नेभिगेशन
सबै कुरा

दाउन्नेमा सडक भासिए यातायात सञ्चालनमा रोक

नवलपरासी । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपुरको दाउन्ने खण्डमा भासिएको सडक मर्मतका लागि यातायात सञ्चालनमा रोक लगाइएको छ । नवलपुरको दाउन्नेमा गए राति सडक भासिँदा एकतर्फी रूपमा यातायात सञ्चालन गरिएको थियो । भासिएको स्थानमा मर्मतका लागि आज दिउँसो १ः०० बजेसम्म यातायात सञ्चालनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले बताए ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

विनयी त्रिवेणी गाउँपालिका–२ स्थित दाउन्ने बजारमा भासिएको सडकमा थप क्षति भएर समस्या हुनसक्ने भएकाले यातायात रोकेर मर्मत गर्न लागिएको उनले जानकारी दिए।  यस खण्ड भएर यात्रा गर्ने यात्रुलाई वैकल्पिक मार्गको प्रयोग गर्न अनुरोध गरिएको प्रनाउ पौडेलले बताए । 

Marvel
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
घोप्टेभिरको पहिरो रोकथामको काम सक्न थप तीन दिन लाग्ने, दैनिक पाँच घण्टा आवागमन बन्द

घोप्टेभिरको पहिरो रोकथामको काम सक्न थप तीन दिन लाग्ने, दैनिक पाँच घण्टा आवागमन बन्द

माथिबाट स्काभेटरले जोखिमपूर्ण भाग झार्ने र तलबाट सडक सफा गर्ने काम भइरहेको छ । हरेक दिन बिहान ११ः०० बजेदेखि दिउँसो ४ः०० बजेसम्म सवारी रोकेर काम गरिएको छ ।
विपद् प्रभावित क्षेत्रमा बागमती सरकारको छ अर्ब

विपद् प्रभावित क्षेत्रमा बागमती सरकारको छ अर्ब

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि बागमती प्रदेश सरकारले ६ अर्ब परिचालन गर्ने भएको छ ।