नेभिगेशन
सबै कुरा

माओवादी शुद्धिकरण अभियान चलाऔँः स्थायी कमिटी बैठक

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टीलाई सक्षम र सवल बनाउनका लागि शुद्धिकरण अभियान चलाउनुपर्नेमा बताएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पार्टी कार्यालय पेरिसडाडाँमा शनिबार बसेको पार्टी स्थायी कमिटी बैठकमा बैचारिक, राजनीतिक र सांगठानीक बिषयमा धारणा राख्दै प्रचण्डले संसदीय परिपाटीबाट प्रदूषित भएको भन्दै शुद्धिकरण अभियान चलाउनुपर्नेमा जोड दिएको प्रवक्ता अग्नि सोपकोटाले बताए 

Ncell
Extreme Energy

बैठकमा प्रचण्डले बिगतका अनुभवको अध्ययन गर्दै नयाँ बहसमा ध्यान दिनुपर्ने र नयाँ बैचारिक संश्लेषण गर्दै पार्टीलाई नयाँ ढंगले सुदृढिकरण गर्नुपर्ने धारणा राखेका थिए ।

 त्यस्तै प्रचण्डले स्पष्ट नीति, योजना नयाँ कार्यक्रम सहित जनतामा जानुपर्नेमा जोड दिनुभएको प्रवक्ता सापकोटाले बताए ।

कम्युनिष्ट बामपन्थीहरुलाई एकतावद्ध गर्नका लागि समाजवादी मोर्चामा आवद्ध दलहरुसंग कुराकानी भइरहेको भन्दै प्रचण्डले छिटै परिणाम निस्कने समेत धारणा राखेको सापकोटाले जानकारी दिए। बैठकमा प्रचण्डका साथै उपाध्यक्ष नाराणकाजी श्रेष्ठ, उपमहासचिव बर्षमान पुन लगाएत १३ जना सदस्यहरुले धारणा राखेका थिए । 

बैठक आइतबार पुनः बस्ने सापकोटाले जानकारी दिनुभयो । जनपरिचालन, सङ्गठन निर्माण र विस्तार लगाएतका एजेण्डमा केन्द्रीत माओवादीले स्थायी कमिटी बैठकपछि केन्द्रीय कमिटी बैठक बोलाउने तयारी गरेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
“सूचना प्रविधि क्षेत्रमा निर्धक्क भएर लगानी बढाउनुहोस्, सरकार साथमा छ” : अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

“सूचना प्रविधि क्षेत्रमा निर्धक्क भएर लगानी बढाउनुहोस्, सरकार साथमा छ” : अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

“सूचना प्रविधि क्षेत्र छोटो समयमा ठूलो फड्को मार्न सकिने क्षेत्र हो, तपाईं युवा उद्यमीहरू लगानी बढाउनुहोस्। आफूलाई फैलाउनुहोस्,” उनले भने, “सरकार तपाईंको साथमा छ। के–के गर्नुपर्ने हो भन्नुहोस्।”
किन बद्‍नाम भयो संघीयता ?

किन बद्‍नाम भयो संघीयता ?

संविधानअनुसार नेपालमा तीन तहका सरकार छन्– संघ, प्रदेश र स्थानीय । यी तीन तहका सरकारमध्ये प्रदेश सरकारहरू यति अस्थिर बनेका छन् कि, कुन नेतालाई के मुड चल्छ, सरकार...
ओलीबारे प्रतिवेदनमार्फत के भनेका छन् शंकर पोखरेलले ?

ओलीबारे प्रतिवेदनमार्फत के भनेका छन् शंकर पोखरेलले ?

नेकपा एमालेका महासचिव शंकर पोखरेलले कार्यदलको प्रतिवेदनमार्फत पार्टी नेतृत्वको खुलेर आलोचना गरेका छन् र सुधारको माग गरेका छन् ।
३ मन्त्री र सभामुख पाएपछि बागमतीमा नेकपा विवाद सुल्झियो

३ मन्त्री र सभामुख पाएपछि बागमतीमा नेकपा विवाद सुल्झियो

शक्ति बाँडफाँटलाई लिएर बागमती प्रदेशमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) भित्र बढेको विवाद सुल्झिएको नेताहरूले बताएका छन् ।