नेभिगेशन
सबै कुरा

महासंघको वेबसाइटबाट तेजाबी सुनको मूल्य हट्यो

काठमाडौँ । नेपाल सुन चाँदी व्यवसायी महासंघले २२ क्यारेटको सुनको मूल्य तोक्न सुरु गरेको छ । महासंघले यस अघि लामो समयसम्म तेजाबी सुनको मूल्य ताक्दै आएको थियो । बजारमा ग्राहकबाट फिर्ता आउने तथा  नेपालमै प्रशोधन भएको सुनलाई तेजाबी सुन भनिन्छ । तेजाबी सुन र छापावाल सुन बीचको मूल्यान्तर करिब ५ सय रुपैयाँ प्रतितोलामा हुँदै आएको थियो । 

गत सातासम्म यसैगरी बजारमा मूल्य तोकिने गरिएको थियो । तर, बजारमा अहिले २२ क्यारेटको सुनको माग उच्च भएपछि २२ क्यारेटको सुनको मूल्य महासंघको वेबसाइटमा तोक्न थालिएको महासंघका निवर्तमान अध्यक्ष माणिकरत्न शाक्यले बताए ।

CG

‘२२ क्यारेटको सुन निकै बलियो र मजबुतीको गहना बनाउनका लागि प्रयोग हुन्छ,’ उनले भने, ‘बजारमा धेरै माग भएपछि अहिले हामीले २२ क्यारेटको मूल्य वेबसाइटमा राखेका हौँ । तेजाबी सुनको बजार मूल्य त यथावत नै छ ।,’ वेबसाइटमा नतोके पनि बजारमा भने चलनचल्तीका लागि तेजाबी सुनको मूल्य तोकिने शाक्यको भनाई छ ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
घट्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य

घट्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य

निगमले पेट्रोलमा प्रतिलिटर रु. ४ ले, डिजेल/मट्टितेलमा प्रति लिटर रु. ५ ले, हवाई इन्धन आन्तरिकतर्फ प्रति लिटर रु. ६ र हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ काठमाडौंको लागि प्रति किलोलिटर अमेरिकी...
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ३७ पैसा र बिक्रीदर १४३ रुपैयाँ ९७ पैसा कायम भएको छ ।
आजको निर्धारित विदेशी मुद्राको विनिमयदर

आजको निर्धारित विदेशी मुद्राको विनिमयदर

यस्तै, युरोपियन युरो एकको खरिददर १६९ रुपैयाँ र बिक्रीदर १६९ रुपैयाँ ७० पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९३ रुपैयाँ ८८ पैसा र बिक्रीदर १९४ रुपैयाँ ६९ पैसा,...