नेभिगेशन
सबै कुरा

रास्वपाको क्लोज क्याम्प सुझावः असोजमा राष्ट्रिय भेला, ८२ वैशाखमा महाधिवेशन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको बन्द कार्यशाला (क्लोज क्याम्प) ले २०८२ वैशाखमा महाधिवेशन गर्न केन्द्रिय समितिलाई सुझाव दिएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

शुक्रबार र शनिबार भएको बन्द कार्यशालाले महाधिवेशन पूर्व २०८१ असोजमा राष्ट्रिय भेला गर्न समेत सुझाव दिएको रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए । 

Ncell
Extreme Energy

कार्याशालाले २०८१ असोज ३ र ४ गते राष्ट्रिय भेला गर्न र २०८२ वैशाख तेस्रो साता राष्ट्रिय महाधिवेशन गर्न सुझाव दिएको मनिष झाले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

रास्वपा बन्द कार्यशालाले केन्द्रीय समितिलाई दिएका सुझावहरु :

१‍‍‍‍‍) राष्ट्रिय भेला मिति २०८१ असोज ३ र ४ गते आयोजना गर्ने ।

२) राष्ट्रिय महाधिवेशन २०८२ वैशाख तेस्रो साता गर्ने ।

३) विधान संशोधन सुझाव कार्यदलको प्रतिवेदन भदौ मसान्तभित्र तयार गरी केन्द्रीय समिति मार्फत् राष्ट्रिय भेलामा पेश गर्ने ।

४) जिल्ला संयोजक तथा उपसंयोजक र निर्वाचन क्षेत्र समितिको संलग्नतामा जिल्ला भेलामार्फत जिल्ला तदर्थ समिति गठन गर्ने ।

५) पार्टीको अर्थ राजनीतिक (जलेश्वर) प्रस्तावनाको व्याख्या गरी पार्टीको वाचापत्रलगायत अन्य दस्तावेजका आधारमा केन्द्र, प्रदेश र जिल्लामा प्रशिक्षण गर्ने ।

६) शासकीय स्वरुपका विषयमा पार्टीभित्र व्यापक छलफल गरी संविधान संशोधनसमेतको कुरालाई मध्यनजर राखी पार्टीको अवधारणा तयार गर्ने ।

७) ‘जनआवाज अभियान’ समिति गठन गरी देशभरिको मुद्दा संकलन गर्ने र सदनमा उठाउने, कार्यान्वयन भए नभएको अनुगमन गर्ने ।

८) विधेयक मन्थन विभागलाई संसदमा दर्ता भएका विधेयकहरुबारे आवश्यकताअनुसार प्रवासमा समेत छलफल चलाई सुझाव संकलन गर्ने ।

९) क्यान्डिडेट क्लब र लिडरसीप एकेडेमीको विधानअनुसार नियमावली र कार्यविधि भदौ मसान्तसम्म तयार गर्ने ।

१०) पार्टीलाई प्रतिनिधित्व गरेर अन्तर्राष्ट्रिय सभा, गोष्ठी जादि कार्यक्रमहरूमा जाने व्यक्तिको छनोटका लागि मापदण्ड तयार पार्ने ।

११) पार्टीको आचारसंहिता र मूल्य मान्यतामा आधारित दस्तावेजहरु पुनरावलोकन गरी सदस्यहरुबाट प्राप्त सुझावहरुसमेत समेटी प्रशिक्षणको सामग्रीमा समावेश गर्ने ।

१२) पार्टीको केन्द्रीय अर्थ व्यवस्थापन समिति विस्तार गरी देश विदेशमा रहेका सबैलाई जोड्न ‘पार्टी पिल्लर्स’ को अवधारणा लागू गर्ने ।

१३) ‘देशका गाउँदेखि विदेशका शहरसम्म’का नेपालीसँग भेटघाट अभियानको सुरुवात गर्ने ।

१४) चरणबद्ध रुपमा स्थानीय छाँया सरकार गठनको अभ्यास थालनी गर्ने ।

१५) आगामी साता सातै प्रदेशमा यसै प्रकृतिको बन्द कार्याशाला आयोजना गर्ने र केन्द्रीय बन्द कार्यशालामा सहभागी भएका नेताहरु सहजीकरणका लागि सहभागी हुने ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड

जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड

यसको संरक्षण तथा जलवायु परिवर्तनका असर न्यूनीकरण र अनुकूलनका लागि चीन, नेपाल, भारतलगायत हिमाली देशहरूबीच मौसमसम्बन्धी तथ्याङ्क आदानप्रदान, हिमनदी अनुगमन, पूर्वसूचना प्रणाली र विपद् प्रतिकार्यमा सहकार्य विस्तार गर्न...
नितान्त पारिवारिक भ्रमण हो, खिचडी नपकाउन अनुरोध छः रवि लामिछाने

नितान्त पारिवारिक भ्रमण हो, खिचडी नपकाउन अनुरोध छः रवि लामिछाने

उनले भने, ‘पहिलेदेखि नै जाने एउटा भाकल पनि थियो । धार्मिक एउटा आस्था, विश्वास, पारिवारिक एउटा संस्कार पनि, मेरो परिवार पनि अध्यात्मिक पनि भएको हुनाले, यो सबै कारणले...
अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र भारतीय विदेशमन्त्री डा. एस. जयशंकरबीच बदलिदोँ विश्व परिस्थितिलाई लिएर रोचक प्रश्नोत्तर (पूर्णपाठ)

अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र भारतीय विदेशमन्त्री डा. एस. जयशंकरबीच बदलिदोँ विश्व परिस्थितिलाई लिएर रोचक प्रश्नोत्तर (पूर्णपाठ)

समिटको 'द जियोपोलिटिक्स् अफ सोभरेन चोइस' शीर्षकको प्यानलमा भारतीय विदेशमन्त्री डा. एस. जयशंकर प्रमुख वक्त्ता थिए । सोहीक्रममा उपस्थित अतिथिकोतर्फबाट नेपालका अर्थमन्त्री डा.स्वर्णिम वाग्लेलाई पनि जयशंकरको विचारमाथि प्रश्न...
रास्वपा सभापति रवि लामिछाने तीनदिने धार्मिक भ्रमणका लागि भारत जाँदै

रास्वपा सभापति रवि लामिछाने तीनदिने धार्मिक भ्रमणका लागि भारत जाँदै

लामिछानेले आजदेखि तीन दिनसम्म भारत भ्रमण गर्ने भएका हुन्। रास्वपा सभापतिको निजी सचिवालयले कात्तिक ५ गते जारी गरेको प्रेस विज्ञप्तिमार्फत उनको भारत भ्रमणबारे जानकारी दिएको हो।