नेभिगेशन
सबै कुरा

गोसाइँकुण्डमा पहिलो पटक पुग्यो राष्ट्रिय ग्रिडको बिजुली

काठमाडौँ । पवित्र धार्मिकस्थल रसुवाको गोसाइँकुण्डमा पहिलो पटक राष्ट्रिय प्रसारण लाइनको बिजुली पुगेको छ । यसबाट गोसाइँकुण्ड पुग्ने तीर्थयात्रीलाई सहज हुने भएको छ । ग्रामीण र दुर्गम क्षेत्रमा लगातार विद्युत् सेवा उपलब्ध गराउँदै आएको नेपाल विद्युत् प्राधिकरणले पहिलो पटक गोसाइँकुण्डमा बिजुली पुर्‍याएपछि स्थानीयका अलावा तीर्थयात्रीलाई राहत पुगेको हो ।

प्राधिकरणले समुद्र सतहबाट चार हजार तीन सय ८० मिटर उचाइमा रहेको गोसाइँकुण्डमा शुक्रबार साँझदेखि ग्रिडको विद्युत् पुर्‍याइएको जनाएको छ । बिजुली बत्ती पुगेसँगै गोसाइँकुण्ड क्षेत्र झिलिमिली भएको छ ।

Dish Home
Global Ime Bank

धार्मिक एवं पर्यटकीय गन्तव्य गोसाइँकुण्डमा जनैपूर्णिमाका दिन लाग्ने मेलाको पूर्वसन्ध्यामा राष्ट्रिय प्रसारण लाइनको विद्युत् पु¥याइएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । अहिलेसम्म गोसाइँकुण्ड क्षेत्र र त्यहाँ पुग्ने पैदल बाटोमा पर्ने केही स्थानका पर्यटन व्यवसायीले सौर्य ऊर्जाबाट विद्युत् प्रयोग गरिरहेका थिए ।

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले धार्मिक एवं पर्यटकीय क्षेत्रलाई उज्यालो बनाउने अभियानअन्तर्गत गोसाइँकुण्डमा राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुर्‍याइएको जानकारी दिए । “प्राधिकरणमा जागिर सुरु गर्नासाथ मैले प्यूठानस्थिति धार्मिक एवं पर्यटकीयस्थल स्वर्गद्वारीमा विद्युत् पु¥याएको थिएँ”, उनले भने, “अहिले देशलाई पूर्ण रुपमा उज्यालो बनाउने अभियानअन्तर्गत पूर्ण विद्युतीकरणको अन्तिम यात्रामा सुस्ता, गोसाइँकुण्ड, अन्नपूर्ण आधार शिविर, माथिल्लो मुस्ताङ, विभिन्न ठाउँमा रहेका गुम्बा, मस्जिद, मन्दिरजस्ता धार्मिक, पर्यटकीय एवं ऐतिहासिक क्षेत्रमा राष्ट्रिय ग्रिडको विद्युत् पुर्‍याइरहेका छौँ ।”

रसुवाको सदरमुकामबाट गोसाइँकुण्डतर्फ जाने बाटोमा पर्ने चन्दनबारीसम्म यसअघि नै राष्ट्रिय ग्रिड पुगेको थियो । चन्दनबारीबाट करिब आठ किलोमिटर ११ केभी लाइन लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्र हुँदै गोसाइँकुण्डमा पुर्‍याइएको छ । यसका लागि निकुञ्जसँगको समन्वयमा दुई सय खम्बा राखिएका छन् । खम्बा ट्रान्सफर्मरलगायतका उपकरण मानिस र खच्चडले ढुवानी गरिएको थियो ।

गोसाइँकुण्डमा विद्युत् आपूर्तिका लागि १५ केभिए क्षमताको वितरण ट्रान्सफर्मर जडान गरिएको छ । बर्खायाम सकिएर मौसममा सुधार आउनासाथ ५० केभिएको ट्रान्सफर्मर राखिने प्राधिकरणले जनाएको छ । बर्खाका कारण ठूलो क्षमताको ट्रान्सफर्मर ढुवानी गर्न नसकेपछि हाललाई बुद्धमन्दिर र गोसाइँकुण्डमा १५÷१५ केभीए क्षमताका ट्रान्सफर्मर राखी विद्युत् आपूर्ति दिइएको प्राधिकरण धुन्चे वितरण केन्द्र प्रमुख सञ्जिव भट्टराईले जानकारी दिए । उनले गोसाइँकुण्ड जाने बाटोमा पर्ने जोलाङपाटी, लौरीबिनायक र बुद्धमन्दिरमा ५०५० केभीएको वितरण ट्रान्सफर्मर राखिने बताए । 

जोलाङपाटी र लौरीबिनामा केही होटल सञ्चालनमा छन् । मेलाका यात्रुहरुलाई लक्षितगरी त्यस क्षेत्रमा छाप्राहरु बनाइएका छन् । गोसाइँकुण्डमा विद्युत् पुर्‍याउन गत वर्षको असोजमा ठेक्का सम्झौता भएको थियो । उक्त कार्यको अनुमानित लागत करिब रु तीन करोड रहेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
अफताब आलम प्रकरणः  त्यो दिन प्रत्यक्षदर्शीले के देखे ? (बयान सहित)

अफताब आलम प्रकरणः त्यो दिन प्रत्यक्षदर्शीले के देखे ? (बयान सहित)

२ तहका न्यायिक निकायबाट फरक फरक किसिमको फैसला भएको यो घटनालाई लिएर सरकार सर्वोच्च जान्छ वा जाँदैन, त्यो त हेर्न बाँकी नै छ । यदि मुद्दा सर्वोच्च गयो...
बाजुराको बाम्का बजारमा भिषण आगलागी

बाजुराको बाम्का बजारमा भिषण आगलागी

बजारमा सञ्चालित एउटा होटलमा खाना पकाउने क्रममा ग्यास सिलिण्डर पड्किएर भएको आगलागीमा १२ वटा भन्दाबढी पसल जलेर नष्ट भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक देव चौधरीले जानकारी दिए...
पौडी खेल्ने क्रममा भेरीमा बेपत्ता दुई जनाको शव फेला, एक अझै वेपत्ता

पौडी खेल्ने क्रममा भेरीमा बेपत्ता दुई जनाको शव फेला, एक अझै वेपत्ता

जाजरकोटको नलगाड नगरपालिका–८ मा भेरी नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका तीन जनामध्ये दुईको शव फेला परेको छ ।
भिजिट भिसा प्रकरणमा छानबिन समिति बने संसदको अवरोध खुल्छः प्रचण्ड

भिजिट भिसा प्रकरणमा छानबिन समिति बने संसदको अवरोध खुल्छः प्रचण्ड

शुक्रबार संसद भवन नयाँ बानेश्वमार सञ्चारकर्मीसंग कुरा गर्दै प्रचण्डले भिजिट भिसा प्रकरणको छानविन हुन जरुरी रहेको भन्दै यसमा सत्तापक्ष तयार भए संसदको अवरोध खुल्ने बताएका हुन् ।