्तुत भइसकेपछि आजै बैठक सम्पन्न हुनेछ ।”

भेलामा पार्टीको समग्र साङ्गठनिक अवस्थाको गम्भीर समीक्षा गरिने, विगतका निर्वाचनमा भएका कमी कमजोरीको समीक्षा गर्दै आगामी रणनीति तय गरिने, पार्टीले लिएका नीति, यसले पार्टी पङ्क्ति र जनसमुदायमा पारेको प्रभावको विश्लेषण गरिने, पार्टीको केन्द्रीय कार्यसमिति बैठकले आगामी वैशाख मसान्तसम्म स्थानीय तहको अधिवेशन गरिसक्ने लक्ष्य लिएको अवस्थामा सबै तहको अधिवेशन सम्पन्न गर्ने, २०८४ मा हुने तीन तहको निर्वाचन तयारीमा अहिलेदेखि कस्तो रणनीति तय गर्नेलगायत विषयमा पनि छलफल हुने प्रवक्ता श्रेष्ठले बताए । 

उक्त भेलामा पार्टी अध्यक्ष लिङ्देनले पार्टीको नीति, विचार, सिद्धान्तलगायत रणनीति र आगामी कार्ययोजनाबारे जिल्ला अध्यक्षहरुलाई ‘ब्रिफिङ’ गर्नेछन् । पार्टीका पूर्वअध्यक्ष पशुपति शमशेर जबरा, निर्देशन समितिका अध्यक्ष डा प्रकाशचन्द्र लोहनी र नेताहरुले पार्टी सङ्गठनका विविध पक्षमा जिल्ला अध्यक्षसँग सामूहिक छलफल गर्ने कार्यक्रम रहेको सो पार्टीले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

संसद् अधिवेशन अन्त्य भएकोले छिटो प्रक्रियाबाट काम अगाडि बढाउन अध्यादेशमार्फत देवानी संहिता, पञ्जीकरण ऐन वा विपद् सम्बन्धी कानुन संशोधन गर्ने तयारी भइरहेको उनले बताइन् ।
प्रस्तावित राजदूतहरूको सुनुवाइ असोज २६ देखि

प्रस्तावित राजदूतहरूको सुनुवाइ असोज २६ देखि

संसदीय सुनुवाइ समितिले विभिन्न १३ देशमा सिफारिस भएका प्रस्तावित राजदूतहरुको संसदीय सुनुवाइ असोज २६ देखि २८ गतेसम्म गर्ने निर्णय गरेको छ ।
प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

गत वैशाख २८ गतेदेखि आजसम्म गरी कुल १४५ दिन भए पनि संसदीय कार्य दिन ६२ कायम भएको हो । सभामुख डोलप्रसाद अर्यालले दोस्रो अधिवेशनको अन्त्यको घोषणा गर्नुपूर्व अधिवेशनमा...
रास्वपा सचेतक क्रान्तिशिखाको आग्रह– नयाँ घटना आएपछि अघिल्लो पीडा नबिर्सौं

रास्वपा सचेतक क्रान्तिशिखाको आग्रह– नयाँ घटना आएपछि अघिल्लो पीडा नबिर्सौं

रास्वपा सचेतक क्रान्तिशिखा धितालले नयाँ घटना आउना साथ पुरानो घटना र त्यसले दिएको पीडा नभुल्न सरकारलाई आग्रह गरेकी छन् ।

भर्खरै