नेभिगेशन
सबै कुरा

पार्टीलाई स्पष्टीकरण दिनुको सट्टा मुकुलले रविलाई उल्टै सोधे ३ बुँदे स्पष्टीकरण

काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्व महामन्त्री एवम् पार्टी साधारण सदस्य मुकुल ढकालले आफूलाई पार्टीले सोधेको स्पष्टीकरण दिनुको सट्टा उल्टै पार्टी सभापतिलाई स्पष्टीकरण सोधेका छन् । बुधबार पार्टीले सोधेको २४ घण्टे स्पष्टीकरणको जवाफ दिने क्रममा उनले स्पष्टीकरण भन्दा पार्टी सभापति लामिछानेमाथि प्रश्नको ओइरो खनाएका छन् । 

यसअघि आफूलाई पार्टीले गरेको कारबाहीसम्बन्धी कागजात प्रमाणहरूको प्रमाणित प्रतिलिपि उपलब्ध गराउन भन्दै पार्टीलाई पत्र लेखेपछि रवि लामिछानेले पुनः स्पष्टीकरण सोध्न लगाएको उनको आरोप छ । बुधबार आफूलाई सोधिएको स्पष्टीकरणले रवि लामिछानेले पार्टीमा विधि विधान विपरीत, थिति र हित हैकमे निरङ्कुश शासन चलाइरहेको बताउँदै उनले पार्टी सभापतिलाई नै स्पष्टीकरण सोधेका हुन् । 


यस्ता छन् मुकुल ढकालले रवि लामिछानेलाई सोधेको ३ बुँदे स्पष्टीकरण :

१. सहकारी ठगी मुद्दामा तपाईँमाथि पार्टीबाट स्वतन्त्र छानविन समिति किन गठन नहुने ? तपाईँले आजको दिनसम्म आफ्नो कुनै गल्ती छैन, आफूमाथि छानबिन वा अनुसन्धान पनि हुन नसक्ने जिकिर गर्दै समग्र पार्टी र आम नेपाली जनतालाई पटकपटक ढाँट्नु भएको छ । म स्वयंले पनि तपाईँको ढाँटलाई सत्य मानेर बसिरहेको थिए तर असार २०, २०८१ गते न्यायाधीशहरू सपना प्रधान मल्ल र शारङ्गा सुवेदीको सर्वोच्च अदालतको संयुक्त इजलासले तपाईँमाथि सहकारी ठगीसम्बन्धी छानविन हनुपर्ने फैसला गरिसकेको छ । सर्वोच्च अदालतको फैसलालाई तपाईँ मान्ने कि नमान्ने ? फैसला अनुसार पार्टीभित्र पनि अनुसन्धान गर्न दिने कि नदिने ? देशमा सुशासन ल्याउनका लागि खोलिएको पार्टीको सभापतिले आफू माथि लागेका आरोपको अनुसन्धान गर्न दिने हिम्मत राख्नुपर्छ । छानबिनका लागी तयार हुने आँट छ ? रबि लामिछाने ज्यू ?

२. तपाईँले दुई वटा पासपोर्ट प्रयोग गरेको तथ्य बाहिरिइसकेको छ । आफ्नो अपराध लुकाउन कसरी राज्यका निकायलाई प्रयोग गर्नु भयो , घाम झैँ छर्लङ्ग यो विषय निकट भविष्यमा अदालतले व्याख्या गर्ने नै छ । विद्यमान ऐन कानुन अनुसार तपाईँ मन्त्री त के सांसद बन्न पनि अयोग्य ठहर हुन सक्नु हुन्छ । तपाईँले विगतमा गरेको अपराधका लागी पार्टी बलि चढ्नु पर्ने ? आँट छ भने, आफ्ना सबै पासपोर्टका सबै पानाहरू सार्वजनिक गर्नुहोस्‌ । आँट छ ? रवि लामिछाने ज्यू ?

३. नीतिगत काम मात्र गरिन्छ भनेर गृहमन्त्री बन्नु भएको तपाईँले गृह मन्त्रालय समाल्दा सरुवा बढुवा कुन नीतिमा रहेर गर्नु भयो, जनता र पार्टीका साथीहरूलाई स्पष्ट पार्नुहोस्‌ । का.स.मु.मा अब्बल ठहरिएकालाई पछाडि पारेर सरुवा बढ्वामा जुन चलखेल गर्नु भयो, त्यो भ्रष्ट्राचारको सङ्केत होइन ? आँट छ भने मन्त्री हँदा आफूले गरेका प्रत्येक निर्णय पार्टीको जान्नेलाई छान्ने नीति अन्तर्गत थियो भनेर प्रमाणित गर्नुहोस, अमेरिकामा रहेका आफ्नै हितैषीहरूको बैँक स्टेटमेन्ट सार्वजनिक गर्नुहोस्‌ । आँट छ ? रवि लामिछाने ज्यू ?

राष्ट्रिय स्वतन्त्र पार्टीविरुद्ध लागेको भन्दै तत्कालीन समयमा महामन्त्री रहेका ढकाललाई पार्टीले केन्द्रीय सदस्य र महामन्त्रीबाट निलम्बन गरेर साधारण सदस्यमात्र रहने गरी कारबाही गरेको थियो । त्यसकै बिच ढकालले सञ्चार माध्यमदेखि सामाजिक सञ्जालमा समेत पार्टीविरुद्ध भ्रम फैलाउन खोजेको भन्दै  रास्वपाले बुधबार २४ घण्टे स्पष्टीकरण सोधेको थियो ।


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

कामपाले आफ्ना मातहतमा रहेका स्वास्थ्य प्रवर्द्धन केन्द्र, वडा कार्यालयलगायत अन्य सेवा केन्द्रहरूमा तीव्र गतिको ब्रोडब्यान्ड इन्टरनेट (फाइबर टू द होम–एफटिटिएच) जडान प्रक्रिया अघि बढाएको कामपाको प्रशासन शाखा प्रमुख...
राष्ट्रपति पौडेल स्वदेश फिर्ता

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई, नेपालका लागि कतारका राजदूत, सुरक्षा निकायका प्रमुखलगायतले स्वागत गरेका थिए ।...
सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

संयोजक ढकालका अनुसार विस्तारित बैठकको ७० प्रतिशत बढी तयारी सकिएको छ । हल व्यवस्थापन, लजिस्टिक व्यवस्थापन लगायतका कामहरू लगभग सकिएका छन् । बिहीबार बाटै प्रतिनिधिहरू चितवन आउने क्रममा...