नेभिगेशन
सबै कुरा

बाँकेमा स्थानीय तहको विद्युत् बक्यौता २२ करोड ८५ लाख बढी

बाँके । बाँकेका आठ वटा स्थानीय तहले सडक बत्ती प्रयोग गरेबापत २२ करोड ८५ लाख ३१ हजार ८५ रुपैयाँ बक्यौता तिर्न बाँकी देखिएको छ । नेपाल विद्युत् प्राधिकरणले बक्यौता नतिरे कुनै पनि बेला लाइन काट्ने चेतावनी दिएको छ ।

प्राधिकरणले स्थानीय तहलाई बक्यौता तिर्न पटक पटक सूचना जारी गर्दै आए पनि बक्यौता नतिरेपछि किस्ताबन्दीमा रकम तिर्न ४५ दिने सूचना जारी गरेर त्यसपछि लाइन काट्ने चेतावनी दिएको हो ।

CG

बाँकेमा सबैभन्दा बढी नेपालगन्ज उपमहानगरपालिकाको बक्यौता रहेको नेपाल विद्युत् प्राधिकरण नेपालगन्ज वितरण केन्द्रले जनाएको छ । प्राधिकरण वितरण केन्द्रका प्रमुख जगन्नाथ लामिछानेले सडक बत्ती प्रयोग गरेबापत नेपालगन्ज उपमहानगरपालिकाले १९ करोड ९१ लाख ३८ हजार ८४६ रुपैयाँ तिर्नुपर्ने देखिएको छ ।

प्राधिकरण वितरण केन्द्रका अनुसार कोहलपुर नगरपालिकाले पाँच लाख ९८ हजार ६४४ रुपैयाँ तिुर्नपर्ने देखिएको छ भने सडक बत्ती प्रयोग गरेबापत राप्तीसोनारी गाउँपालिकाले १५ हजार ७०७ रुपैयाँ, बैजनाथ गाउँपालिकाले ६३ हजार ७० रुपैैयाँ देखिएको छ ।

त्यस्तै नरैनापुर गाउँपालिकाले एक लाख २३ हजार ७५० रुपैयाँ, जानकी गाउँपालिकाले १४ लाख ४९ हजार ३६९ रुपैयाँ, खजुरा गाउँपालिकाले पाँच हजार ७७९ रुपैयाँ र डुडुवा गाउँपालिकाले एक करोड ९४ लाख ५८ हजार २० रुपैयाँ तिर्नुपर्ने बक्यौता रकम रहेको छ ।

लामोसमयदेखि प्राधिकरणले परिपत्र गरे पनि हालसम्म उक्त बक्यौता रकम नतिरेकाले ६० महिनाको किस्ताबन्दीका लागि ४५ दिने सूचना जारी गरिएको प्रमुख लामिछानेले बताए । यसअघि पटक पटक सूचना निकालेको प्राधिकरणले पछिल्लो पटक ६० महिनासम्मको किस्ताबन्दी सुविधा दिएको थियो ।

प्राधिकरणले गत असार १६ मा एक सूचना जारी गरी ४५ दिनभित्र प्राधिकरणमा किस्ताबन्दीको आवेदन दिन सूचना गरेको थियो । विद्युत महसुल तिर्ने विषयमा जिल्लाका विभिन्न स्थानीय तहहरू सकारात्मक रहेको नेपालगन्ज वितरण केन्द्रका प्रमुख लामिछानेले बताए ।

उनले नेपालगन्जका मेयर प्रशान्त विष्टले चालु आवमा सोका लागि बजेट छुट्याइएको जनाउँदै बजेट आएमा हाइमास्टको महसुलबाट तिर्न सुरु गरिने जनाएको बताए । सोही प्रकारले नरैनापुर, राप्तीसोनारी गाउँपालिका र कोहलपुर नगरपालिका पनि महसुल तिर्ने विषयमा सकारात्मक देखिएका छन् ।

खजुरा गाउँपालिकाको हाइमास्टको लाइन करिब चार महिना काटिएपछि सो पालिकाले विद्युत् महसुल बुझाएको नेपालगन्ज वितरण केन्द्रले जनाएको छ । देशभरका स्थानीय निकायले प्रयोग गरेको सडक बत्तीबापत छ अर्बभन्दा बढी बक्यौता रहेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
हर्क साम्पाङले पनि दिए राजीनामा

हर्क साम्पाङले पनि दिए राजीनामा

उनी साम्पाङ विरुद्ध एकै क्षेत्रमा निर्वाचन लड्दैछन् । "आजबाट म मेयर साप रहिंन है । म आज देखि धराने जनता । जय माटो । जय देश" राजीनामा पछी...
माघ ५ को सभाका लागि बालेन पुगे जनकपुर

माघ ५ को सभाका लागि बालेन पुगे जनकपुर

रास्वपाको पहिलो चुनावी सभाका लागि बालेन आइतबार अपरान्ह जनकपुर पुगेका हुन् । रास्वपा सभापति रवि लगायतका रास्वपाका अन्य नेताहरु भने भोली मात्रै जनकपुुर जाने कार्यक्रम छ।
नेपाली सेनाको फोटो तथा बृहत् प्रदर्शनी आइतबारदेखि काठमाडौँमा सुरु

नेपाली सेनाको फोटो तथा बृहत् प्रदर्शनी आइतबारदेखि काठमाडौँमा सुरु

जङ्गी अड्डामा आयोजित एक कार्यक्रमकाबीच प्रधान सेनापति अशोक राज सिग्देलले नेपाली सेना फोटो तथा बृहत् प्रदर्शनीको उद्घाटन गरेका हुन । आम नागरिकलाई नेपाली सेनाका विविध गतिविधिबारे जानकारी गराउने...
धरान बस दुर्घटनाः पाँच जनाको मृत्यु, १३ जना घाइते

धरान बस दुर्घटनाः पाँच जनाको मृत्यु, १३ जना घाइते

आइतबार दिउँसो करिब ४ः३० बजे धनकुटाबाट धरानतर्फ आउँदै गरेको को१ख ७११९ नम्बरको यात्रुवाहक बस दुर्घटना हुँदा एक बच्चासहित पाँच जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता...