नेभिगेशन
सबै कुरा

पार्टीभित्र कुनै समस्या छैन : प्रचण्ड

काठमाडाैँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीभित्र कुनै समस्या नरहेको बताएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सोमबार पार्टी कार्यालय पेरिसडाडाँमा बसेको स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले पार्टी एकढिक्का भएर अघि बढ्ने भन्दै कुनै समस्या नरहेको बताएका हुन् । बैठकमा उपमहासचिव जनार्दन शर्माले प्रचण्डले नेतृत्व हस्तान्तरण गर्न सुझाव दिएपछि अन्य सदस्यहरुले पनि यस बिषयमा धारणा राखिरहेका छन् । तर नेतृत्व हस्तान्तरणबारे सञ्चारकर्मीको प्रश्नमा प्रचण्ड भने सबै मिलेर जाने र केहि टेन्सन नरहेको जिकिर गरे । 

Ncell
Extreme Energy

सोमबार बैठकमा दिनानाथ शर्मा, यशोदा सुवेदी, हितराज पाण्डे, रेखा शर्मा लगाएतले धारणा राखेका थिए । धारणा राख्ने क्रममा बाहिर आएजस्तो बैठकमा कुनै समस्या नरहेको र स्तरीय छलफल भइरहेको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए । उनले आर्थिक विकास, आत्म निर्भर, पार्टीभित्रको श्रममा अधिकांशको जोड रहेको उल्लेख गरे । सापकोटाले नेतृत्वका बिषयमा पनि सदस्यहरुले प्रश्न गरिरहेको उल्लेख गर्दै बैज्ञानिक बस्तुवादी निष्कर्ष आउने बताए । 

स्थायी कमिटी बैठक मंगलबार पनि जारी रहने प्रवक्ता सापकोटाले जानकारी दिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड

जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड

यसको संरक्षण तथा जलवायु परिवर्तनका असर न्यूनीकरण र अनुकूलनका लागि चीन, नेपाल, भारतलगायत हिमाली देशहरूबीच मौसमसम्बन्धी तथ्याङ्क आदानप्रदान, हिमनदी अनुगमन, पूर्वसूचना प्रणाली र विपद् प्रतिकार्यमा सहकार्य विस्तार गर्न...
नितान्त पारिवारिक भ्रमण हो, खिचडी नपकाउन अनुरोध छः रवि लामिछाने

नितान्त पारिवारिक भ्रमण हो, खिचडी नपकाउन अनुरोध छः रवि लामिछाने

उनले भने, ‘पहिलेदेखि नै जाने एउटा भाकल पनि थियो । धार्मिक एउटा आस्था, विश्वास, पारिवारिक एउटा संस्कार पनि, मेरो परिवार पनि अध्यात्मिक पनि भएको हुनाले, यो सबै कारणले...
अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र भारतीय विदेशमन्त्री डा. एस. जयशंकरबीच बदलिदोँ विश्व परिस्थितिलाई लिएर रोचक प्रश्नोत्तर (पूर्णपाठ)

अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र भारतीय विदेशमन्त्री डा. एस. जयशंकरबीच बदलिदोँ विश्व परिस्थितिलाई लिएर रोचक प्रश्नोत्तर (पूर्णपाठ)

समिटको 'द जियोपोलिटिक्स् अफ सोभरेन चोइस' शीर्षकको प्यानलमा भारतीय विदेशमन्त्री डा. एस. जयशंकर प्रमुख वक्त्ता थिए । सोहीक्रममा उपस्थित अतिथिकोतर्फबाट नेपालका अर्थमन्त्री डा.स्वर्णिम वाग्लेलाई पनि जयशंकरको विचारमाथि प्रश्न...
रास्वपा सभापति रवि लामिछाने तीनदिने धार्मिक भ्रमणका लागि भारत जाँदै

रास्वपा सभापति रवि लामिछाने तीनदिने धार्मिक भ्रमणका लागि भारत जाँदै

लामिछानेले आजदेखि तीन दिनसम्म भारत भ्रमण गर्ने भएका हुन्। रास्वपा सभापतिको निजी सचिवालयले कात्तिक ५ गते जारी गरेको प्रेस विज्ञप्तिमार्फत उनको भारत भ्रमणबारे जानकारी दिएको हो।