नेभिगेशन
समाज

५ हजार ७३७ नागरिकलाई लालपुर्जा वितरण, ७ दशकदेखि आश्वासन पाउँदै आएका नागरिकलाई लालपुर्जा दिने वाचा

काठमाडौँ । सरकारले हालसम्म ५ हजार ७ सय ३७ परिवार भूमिहिन तथा स्ववासी नागरिकलाई लालपुर्जा बितरण गरेको छ । प्रधानमन्त्री बालेन शाहले फेसबुक मार्फत अहिलेसम्म सो संख्यामा लालपुर्जा वितरण भएको जानकारी दिएका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

भूमि व्यवस्था, सहकारी, सङ्‍घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारीमा मन्त्री प्रतिभा रावल छिन् । उनले भूमिहीन नागरिकलाई जग्गा उपलब्ध गराउन आफू लागिपरेको र आफूले त्यस कार्यलाई उच्च प्राथमिकतामा राखेको बताउँदै आएकी छिन् । 

Ncell
Extreme Energy

भूमि समस्या समाधानका लागि भईरहेका कार्यहरु दिनहुँजसो सार्वजनिक भइरहेका हुन्छन् । सोमबार प्रधानमन्त्री बालेन्द्र शाहले हालसम्मको प्रगति र सरकारको भावी योजनाबारे प्रस्ट्याएका छन् । 

प्रधानमन्त्री शाहले २०१५ सालको संसदीय निर्वाचनमा तत्कालीन सबैभन्दा ठूलो राजनीतिक दल नेपाली कांग्रेसले आफ्नो घोषणापत्रमै भूमिहीन किसानलाई प्रथमिकता दिने गरी बाँड्ने भनी गरेको वाचाको स्मरण गरेका छन् । साथै त्यसपछि विभिन्न कालखण्डमा व्यवस्था परिवर्तन भएपनि अहिलेसम्म सुकुम्बासीको समस्या प्रमुख राष्ट्रिय मुद्दाका रूपमा रहेको उल्लेख गरे । 

‘दशकौँदेखि यही समस्या समाधान गर्छौँ भनेर नागरिकसँग मत मागियो। जग्गा पाइन्छ, लालपुर्जा पाइन्छ, भूमिको समस्या अन्त्य हुन्छ भनेर आश्वासन दिइयो। तर आयोग बने, समिति बने, कार्यविधि बने, अध्ययन भए, निर्णय भए र फेरि ती निर्णयहरू रोकिए। संरचना फेरिए, सरकार फेरिए, तर भूमिहीनको अवस्था उस्तै रह्यो।’ प्रधानमन्त्री बालेनले लेखेका छन् । 

त्यस्तै उनले भूमि समस्या समाधानका नाममा २०७७ देखि गत वर्षसम्म सम्म मात्र दुई अर्ब रुपैयाँभन्दा बढी राज्यको खर्च भएको तर अपेक्षित नतिजा नआएको उल्लेख गरेका छन् । तर अहिलेको सरकारले निर्वाचनपूर्व गरेको घोषणाअनुसार तरिका नै परिवर्तन गरेर काम सुरु गरेको बताएका छन् । राजनीतिक भागबन्डा र अनावश्यक तह थपेर होइन, विषयविज्ञता, स्थानीय तहसँगको समन्वय र स्पष्ट जिम्मेवारीका आधारमा परिणाम निकाल्ने बाटो रोजेको बताएका छन् । 

उनका अनुसार भूमि समस्या समाधान समिति गठन भएपछि अहिले देशभरका तथ्यांक एकीकृत रूपमा संकलन र प्रशोधन भइरहेका छन्। हालसम्म प्रणालीमा  कुल १३ लाख ११ हजार १९७ निवेदन प्रविष्ट भइसकेका छन्।

शाहले १,००० दिनभित्र भूमिहीन सुकुम्बासीको समस्या समाधान गर्ने वाचा गरेका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कांग्रेस केन्द्रीय समिति २९७ सदस्यीय, कुन कोटाबाट कति ?

कांग्रेस केन्द्रीय समिति २९७ सदस्यीय, कुन कोटाबाट कति ?

प्रवक्ता देवराज चालिसेका अनुसार, संशोधित विधानअनुसार केन्द्रीय कार्यसमिति २९७ सदस्यीय रहने छ । जसमा सभापति एक, वरिष्ठ उपसभापति एक तथा उपसभापति चार जना रहने छन् । उपसभापतिमा एक...
ऊर्जा मन्त्री श्रेष्ठलाई अर्थ र परराष्ट्र मन्त्रालयको कार्यभारको जिम्मेवारी

ऊर्जा मन्त्री श्रेष्ठलाई अर्थ र परराष्ट्र मन्त्रालयको कार्यभारको जिम्मेवारी

अर्थमन्त्री डा स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनाल विदेश भ्रमणमा रहेकाले उहाँहरूको अनुपस्थितिमा प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्री श्रेष्ठलाई दुवै मन्त्रालयको कार्यवाहक जिम्मेवारी तोकेका हुन् ।
एकदिवसीय मान्यता जोगाउने चुनौतीमा नेपाली क्रिकेट

एकदिवसीय मान्यता जोगाउने चुनौतीमा नेपाली क्रिकेट

आसन्न विश्वकप लिग–२ श्रृङ्खलामा नेपालले २५ र ३१ गते क्यानडा तथा असोज २७ र कात्तिक २ गते ओमान विरुद्ध खेल्ने तालिका छ ।
कांग्रेसका १५ संकल्पः अब यी काम कहिल्यै गर्दैनौं (उपसभापति शर्माको प्रतिवेदनसहित)

कांग्रेसका १५ संकल्पः अब यी काम कहिल्यै गर्दैनौं (उपसभापति शर्माको प्रतिवेदनसहित)

नेपाली कांग्रेसले महाधिवेशनमार्फत १५ प्रतिबद्धता सार्वजनिक गरेको छ ।

भर्खरै