नेभिगेशन
सबै कुरा

भ्रष्टाचार आराेपीलाई अख्तियारमा मुद्दा दर्ता हुनेवित्तिकै निलम्बन गर्ने नियमको विपक्षमा प्रचण्ड

काठमाडौँ । पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा दर्ता हुनेबित्तिकै निलम्बन गर्न नहुने राय दिएका छन् । राज्य व्यवस्था तथा सुशासन समितिले बिहीबार भ्रष्टाचार निवारण ऐन संशोधन विधेयकमाथिको छलफलका क्रममा उनले यस्तो बताएका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले भने, ‘आयोगले मुद्दा गर्नेवित्तिकै पदबाट निलम्बन गर्ने कुरा ठिक छ कि छैन ? अदालतले अन्तिम कसुरदार हो भन्ने फैसला नगरेसम्म त त्यो विषय टुङिगएको त हुँदैन । त्यो अवस्थामा हामीले के देख्यौँ विगतमा पनि आयोगले मुद्दा दर्ता गर्छ, पदाधिकारी निलम्बित हुन्छन् । केही महिनापछि अदालतले फैसला गर्छ, उ निर्दोष छ । त्यो बिचको क्षतिपूर्ति के भन्ने पनि एउटा पक्ष भयो । अर्को आयोगले मुद्दा दर्ता गर्यो निलम्बित भयो, अदालको फैसला बिलम्बित भयो । उ रिटायर्ड हुने परिस्थिति बन्यो । त्यसपछिको एउटा जटिल परिस्थिति हामीले समना गरेकै छौँ ।’ 

Ncell
Extreme Energy
उनले हदम्यादमा बिषयमा बिभिन्न कोणबाट कुरा आइरहेको भन्दै हदम्याद राख्ने वा नराख्ने भन्ने बिषयमा प्रयाप्त छलफल गर्दै निष्कर्षमा पुग्नुपर्ने बताए । उनले विधेयकलाई अघि बढाउदै गर्दा अख्तियारको भूमिकालाई पनि थप स्पष्ट पार्नुपर्ने आवश्यकता औल्याए । 

आयोग र कर्मचारीतन्त्रबीचको अन्तरविरोधले शासन व्यवस्थालाई नै असर पारेको अनुभव रहेको भन्दै प्रचण्डले यस बिषयमा पनि थप छलफल आवश्यक रहेको बताए । 

प्रचण्डले शासन प्रणाली र नियमक संरचनाहरुमा परिमार्जन र सुधार गर्नुपर्ने धेरै बिषयहरु रहेको उल्लेख गरे । अहिले सूचना प्रविधिमा देखिएको विकाससंगै समयानुकुल भ्रष्टाचार नियन्त्रण गर्न विधेयकलाई पूर्ण बनाउनुपर्ने समेत उनले सुझाव दिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

गत वैशाख २८ गतेदेखि आजसम्म गरी कुल १४५ दिन भए पनि संसदीय कार्य दिन ६२ कायम भएको हो । सभामुख डोलप्रसाद अर्यालले दोस्रो अधिवेशनको अन्त्यको घोषणा गर्नुपूर्व अधिवेशनमा...
रास्वपा सचेतक क्रान्तिशिखाको आग्रह– नयाँ घटना आएपछि अघिल्लो पीडा नबिर्सौं

रास्वपा सचेतक क्रान्तिशिखाको आग्रह– नयाँ घटना आएपछि अघिल्लो पीडा नबिर्सौं

रास्वपा सचेतक क्रान्तिशिखा धितालले नयाँ घटना आउना साथ पुरानो घटना र त्यसले दिएको पीडा नभुल्न सरकारलाई आग्रह गरेकी छन् ।
राष्ट्रसंघ महासभामा नेपालले के भन्यो ? परराष्ट्रमन्त्रीले संसद्लाई गराए जानकारी

राष्ट्रसंघ महासभामा नेपालले के भन्यो ? परराष्ट्रमन्त्रीले संसद्लाई गराए जानकारी

परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा नेपालको सहभागिताबारे प्रतिनिधिसभाको आजको बैठकलाई जानकारी गराएका छन् ।
सरकारले जनअपेक्षाबमोजिम काम गर्न सकेनः आङ्देम्बे

सरकारले जनअपेक्षाबमोजिम काम गर्न सकेनः आङ्देम्बे

प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङ्देम्बेले वर्तमान सरकारका छ महिना जनअपेक्षाबमोजिम उपलब्धिपूर्ण हुन नसकेको र सङ्क्रमणकालकै निरन्तरता भएको बताएका छन् ।

भर्खरै