नेभिगेशन
सबै कुरा

भ्रष्टाचार आराेपीलाई अख्तियारमा मुद्दा दर्ता हुनेवित्तिकै निलम्बन गर्ने नियमको विपक्षमा प्रचण्ड

काठमाडौँ । पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा दर्ता हुनेबित्तिकै निलम्बन गर्न नहुने राय दिएका छन् । राज्य व्यवस्था तथा सुशासन समितिले बिहीबार भ्रष्टाचार निवारण ऐन संशोधन विधेयकमाथिको छलफलका क्रममा उनले यस्तो बताएका हुन् । 

उनले भने, ‘आयोगले मुद्दा गर्नेवित्तिकै पदबाट निलम्बन गर्ने कुरा ठिक छ कि छैन ? अदालतले अन्तिम कसुरदार हो भन्ने फैसला नगरेसम्म त त्यो विषय टुङिगएको त हुँदैन । त्यो अवस्थामा हामीले के देख्यौँ विगतमा पनि आयोगले मुद्दा दर्ता गर्छ, पदाधिकारी निलम्बित हुन्छन् । केही महिनापछि अदालतले फैसला गर्छ, उ निर्दोष छ । त्यो बिचको क्षतिपूर्ति के भन्ने पनि एउटा पक्ष भयो । अर्को आयोगले मुद्दा दर्ता गर्यो निलम्बित भयो, अदालको फैसला बिलम्बित भयो । उ रिटायर्ड हुने परिस्थिति बन्यो । त्यसपछिको एउटा जटिल परिस्थिति हामीले समना गरेकै छौँ ।’ 

उनले हदम्यादमा बिषयमा बिभिन्न कोणबाट कुरा आइरहेको भन्दै हदम्याद राख्ने वा नराख्ने भन्ने बिषयमा प्रयाप्त छलफल गर्दै निष्कर्षमा पुग्नुपर्ने बताए । उनले विधेयकलाई अघि बढाउदै गर्दा अख्तियारको भूमिकालाई पनि थप स्पष्ट पार्नुपर्ने आवश्यकता औल्याए । 

आयोग र कर्मचारीतन्त्रबीचको अन्तरविरोधले शासन व्यवस्थालाई नै असर पारेको अनुभव रहेको भन्दै प्रचण्डले यस बिषयमा पनि थप छलफल आवश्यक रहेको बताए । 

प्रचण्डले शासन प्रणाली र नियमक संरचनाहरुमा परिमार्जन र सुधार गर्नुपर्ने धेरै बिषयहरु रहेको उल्लेख गरे । अहिले सूचना प्रविधिमा देखिएको विकाससंगै समयानुकुल भ्रष्टाचार नियन्त्रण गर्न विधेयकलाई पूर्ण बनाउनुपर्ने समेत उनले सुझाव दिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

कामपाले आफ्ना मातहतमा रहेका स्वास्थ्य प्रवर्द्धन केन्द्र, वडा कार्यालयलगायत अन्य सेवा केन्द्रहरूमा तीव्र गतिको ब्रोडब्यान्ड इन्टरनेट (फाइबर टू द होम–एफटिटिएच) जडान प्रक्रिया अघि बढाएको कामपाको प्रशासन शाखा प्रमुख...
राष्ट्रपति पौडेल स्वदेश फिर्ता

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई, नेपालका लागि कतारका राजदूत, सुरक्षा निकायका प्रमुखलगायतले स्वागत गरेका थिए ।...
सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

संयोजक ढकालका अनुसार विस्तारित बैठकको ७० प्रतिशत बढी तयारी सकिएको छ । हल व्यवस्थापन, लजिस्टिक व्यवस्थापन लगायतका कामहरू लगभग सकिएका छन् । बिहीबार बाटै प्रतिनिधिहरू चितवन आउने क्रममा...