नेभिगेशन
सबै कुरा

चिनी आयात गर्न ७० भन्दा धेरै फर्मको आवेदन,पहिला आवेदन दिनेले कोटा पाउने

काठमाडौँ । सरकारले चाडपर्वका लागि आयात गर्न खोजेको चिनी ल्याउन ६ दर्जन बढी कम्पनीहरूले आवेदन दिएका छन् । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले साउन २३ गते व्यापारीबाट आवेदन माग गरेको थियो । 

ठूला चाडपर्व लक्षित गर्दै १९ हजार मेट्रिक टन चिनी आयातका लागि विभागले ५ दिन भित्र आवेदन दिन गरेको सार्वजनिक सूचनामा  यतिका धेरै फर्महरूले आवेदन दिएको विभागका अनुगमन शाखा प्रमुख एवम् सूचना अधिकारी राकेश पाण्डेले जानकारी दिए ।

CG

‘तोकिएको समयसीमा भित्र ७० भन्दा धेरै फर्मले चिनी आयात गर्न अनुमति माग गरेका छन्,’ निर्देशक पाण्डेले भने, ‘विभागले तोकिएको मापदण्डअनुसार चिनीको कोटा निर्धारण प्रक्रिया सुरु गर्छ । ’

उनकाअनुसार विभागले यस अघि गरेको सार्वजनिक सूचना अनुसार पहिला आवेदन गर्ने फर्मलाई पहिले कोटा दिनेगरी तयारी गरिरहेको छ । 

‘सबै कागजात प्रक्रिया पुरा गरेर आवेदन दिएका फर्मलाई चिनी आयातको कोटा वितरण हुन्छ,’ निर्देशक पाण्डेले भने । विभागले न्यूनतम् २६ सय मेट्रिक टनबाट नघट्ने गरी चिनी आयातका लागि आवेदन गर्न सूचना गरेको थियो । सूचनामा पहिले आवेदन गर्नेहरू कोटा पाउनका लागि योग्य हुने उल्लेख छ । 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
घट्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य

घट्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य

निगमले पेट्रोलमा प्रतिलिटर रु. ४ ले, डिजेल/मट्टितेलमा प्रति लिटर रु. ५ ले, हवाई इन्धन आन्तरिकतर्फ प्रति लिटर रु. ६ र हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ काठमाडौंको लागि प्रति किलोलिटर अमेरिकी...
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ३७ पैसा र बिक्रीदर १४३ रुपैयाँ ९७ पैसा कायम भएको छ ।
आजको निर्धारित विदेशी मुद्राको विनिमयदर

आजको निर्धारित विदेशी मुद्राको विनिमयदर

यस्तै, युरोपियन युरो एकको खरिददर १६९ रुपैयाँ र बिक्रीदर १६९ रुपैयाँ ७० पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९३ रुपैयाँ ८८ पैसा र बिक्रीदर १९४ रुपैयाँ ६९ पैसा,...