नेभिगेशन
सबै कुरा

‘खाडीमा श्रम गरेर फर्किएका हामीलाई विमानस्थलमा तस्करको व्यवहार गरियो’

काठमाडौँ । साउदी अरबमा २ वर्ष काम गरेर फर्किएका सिन्धुलीका भेषकुमार गिरीले लगाएर आएको  औँठी विमानस्थल भन्सारले जफत गरेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


Ncell
Extreme Energy

६ वर्षदेखि साउदीमा रहेका गिरी २ वर्ष पछि  बुधबार बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका थिए । विमानस्थलको भन्सार आइपुग्ने बित्तिक्कै कर्मचारीले औँठी फुकाल्न भनेको र करिब ४७ हजार रुपैयाँ भन्सार तिरेर सुन लैजान भौचर दिएको उनले सिधाकुरालाई बताए ।

वैदेशिक रोजगारीबाट आउँदा पहिलो पटक आफूले यसपटक गहना लगाएर आएको भन्दै गिरीले विमानस्थल भन्सारले तस्करको व्यवहार गरेको दुखेसो गरे । विदेशमा श्रम गरेर फर्किने युवाहरुर्लाइ राज्यले दुःख दिएको उनको आरोप छ । 

‘साउदी बसेको ६ वर्ष भयो । म २ वर्षपछि नेपाल आएको हुँ । यो पहिलो पटक २५ ग्रामसम्म गहना ल्याउन पाइन्छ भन्ने भन्सारको सूचनाअनुसार मैले १९.९ ग्रामको औँठी लगाएर आएको हुँ,’ गिरी भन्छन् ‘ न म अवैध रुपमा काम गर्ने मान्छु हुँ, न त मेरो ट्राभल हिस्ट्री नै त्यस्तो छ । तर, भन्सारले मलाई तस्कारको व्यवहार गर्यो ।’


उनले घरमा परिवारले गहनाको रहर गरेकै कारण सुन किनेर ल्याएको पनि दाबी गरे । आफूले नेपाल सरकारको नियमअनुसार नै गहना ल्याएको उनको जिकिर छ । सुनको औँठी खरिद गरेको बिल र कागजात देखाउँदा समेत  आफूहरुलाई  कर्मचारीले दुःख दिएको उनी बताउँछन् । भेषकुमारसँगै आएका एउटै कम्पनीमा काम गर्ने उदयपुरका गोकुल बहादुर कार्कीले पनि १९.९ ग्रामकै भेषकुमारको जस्तै औँठी खरिद गरेरलगाएर आएका थिए । 

एकै समयमा बिदामा नेपाल आएका उनलाई समेत विमानस्थलका कर्मचारीले रोकेर चिट थमाए । यतिबेला उनी पनि घर जानुको सट्टा औँठी पाउन काठमाडौँको होटलमा बसेर विमानस्थल धाईरहेका छन् । कर्मचारीसँग विन्ति गर्दासमेत पैसा नतिरेसम्म सुन नपाउने बताएपछि आफूहरुले न्याय पाउनुपर्ने भन्दै मिडियामा आएको बताउँछन् । उनीहरुले आफूहरुलाई कानुनसम्मत व्यवहार गरिनुपर्ने बताए । 

उनीहरु आफूहरुले भन्सार कार्यालयले सार्वजनिक गरेको सूचनालाई नै आधार मानेर सुनको गहना लगाएको दुवै जनाको दाबी छ । आफूहरुले गलत प्रयोजनका गहनाको आकार मात्रै दिएर सुन नल्याएको गिरी र कार्कीको दाबी छ ।

तर, भन्सार विभागले भने रसायन प्रयोग नगरिएका बेरुवा औँठी, सिक्री र बाला ल्याउन नपाउने दाबी गर्छ । गहनाको आकार जस्तो मात्रै दिएर  त्यस्ता सुन ल्याउन कानुनले रोकेको भन्सार विभागका सूचना अधिकारी एवम् प्रवक्ता पुण्यबिक्रम खड्का बताउँछन् ।

‘पुरुषहरुले २५ ग्रामसम्मका गहना र महिलाले ५० ग्रामसम्मको गहना ल्याउँदा भन्सार लाग्दैन,’  खड्का भन्छन्, ‘तर, झिटी गुण्टाको सुविधा सम्बन्धी सूचनाले नै ल्याउन नपाइने भनेको बेरुवा औँठी, सिक्री र बाला जस्ता गहना ल्याउन पाइन्छ तर त्यसमा भन्सार लाग्छ ।’

कानुन अनुसार भन्सारमा यात्रुहरुलाई व्यवहार गरिने भन्दै उनले त्यसलाई  अन्यथा नबुझ्न पनि आग्रह गरे । अर्थ मन्त्रालयले २०८० जेठमा एक सूचना जारी गर्दै विदेशबाट आउने यात्रुहरुले सुनका गहना, मोबाइल तथा टेलिभिजन के कति मात्रा वा संख्यामा ल्याउन पाइन्छ भन्ने स्पष्ट गरेको छ । 

जसअनुसार विदेशबाट आउँदा महिलाको हकमा ५० ग्रामसम्म र पुरूषको हकमा २५ ग्रामसम्मको सुनको गहना ल्याउँदा भन्सार तिर्नु पर्दैन । तर, राजश्व तिरेर १०० ग्रामसम्म काँचो सुन ल्याउन भने पाइन्छ । जसमा ५० ग्रामसम्मका कम र ५० ग्राम देखि १०० ग्रामको हकमा थप धेरै भन्सार महशुल तोकिएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
जब विश्वकपको ट्रफी नै चोरी भयो…

जब विश्वकपको ट्रफी नै चोरी भयो…

सन् १९२१ देखि १९५४ सम्म फिफाका अध्यक्ष रहेका जुल्स रिमेटले तीन पटक प्रतियोगिता जित्ने टोलीले ट्रफी सधैँका लागि आफ्नो साथमा राख्न पाउने नियम बनाएका थिए । त्यसैले सन्...
के एमाले फुट्दैछ?

के एमाले फुट्दैछ?

सर्वश्व गुमाएर खरानी हात पारेको एमालेले ओलीका नाममा त्यही खरानी पनि गुमाउने अवस्था आउन दिने सम्भावना अब छैन भन्दा पनि हुन्छ।
कांग्रेसमा नेताहरुको एउटा तप्का ‘आउट’ भएकै हो ?

कांग्रेसमा नेताहरुको एउटा तप्का ‘आउट’ भएकै हो ?

अवस्था यस्तो आएको छ कि, दुवै पक्ष आ आफ्नै निर्णय र अडानमा अडिग रहने हो भने कांग्रेसमा नेताहरुको एउटा तप्का आगामी १५औं महाधिवेशन प्रक्रियामा सहभागी हुन पाउने छैन...