नेभिगेशन
सबै कुरा

मन्थलीमा मोटरसाइकल चोरीका घटना वृद्धि

मन्थली । जिल्ला सदरमुकाम मन्थलीमा मोटरसाइकल चोरीका घटनामा वृद्धि भएको छ । विगतमा मोटरसाइकल चोरी कहिलेकाहीँ मात्रै हुने गरेको यहाँ छ महिनाभित्र दुईवटा मोटरसाईकल हराउनुको साथै तीनवटा मोटरसाइकलको पार्टपूर्जा हराएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

यसअघि पटक–पटक मोटरसाइकल चोरी प्रहरीबाटै भएको तथ्य फेला परेपछि चोरी गर्ने प्रहरीलाई विभागीय कारबाहीको सिफारिश गरिएको छ । गत हप्ता पुनः मोटरसाइकलको पाटपुर्जा चोरी भएको र चोरीमा प्रहरीनै संलग्न भएको स्थानीयको आरोप छ ।

Ncell
Extreme Energy

जिल्ला सदरमुकाम मन्थलीमा पार्किड गरिराखेको मोटरसाइकलको पाटपुर्जा  रातीको समयमा चोरी भएको र चोरी गर्ने प्रहरी भएको भनि किटानी जाहेरी दिँदा प्रहरीले अनुसन्धान नगरेको स्थानीय नारायण बस्नेतले बताए । 

गत हप्ता भएको मोटरसाइकल चोरीमा प्रहरी संलग्न हुनसक्ने सिसीटिभीको फुटेजबाट अनुमान गरिएको स्थानीय बताउँछन्  । गत असार २० गते राति मन्थली बचत तथा ऋण सहकारी संस्थाको मोटरसाइकल मन्थली बजारबाट चोरी भएकोमा हालसम्म फेला परेको छैन । 

यही साउनमा मात्रै मन्थली बजारको रेडक्रस लाइनमा पार्किङमा राखिएको बा ७४ प ३१२ नम्बरको एफजेड मोटरसाइकलको दुई वटा पाटपुर्जा चोरी भएको थियो । पार्किङमै राखिएको बा प्रदेश–०२–०४४ प७५५० नम्बरको एफजेड भि–२ मोटरसाइकलको पनि राती पार्टपूर्जा हराएको थियो  ।  

जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायब उपरीक्षक प्रदीपकुमार सिंहले प्रहरीले चोरीका घटना हुन नदिन मन्थली बजारमा विशेष निगरानी बढाएको बताए। उनले चोरीका घटना हुन नदिन रातको समयमा नियमित गस्ती बढाउनुको साथै मन्थली बजार क्षेत्रमा मदनआश्रित चोक क्षेत्र र बसपार्क, विमानस्थल हेर्ने गरी दुई वटा प्रहरी पोष्ट थप गरिएको जानकारी दिए ।

चोरी भएको मोटरसाइकल खोजी भइरहेको र फेला पार्न सिसिटिभी फुटेज हेरेर प्रयास गरिरहेको प्रहरीले जनाएको छ । गत साता मोटरसाइकलको पार्टपुर्जा चोरी भएको सम्बन्धी जाहेरी परेपछि सो सम्बन्धमा आवश्यक अनुसन्धान गर्दा जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी रहेको पाइएपछि घटनामा संलग्न  प्रहरीलाई विभागीय कारबाहीका लागि सिफारिस भई पठाउने तयारी भइरहेको पनि प्रनाउ सिंहले बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
घुससहित भूमि प्रशासनका कर्मचारी र लेखापढी व्यवसायी नियन्त्रणमा

घुससहित भूमि प्रशासनका कर्मचारी र लेखापढी व्यवसायी नियन्त्रणमा

आयोगका प्रवक्ता सुरेश न्यौपानेले आयोगको टोलीले रु तीन लाख घुस÷रिसवतबापतको रकम र स्रोत नखुलेको रु २४ हजार ८९० सहित ललितपुर महानगर वडा नं ४ स्थित एक होटलबाट शुक्रबार...
सशस्त्र प्रहरीको विद्यालयमा ११ करोड हिनामिना गर्ने इन्स्पेक्टर कल्पना सहित प्रेमीमाथि अख्तियारको अनुसन्धान

सशस्त्र प्रहरीको विद्यालयमा ११ करोड हिनामिना गर्ने इन्स्पेक्टर कल्पना सहित प्रेमीमाथि अख्तियारको अनुसन्धान

सशस्त्र प्रहरीको कीर्तिपुरस्थित विद्यालयमा ११ करोड भन्दा बढी रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका  सशस्त्र प्रहरीकी इन्स्पेक्टर कल्पना गुरुङ र प्रेमी टासी भन्ने लीलाबहादुर लामामाथि अख्तियार दुरुपयोग अनुसन्धान...
त्रिवि एमबिएस प्रथम सत्रको प्रश्नपत्र कसरी बाहिरियो? अहिलेसम्म केके भयो?

त्रिवि एमबिएस प्रथम सत्रको प्रश्नपत्र कसरी बाहिरियो? अहिलेसम्म केके भयो?

त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत मास्टर्स अफ बिजनेश स्टडिज (एमबिएस) प्रथम सत्रको प्रश्नपत्र परीक्षा सुरु भएको केही मिनेटमै सामाजिक सञ्जालमा बाहिरिएको घटनाले सार्वजनिक भएको छ।
काठमाडौँमा ११ हजार बढी अपराधका घटना दर्ता, सबैभन्दा बढी बैंकिङ  कसुरका

काठमाडौँमा ११ हजार बढी अपराधका घटना दर्ता, सबैभन्दा बढी बैंकिङ कसुरका

काठमाडौँ प्रहरी परिसरले शुक्रबार पत्रकार सम्मेलन गर्दै आर्थिक वर्ष २०८२/८३ मा ११ हजार ८७ वटा अपराधको मुद्दा दर्ता भएको र ८ हजार ५ सय ७११ जनालाई पक्राउ गरिएको...