नेभिगेशन
सबै कुरा

पार्टीलाई सुदृढ र एकतावद्ध गर्दै जनतामा जाने कार्यक्रम बन्छः अध्यक्ष प्रचण्ड

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीलाई सुदृढ र एकतावद्ध गर्दै जनतामा जाने अभियानको गृहकार्य गरिएको बताएका छन् । विसं २०५१ सालमा शहीद भएका तात्कालीन एकता केन्द्रका केन्द्रीय सदस्य रामवृक्ष यादवको स्मृतिमा पार्टी मुख्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले उक्त कुरा बताएका हुन् । 

कार्यक्रममा अध्यक्ष प्रचण्डले जनयुद्धको आधार तयार पार्न मधेशमा रामवृक्ष यादवको गुणाात्मक योगदान रहेको बताए । उनले भने, ‘रामवृक्ष यादव मधेशी जनताको आन्दोलनको बीचबाट जन्मिएको एक जना लोकप्रिय नेता हुनुहुन्थ्यो। उहाँ पार्टीभित्र मात्र नभएर बाहिर पनि अति लोकप्रिय हुनुहुन्थ्यो। रामवृक्ष मृदुभाषी, बहुआयमिक प्रतिभाका धनी हुनुहुन्थ्यो। मधेशमा जनयुद्धको आधार तयार पार्न उहाँले असाध्यै महत्वपूर्ण भूमिका खेल्नुभयो ।’

Dish Home
Global Ime Bank

अध्यक्ष प्रचण्डले जनताका मुद्दाका रक्षाका निम्ति माओवादी केन्द्रले संघर्षको मोर्चालाई सुदृढ गर्नेसमेत बताए । अध्यक्ष प्रचण्डले भने, ूजनताका मुद्दा खोसिने हुन् कि भन्ने आशंका जन्मिएको छ, प्रश्नहरू जन्मिएका छन्। जनताका मुद्दा रक्षा गर्न जनतामा जानुको बिकल्प छैन। मैले सदन र सडकबाट संघर्षको बिकल्प देखेको छैन। हामीले राम्रो काम गरेका कारण विरोधीहरू आत्तिएर नयाँ गठबन्धन गरिएको छ। यो अपवित्र छ, यसको उद्देश्य गलत छ। पार्टीलाई सुदृढ गर्ने, अझ बलियो बनाउनेतिर हामी अगाडि बढेका छौँ।’

उनले थपे, ूस्थायी समिति बैठकमा खुला र गम्भीर छलफल गरिरहेका छौँ। पार्टी थप सुदृढ गर्ने प्रक्रिया अगाडि बढेको छ। केन्द्रीय समितिको बैठकबाट व्यवस्थित कार्यक्रम र कार्ययोजना बनाएर अगाडि बढ्छौँ।’

कार्यक्रममा पार्टी उपाध्यक्ष अग्निप्रसाद सापकोटा, महासचिव देवप्रसाद गुरूङ, उपमहासचिव गिरिराजमणि पोखरेल लगायतका नेताहरू थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
अफताब आलम प्रकरणः  त्यो दिन प्रत्यक्षदर्शीले के देखे ? (बयान सहित)

अफताब आलम प्रकरणः त्यो दिन प्रत्यक्षदर्शीले के देखे ? (बयान सहित)

२ तहका न्यायिक निकायबाट फरक फरक किसिमको फैसला भएको यो घटनालाई लिएर सरकार सर्वोच्च जान्छ वा जाँदैन, त्यो त हेर्न बाँकी नै छ । यदि मुद्दा सर्वोच्च गयो...
बाजुराको बाम्का बजारमा भिषण आगलागी

बाजुराको बाम्का बजारमा भिषण आगलागी

बजारमा सञ्चालित एउटा होटलमा खाना पकाउने क्रममा ग्यास सिलिण्डर पड्किएर भएको आगलागीमा १२ वटा भन्दाबढी पसल जलेर नष्ट भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक देव चौधरीले जानकारी दिए...
पौडी खेल्ने क्रममा भेरीमा बेपत्ता दुई जनाको शव फेला, एक अझै वेपत्ता

पौडी खेल्ने क्रममा भेरीमा बेपत्ता दुई जनाको शव फेला, एक अझै वेपत्ता

जाजरकोटको नलगाड नगरपालिका–८ मा भेरी नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका तीन जनामध्ये दुईको शव फेला परेको छ ।
भिजिट भिसा प्रकरणमा छानबिन समिति बने संसदको अवरोध खुल्छः प्रचण्ड

भिजिट भिसा प्रकरणमा छानबिन समिति बने संसदको अवरोध खुल्छः प्रचण्ड

शुक्रबार संसद भवन नयाँ बानेश्वमार सञ्चारकर्मीसंग कुरा गर्दै प्रचण्डले भिजिट भिसा प्रकरणको छानविन हुन जरुरी रहेको भन्दै यसमा सत्तापक्ष तयार भए संसदको अवरोध खुल्ने बताएका हुन् ।