नेभिगेशन
सबै कुरा

अमेरिकाबाट चीन पुगे प्रधानमन्त्री प्रचण्ड, सी जिनपिङसँग आज ४ बजे वार्ता हुने

६ असोज, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल अमेरिकाबाट चीन पुगेका छन् । अमेरिकाको न्युयोर्कमा संयुक्र राष्ट्र संघको महासभामा भाग लिन अमेरिका पुगेका प्रधानमन्त्री प्रचण्ड उतैबाट चीन प्रस्थान गरेका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रधानमन्त्री प्रचण्ड चिनियाँ समकक्षी ली छ्याङको निमन्त्रणमा चीन गएका हुन् । प्रधानमन्त्रीको एक साता लामो भ्रमण तालिका छ । उक्त तालिका अनुसार प्रधानमन्त्री प्रचण्डले आजै चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गर्ने तय भएको छ ।  

Ncell
Extreme Energy

प्रधानमन्त्रीको भ्रमण टोली आज बिहान चीनको हाङजाओ विमानस्थलमा अवतरण गरेका हुन् । उनलाई चीनको केन्द्रीय जनसरकारका स्पोर्ट्स मिनिस्टरले विमानस्थलमा स्वागत गरेका छन् ।  १९ औं एसियाली खेलकुदको उद्घाटन समारोहमा सहभागी हुन चीनका राष्ट्रपति सी जिनपिङ पनि हाङजाओ आउने कार्यक्रम रहेकाले प्रधानमन्त्री प्रचण्डसँग त्यहीँ भेट्ने कार्यक्रम तय गरिएको छ ।

आज अपरान्ह ४ बजे प्रधानमन्त्री प्रचण्ड र राष्ट्रपति सीबीच द्विपक्षिय वर्ता हुने बताइएको छ । त्यसअघि प्रधानमन्त्री प्रचण्ड र राष्ट्रपति सी ले सँगै लञ्च गर्नेछन् । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सात संसदीय समितिको बैठक बस्दै, गृहको उजुरीदेखि कोपसम्म एजेण्डा

सात संसदीय समितिको बैठक बस्दै, गृहको उजुरीदेखि कोपसम्म एजेण्डा

विभिन्न सात वटा संसदीय समितिको बैठक बस्दैछ ।
राष्ट्रियसभाको बैठक बस्दै, एजेण्डामा छन् तीन विधेयक

राष्ट्रियसभाको बैठक बस्दै, एजेण्डामा छन् तीन विधेयक

संघीय संसद्, राष्ट्रियसभाको बैठक बस्दैछ ।
प्रधानमन्त्री–सभामुख भेटवार्तामा के भयो छलफल ?

प्रधानमन्त्री–सभामुख भेटवार्तामा के भयो छलफल ?

अघिल्लो भेटमा सभामुख अर्यालले सदनमा आएर सम्बोधन गर्न आग्रह गर्दा प्रधानमन्त्री बालेनले विचार गर्छु भन्ने जवाफ दिएका थिए।
प्रधानमन्त्रीको विरोध गर्ने नाममा कांग्रेसले सांसदले संसद्‍मै झुट बोले

प्रधानमन्त्रीको विरोध गर्ने नाममा कांग्रेसले सांसदले संसद्‍मै झुट बोले

नेपाली कांग्रेसका सांसद भरत स्वाँरले प्रधानमन्त्री बालेन शाहको विरोध गर्ने नाममा संसद्‍मै झुट बोलेका छन् ।