नेभिगेशन
समाज

८५ हजार समर्थकसामु भावुक बन्दै मेस्सीले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास, २१ वर्ष लामो यात्राको अन्त्य

अर्जेन्टिना (एजेन्सी)। विश्व फुटबलका सर्वकालीन महान् खेलाडी मानिने लियोनेल मेस्सीले आफ्नो २१ वर्ष लामो अन्तर्राष्ट्रिय करिअरबाट औपचारिक बिदाइ लिएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मंगलबार राति अर्जेन्टिनाको ब्यूनस आयर्सस्थित ऐतिहासिक मोनुमेन्टल स्टेडियममा आयोजित 'द लास्ट ट्याङ्गो' नाम दिइएको विशेष खेलमा अर्जेन्टिनाले बेनिनलाई ३-० ले पराजित गर्दा ३९ वर्षीय कप्तान मेस्सीले ८५ हजार समर्थकका सामु भावुक बन्दै अन्तर्राष्ट्रिय फुटबल यात्राको अन्त्य गरेका हुन् ।

Ncell
Extreme Energy

सन्यासको दिन रंगशालातर्फ टोलीको बसमा आउँदै गर्दा सडकमा समर्थकहरूको अपार भिड देखेर मेस्सीका आँखा रसाएका थिए । उनी आफ्ना तीन सन्तानसँगै मैदान प्रवेश गर्दा भीआईपी बक्समा रहेकी उनकी पत्नी एन्टोनेला रोकुजो र आमा सेलिया कुचिटिनीले ताली बजाएर स्वागत गरेका थिए ।

खेल सुरु हुनुअघि रंगशालाको मैदानमा मेस्सीको प्रसिद्ध १० नम्बर जर्सीमाथि धन्यवाद लेखिएको विशाल जर्सी प्रदर्शन गरिएको थियो । फकल्याण्ड युद्धका पूर्वसैनिक फाबियो सन्तानाले राष्ट्रिय गान गाउँदा मेस्सी पुनः भावुक बनेका थिए ।

मेस्सीको १० नम्बर जर्सीको सम्मानमा खेलको १० औँ मिनेटमा १ मिनेटका लागि खेल रोकेर सम्पूर्ण दर्शकहरूले उभिएर ताली बजाउँदै ओभेशन (सम्मान) अर्पण गरेका थिए । खेल समाप्त भएलगत्तै रंगशालामाथिको आकाशमा भव्य ड्रोन शोमार्फत आठ पटकका बलोन डी'ओर विजेता मेस्सीको तस्बिर बनाउँदै धन्यवाद सन्देश प्रस्तुत गरिएको थियो ।

अन्तिम खेलमा गोल र असिष्ट
आफ्नो कीर्तिमानी २०८ औँ अन्तर्राष्ट्रिय खेल खेलिरहेका मेस्सीले खेलको ७१ औँ मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै अन्तर्राष्ट्रिय फुटबलमा आफ्नो १२६ औँ गोल पूरा गरे । यसअघि उनले अनुभवी डिफेन्डर निकोलस ओटामेन्डीका लागि पहिलो गोलको पास (असिस्ट) मिलाइदिएका थिए भने अर्जेन्टिनाका लागि अर्को गोल युवा खेलाडी निको पाजले गरे । 

खेल हुनुभन्दा अघिल्लो दिन ब्यूनस आयर्स विश्वविद्यालयले अर्जेन्टिना फुटबल एसोसिएसन (एएफए) को मुख्यालयमा आयोजित विशेष समारोहमा मेस्सीलाई 'मानार्थ डाक्टरेट' उपाधि प्रदान गरेको थियो । विगतमा धेरै पढ्न नपाएकोमा दुःखी हुने गरेका मेस्सीले ठट्टा गर्दै भने, "अब त म पनि मानार्थ डाक्टर भन्न पाउने भएँ!"

