नेभिगेशन
सबै कुरा

मन्थलीमा मोटरसाइकल चोरीका घटना वृद्धि

मन्थली । जिल्ला सदरमुकाम मन्थलीमा मोटरसाइकल चोरीका घटनामा वृद्धि भएको छ । विगतमा मोटरसाइकल चोरी कहिलेकाहीँ मात्रै हुने गरेको यहाँ छ महिनाभित्र दुईवटा मोटरसाईकल हराउनुको साथै तीनवटा मोटरसाइकलको पार्टपूर्जा हराएको छ ।

यसअघि पटक–पटक मोटरसाइकल चोरी प्रहरीबाटै भएको तथ्य फेला परेपछि चोरी गर्ने प्रहरीलाई विभागीय कारबाहीको सिफारिश गरिएको छ । गत हप्ता पुनः मोटरसाइकलको पाटपुर्जा चोरी भएको र चोरीमा प्रहरीनै संलग्न भएको स्थानीयको आरोप छ ।

City Express

जिल्ला सदरमुकाम मन्थलीमा पार्किड गरिराखेको मोटरसाइकलको पाटपुर्जा  रातीको समयमा चोरी भएको र चोरी गर्ने प्रहरी भएको भनि किटानी जाहेरी दिँदा प्रहरीले अनुसन्धान नगरेको स्थानीय नारायण बस्नेतले बताए । 

गत हप्ता भएको मोटरसाइकल चोरीमा प्रहरी संलग्न हुनसक्ने सिसीटिभीको फुटेजबाट अनुमान गरिएको स्थानीय बताउँछन्  । गत असार २० गते राति मन्थली बचत तथा ऋण सहकारी संस्थाको मोटरसाइकल मन्थली बजारबाट चोरी भएकोमा हालसम्म फेला परेको छैन । 

यही साउनमा मात्रै मन्थली बजारको रेडक्रस लाइनमा पार्किङमा राखिएको बा ७४ प ३१२ नम्बरको एफजेड मोटरसाइकलको दुई वटा पाटपुर्जा चोरी भएको थियो । पार्किङमै राखिएको बा प्रदेश–०२–०४४ प७५५० नम्बरको एफजेड भि–२ मोटरसाइकलको पनि राती पार्टपूर्जा हराएको थियो  ।  

जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायब उपरीक्षक प्रदीपकुमार सिंहले प्रहरीले चोरीका घटना हुन नदिन मन्थली बजारमा विशेष निगरानी बढाएको बताए। उनले चोरीका घटना हुन नदिन रातको समयमा नियमित गस्ती बढाउनुको साथै मन्थली बजार क्षेत्रमा मदनआश्रित चोक क्षेत्र र बसपार्क, विमानस्थल हेर्ने गरी दुई वटा प्रहरी पोष्ट थप गरिएको जानकारी दिए ।

चोरी भएको मोटरसाइकल खोजी भइरहेको र फेला पार्न सिसिटिभी फुटेज हेरेर प्रयास गरिरहेको प्रहरीले जनाएको छ । गत साता मोटरसाइकलको पार्टपुर्जा चोरी भएको सम्बन्धी जाहेरी परेपछि सो सम्बन्धमा आवश्यक अनुसन्धान गर्दा जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी रहेको पाइएपछि घटनामा संलग्न  प्रहरीलाई विभागीय कारबाहीका लागि सिफारिस भई पठाउने तयारी भइरहेको पनि प्रनाउ सिंहले बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
मादक पदार्थ सेवन गरेका व्यक्तिको चिर्पट प्रहारबाट तनहुँका खुसीमान गुरुङको मृत्यु

मादक पदार्थ सेवन गरेका व्यक्तिको चिर्पट प्रहारबाट तनहुँका खुसीमान गुरुङको मृत्यु

मादक पदार्थ सेवन गरेका सोही स्थानका ७० वर्षीय खिमबहादुर गुरुङले खुसीमानको टाउकोमा चिर्पट प्रहार गर्दा  गम्भीर घाइते भएका उनको उपचारका क्रममा गए राति मृत्यु भएको हो ।
एमाले नेता पासाङ शेर्पा पक्राउ, बहुविवाह मुद्दामा भएको थियो जेलसहित जरिवानाको फैसला

एमाले नेता पासाङ शेर्पा पक्राउ, बहुविवाह मुद्दामा भएको थियो जेलसहित जरिवानाको फैसला

ताप्लेजुङका शेर्पालाई काठमाडौँको धुम्बारहीबाट पक्राउ गरिएको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी पवन कुमार भट्टराईले जानकारी दिए ।
मष्टा समूहको सञ्चालक जीवन चलाउनेविरुद्ध मुद्दा दायर

मष्टा समूहको सञ्चालक जीवन चलाउनेविरुद्ध मुद्दा दायर

चलाउनेले रु दुई अर्ब सात करोड ६२ लाख १३ हजार ५१६ बराबरको सम्पत्ति शुद्धीकरण गरेको अनुसन्धानमा देखिएको विभागले जनाएको छ ।
पाँचथरमा छोराद्वारा ६९ वर्षीय बाबुको हत्या

पाँचथरमा छोराद्वारा ६९ वर्षीय बाबुको हत्या

युवराज आइतबार बिहान १०ः३० बजे घरदेखि करिब ५०० मिटर उत्तरतर्फ करेसाबारीमा मृत फेला परेका थिए । मृत युवराजको शरीरका विभिन्न भागमा चोटपटक देखिएपछि हत्याको आशङ्कामा प्रहरीले अनुसन्धान अघि...