नेभिगेशन
सबै कुरा

कांग्रेसको कार्यसमिति बैठक भाद्र ७ मा बस्ने

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक भाद्र ७ गते बस्नेगरि स्थगित भएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पार्टी कार्यालय सानेपामा सोमबार बसेको बैठकमा केन्द्रीय सदस्यहरुले धारणा राख्ने क्रम सकिएपछि बैठक भाद्र ७ गते बस्ने गरि स्थगीत गरिएको हो । पदाधिकारी र पूर्व पदाधिकारी बैठकहरुले मात्रै धारणा राख्न बाँकी रहेको र आगामी बैठकमा त्यसले निरन्तरता पाउने प्रवक्ता डा प्रकाशशरण महतले जानकारी दिए । 

Ncell
Extreme Energy

सोमबारको बैठकमा  चित्रलेखा यादव, डा. मिनेन्द्र रिजाल, एन.पी. साउद, सुजाता परियार, प्रदीप पौडेल, सरिता प्रसाई, रामजनम चौधरी, डा. गोपाल दहित, मधु आचार्य लगाएतले धारणा राखेका थिए । धारणा राख्ने क्रममा केन्द्रीय सदस्यहरुले वर्तमान सरकार सफल हुनुपर्ने, सुशासनका बिषयमा खरो उभिनुपर्ने, पार्टीलाई तल्लो तहसम्म बलियो बनाउनुपर्नेमा जोड दिएको प्रवक्ता महतले बताए । आगामी बैठकमा महासमितिका प्रतिवेदनमा आएका बिचारलाई समावेश गरेर परिमार्जन पारित गर्ने र समसामायीक बिषयमा समेत निर्णय लिने जानकारी दिए । 

सोमबारको बैठकले पार्टी सभापति एवं पूर्व प्रधानमन्त्री स्व. सुशील कोइरालाको जन्म जयन्तीका अवसरमा उच्च सम्मान साथ श्रद्धासुमन अर्पण गर्ने निर्णय गरेको प्रवक्ता महतले बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
“सूचना प्रविधि क्षेत्रमा निर्धक्क भएर लगानी बढाउनुहोस्, सरकार साथमा छ” : अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

“सूचना प्रविधि क्षेत्रमा निर्धक्क भएर लगानी बढाउनुहोस्, सरकार साथमा छ” : अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

“सूचना प्रविधि क्षेत्र छोटो समयमा ठूलो फड्को मार्न सकिने क्षेत्र हो, तपाईं युवा उद्यमीहरू लगानी बढाउनुहोस्। आफूलाई फैलाउनुहोस्,” उनले भने, “सरकार तपाईंको साथमा छ। के–के गर्नुपर्ने हो भन्नुहोस्।”
किन बद्‍नाम भयो संघीयता ?

किन बद्‍नाम भयो संघीयता ?

संविधानअनुसार नेपालमा तीन तहका सरकार छन्– संघ, प्रदेश र स्थानीय । यी तीन तहका सरकारमध्ये प्रदेश सरकारहरू यति अस्थिर बनेका छन् कि, कुन नेतालाई के मुड चल्छ, सरकार...
ओलीबारे प्रतिवेदनमार्फत के भनेका छन् शंकर पोखरेलले ?

ओलीबारे प्रतिवेदनमार्फत के भनेका छन् शंकर पोखरेलले ?

नेकपा एमालेका महासचिव शंकर पोखरेलले कार्यदलको प्रतिवेदनमार्फत पार्टी नेतृत्वको खुलेर आलोचना गरेका छन् र सुधारको माग गरेका छन् ।
३ मन्त्री र सभामुख पाएपछि बागमतीमा नेकपा विवाद सुल्झियो

३ मन्त्री र सभामुख पाएपछि बागमतीमा नेकपा विवाद सुल्झियो

शक्ति बाँडफाँटलाई लिएर बागमती प्रदेशमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) भित्र बढेको विवाद सुल्झिएको नेताहरूले बताएका छन् ।