मेस्सीको बिदाइमा बार्सिलोनाका उनका पूर्वसहकर्मी नेमारले सामाजिक सञ्जाल एक्समा लेख्दै भनेका छन्, "अर्जेन्टिनाले मात्र होइन, फुटबलका लागि तपाईँले गर्नुभएको सबै कुराका लागि सम्पूर्ण विश्वले तपाईँलाई धन्यवाद दिन्छ। मलाई फुटबलप्रति अझ बढी माया जगाइदिएकोमा धन्यवाद।"

सन्यासको पृष्ठभूमि र ऐतिहासिक उपलब्धि 

मेस्सीको यो बिदाइ न्यु जर्सीमा स्पेनविरुद्ध भएको विश्वकप फाइनलमा १-० को हार व्यहोरेको साढे दुई महिनापछि भएको हो । सो हारपछि मेस्सीले भनेका थिए, "मैले मेरो तर्फबाट सबै थोक दिएँ; अब मसँग दिनका लागि केही बाँकी छैन र अवसर पाउन योग्य धेरै राम्रा युवा खेलाडीहरू आउँदैछन् ।"

दुई महिनाअघि बुबा जोर्गेको निधन भएपछि मेस्सीले अमेरिकी क्लब इन्टर मियामीसँग सन् २०२८ सम्म सम्झौता रहे तापनि सोचेभन्दा चाँडै पूर्ण रूपमा फुटबलबाट सन्यास लिन सक्ने संकेत गरेका छन् ।

अर्जेन्टिना राष्ट्रिय टोलीसँगको करिअरमा मेस्सीले देशको ३६ वर्ष लामो पर्खाइ अन्त्य गर्दै सन् २०२२ मा तेस्रो पटक विश्वकप उपाधि दिलाएका थिए । यसका साथै उनको कप्तानीमा अर्जेन्टिनाले दुई पटक (२०२१ र २०२४) कोपा अमेरिकाको उपाधि जित्यो भने सन् २०१४ र २०२६ को विश्वकपमा टोली उपविजेता बनेको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बागलुङ र पर्वत जोड्ने मालढुङ्गा पुल दसैँअघि नै सञ्चालनमा ल्याइने

बागलुङ र पर्वत जोड्ने मालढुङ्गा पुल दसैँअघि नै सञ्चालनमा ल्याइने

यही असोज ११ गते कालीगण्डकी नदीमा आएको बाढीले क्षति पुर्याएको बागलुङ र पर्वत जोड्ने मालढुङ्गा पुल आगामी बडादसैँ अगाडि नै सञ्चालनमा ल्याउनेगरी काम भइरहेको छ ।
लेखक भट्टराईको पहिलो कृति ‘कलेजी प्रेम’को लोकार्पण

लेखक भट्टराईको पहिलो कृति ‘कलेजी प्रेम’को लोकार्पण

लेखक सरोज भट्टराईको पहिलो कृति ‘कलेजी प्रेम’को लोकार्पण भएको छ ।
कांग्रेस १५औँ महाधिवेशन : सभापतिसहित पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ सूची

कांग्रेस १५औँ महाधिवेशन : सभापतिसहित पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ सूची

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता सम्पन्न भएको छ
पोर्चुगलका मुख्य प्रशिक्षकले बेइमानी गरेपछि रोनाल्डोले मुख खोले, जुनसुकै कारबाही भोग्न तयार

पोर्चुगलका मुख्य प्रशिक्षकले बेइमानी गरेपछि रोनाल्डोले मुख खोले, जुनसुकै कारबाही भोग्न तयार

पोर्चुगल राष्ट्रिय फुटबल टोलीका कप्तान क्रिस्टियानो रोनाल्डोले हालै टोलीको प्रशिक्षण क्याम्प छाड्नुको पछाडिका घटनाक्रमबारे सत्य तथ्य सार्वजनिक गर्दै १० पृष्ठ लामो आधिकारिक वक्तव्य जारी गरेका छन् ।

भर्खरै