नेभिगेशन
सबै कुरा

तोकिएको भन्दा बढी मूल्य नलिन पानी उद्योगीलाई विभागको आग्रह

काठमाडौँ । वाणिज्य विभागले तोकिएको भन्दा बढी मूल्य नलिन पानी उद्योगीहरूलाई आग्रह गरेको छ। बुधबार एक विज्ञप्ति जारी गर्दै वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले पानी उद्योगहरूलाई आग्रह गरेको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

विभागले सिलबन्द जारको पानीको मूल्य विभागले यस अघि नै तोकेको भन्दै त्यसभन्दा माथि गएर उपभोक्तालाई बिक्री गरेको पाइए कारबाही गर्ने जनाएको हो । 

Ncell
Extreme Energy

विभागले ४ वर्ष अघि नेत्र सुवेदी महानिर्देशक भएको बेला सिलबन्द जार र बोतलको पानीको अधिकतम खुद्रा बिक्री मूल्य तोकेको थियो । जसअनुसार एक लिटरको बोतल बन्द पानीको अधिकतम खुद्रा बिक्री मूल्य १६ रुपैयाँ र २० लिटरको जारको पानीको मूल्य ४७ रुपैयाँ तोकेको थियो ।

सो मूल्य भन्दा अधिक रकम उपभोक्ताबाट असुल भइरहेको उजुरी पछि यस्तो सूचना जारी गरिएको विभागका अनुगमन शाखा प्रमुख राकेश पाण्डेले बताए । 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
अर्थमन्त्री डा.स्वर्णिम वाग्लेद्धारा पूँजी बजार विकास र सुधारका उपाय पेस गर्न निर्देशन

अर्थमन्त्री डा.स्वर्णिम वाग्लेद्धारा पूँजी बजार विकास र सुधारका उपाय पेस गर्न निर्देशन

बैठकमा नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल, नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा.गोपाल भट्ट, राष्ट्र बैंकका डेपुटी गभर्नर किरण पण्डित र नेपाल धितोपत्र बोर्डका उपकार्यकारी निर्देशक नारायण शर्मा...
उपत्यका बाहिरबाट ‘एलपी ग्यास सिलिन्डर’ मा ‘बोटलिङ’ गर्न थालियो

उपत्यका बाहिरबाट ‘एलपी ग्यास सिलिन्डर’ मा ‘बोटलिङ’ गर्न थालियो

पृथ्वी राजमार्गको कृष्णभीरमा सडक भासिएपछि संघीय राजधानी काठमाडौँ बाहिर खाना पकाउने ग्यास भरेर (बोटलिङ) लैजान थालिएको छ ।
बाढी पीडितका लागि पद्म ज्योति समूहको एक करोड सहयोग, प्रधानमन्त्री राहत कोषमा जम्मा

बाढी पीडितका लागि पद्म ज्योति समूहको एक करोड सहयोग, प्रधानमन्त्री राहत कोषमा जम्मा

रसुवा भोटेकोशी  बाढी प्रभावितका लागि पद्म ज्योति समूहले एक करोड रुपैयाँ सहयोग गरेको छ ।
चेम्बर र एनआरएनएबीच लगानी तथा व्यापार प्रवर्द्धनमा सहकार्य गर्ने समझदारी

चेम्बर र एनआरएनएबीच लगानी तथा व्यापार प्रवर्द्धनमा सहकार्य गर्ने समझदारी

नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय नेपाली संघ (एनआरएनए), नेपालबीच नेपालमा लगानी प्रवर्द्धन, व्यापार तथा व्यवसाय विस्तार र आर्थिक सहकार्यका लागि समझदारी भएको छ।