नेभिगेशन
सबै कुरा

चिनी आयात गर्न ७० भन्दा धेरै फर्मको आवेदन,पहिला आवेदन दिनेले कोटा पाउने

काठमाडौँ । सरकारले चाडपर्वका लागि आयात गर्न खोजेको चिनी ल्याउन ६ दर्जन बढी कम्पनीहरूले आवेदन दिएका छन् । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले साउन २३ गते व्यापारीबाट आवेदन माग गरेको थियो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

ठूला चाडपर्व लक्षित गर्दै १९ हजार मेट्रिक टन चिनी आयातका लागि विभागले ५ दिन भित्र आवेदन दिन गरेको सार्वजनिक सूचनामा  यतिका धेरै फर्महरूले आवेदन दिएको विभागका अनुगमन शाखा प्रमुख एवम् सूचना अधिकारी राकेश पाण्डेले जानकारी दिए ।

Ncell
Extreme Energy

‘तोकिएको समयसीमा भित्र ७० भन्दा धेरै फर्मले चिनी आयात गर्न अनुमति माग गरेका छन्,’ निर्देशक पाण्डेले भने, ‘विभागले तोकिएको मापदण्डअनुसार चिनीको कोटा निर्धारण प्रक्रिया सुरु गर्छ । ’

उनकाअनुसार विभागले यस अघि गरेको सार्वजनिक सूचना अनुसार पहिला आवेदन गर्ने फर्मलाई पहिले कोटा दिनेगरी तयारी गरिरहेको छ । 

‘सबै कागजात प्रक्रिया पुरा गरेर आवेदन दिएका फर्मलाई चिनी आयातको कोटा वितरण हुन्छ,’ निर्देशक पाण्डेले भने । विभागले न्यूनतम् २६ सय मेट्रिक टनबाट नघट्ने गरी चिनी आयातका लागि आवेदन गर्न सूचना गरेको थियो । सूचनामा पहिले आवेदन गर्नेहरू कोटा पाउनका लागि योग्य हुने उल्लेख छ । 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
एनसेल एपमा ‘शेक एन्ड विन’, मोबाइल हल्लाउँदा उपहार जित्न सकिने

एनसेल एपमा ‘शेक एन्ड विन’, मोबाइल हल्लाउँदा उपहार जित्न सकिने

बहुउपयोगी सेल्फ सर्भिस एपका रुपमा स्थापित भईसकेको एनसेल एपको प्रयोगलाई बढावा दिने र डिजिटल सेवा प्रयोगलाई प्रोत्साहन गर्ने उदेश्यले एनसेलले यो अफर संचालनमा ल्याईएको हो । यस अफरमा...
तोलामा ३ हजार १ सय रुपैयाँले घट्यो सुनको मूल्य

तोलामा ३ हजार १ सय रुपैयाँले घट्यो सुनको मूल्य

बिहीबारको तुलनामा आज सुनको मूल्य प्रतितोला रु तीन हजार १०० ले घटेको छ भने चाँदीको मूल्य प्रतितोला रु १२५ ले घटेको छ ।
सुनको मूल्य प्रतितोला २ लाख ८५ हजार २०० रुपैयाँ

सुनको मूल्य प्रतितोला २ लाख ८५ हजार २०० रुपैयाँ

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार एक तोला छापावाल सुनको मूल्य रु दुई लाख ८५ हजार २०० र त्यति नै परिमाणको चाँदीको मूल्य रु चार हजार ३२५ निर्धारण...
धितोपत्र बोर्डबाट ब्रिफिङ लिँदै अर्थ समिति

धितोपत्र बोर्डबाट ब्रिफिङ लिँदै अर्थ समिति

प्रतिनिधि सभाको अर्थ समितिले आज नेपाल धितोपत्र बोर्डबाट ब्रिफिङ लिँदैछ ।