नेभिगेशन
सबै कुरा

अमेरिकाबाट चीन पुगे प्रधानमन्त्री प्रचण्ड, सी जिनपिङसँग आज ४ बजे वार्ता हुने

६ असोज, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल अमेरिकाबाट चीन पुगेका छन् । अमेरिकाको न्युयोर्कमा संयुक्र राष्ट्र संघको महासभामा भाग लिन अमेरिका पुगेका प्रधानमन्त्री प्रचण्ड उतैबाट चीन प्रस्थान गरेका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रधानमन्त्री प्रचण्ड चिनियाँ समकक्षी ली छ्याङको निमन्त्रणमा चीन गएका हुन् । प्रधानमन्त्रीको एक साता लामो भ्रमण तालिका छ । उक्त तालिका अनुसार प्रधानमन्त्री प्रचण्डले आजै चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गर्ने तय भएको छ ।  

Extreme Energy

प्रधानमन्त्रीको भ्रमण टोली आज बिहान चीनको हाङजाओ विमानस्थलमा अवतरण गरेका हुन् । उनलाई चीनको केन्द्रीय जनसरकारका स्पोर्ट्स मिनिस्टरले विमानस्थलमा स्वागत गरेका छन् ।  १९ औं एसियाली खेलकुदको उद्घाटन समारोहमा सहभागी हुन चीनका राष्ट्रपति सी जिनपिङ पनि हाङजाओ आउने कार्यक्रम रहेकाले प्रधानमन्त्री प्रचण्डसँग त्यहीँ भेट्ने कार्यक्रम तय गरिएको छ ।

आज अपरान्ह ४ बजे प्रधानमन्त्री प्रचण्ड र राष्ट्रपति सीबीच द्विपक्षिय वर्ता हुने बताइएको छ । त्यसअघि प्रधानमन्त्री प्रचण्ड र राष्ट्रपति सी ले सँगै लञ्च गर्नेछन् । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
राष्ट्रपतिले गुरु पुरोहितबाट लगाए दसैंको टीका र जमरा

राष्ट्रपतिले गुरु पुरोहितबाट लगाए दसैंको टीका र जमरा

राष्ट्रपति रामचन्द्र पौडेलले शुभसाइतमा यस वर्षको दसैंको टीका, प्रसाद र जमरा ग्रहण गरेका छन् ।
प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

७१औं प्रहरी दिवसका अवसरमा शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री बालेनले प्रहरीलाई अझ सक्षम बनाउन नीतिगत मार्गदर्शन, कानुनी सहजता, आधुनिक तालिम र पूर्वाधार विकासलाई प्राथमिकता दिइएको बताएका छन्।