नेभिगेशन
सबै कुरा

बालेन र ईःको सामाजिक सञ्जालमा जुहारी : बालेन भन्छन् वार्ता गर्न आएनन्, ईः भन्छन् नगर प्रहरीले हप्काए

८ असोज, काठमाडौं । अभियन्ता ईः ७ दिनदेखि काठमाडौं महानगरपालिका अगाडि उभिरहेका छन् । निरन्तर उभिएका कारण उनको खुट्टा सुन्निन थालेकका छन् । तर उनले उभिन छाडेका छैनन् । उनले हातमा ‘हाम्रो चिनारी–क्रुरता कि करुणा ?’ लेखेको पम्प्लेट बोकेका छन् । उनले फुटपाथ व्यवसायीलाई विकल्पविना गरेकोप्रति बिरोध गरेका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सोमबार दिउँसो उनी उभिएको स्थान राष्ट्रियसभा गृहको गेटमा हामी पुग्दा उनी हातमा पम्प्लेट बोकेर उभिररहेका थिए । उनको साथमा खासै ठूलो भिडभिड थिएन । उनले हामीसँगको कुराकानीको क्रममा काठमाडौं महानगरका प्रमुख बालेन साह र उपमेयर सुनिता डंगोलले आफ्ना बाचा बिर्सेको बताए । उनी मेयर र उपमेयरलाई आफ्नो पुरानो वाचा सम्झाउनको लागि उभिएको बताउँछन् । 

Ncell
Extreme Energy


अभियन्ता ईः का अनुसार मेयर बालेन सधैँ उक्त बाटो भएर आवतजावत गरिरहेका हुन्छन् । तर कहिल्यै यहाँ कनि बसेको सम्म सोधेका छैनन् । अहिले एक हप्तादेखि उभिएका व्यक्तिका बारेमा महानगरले वार्ता नगरेको भन्दै बालेनको आलोचना सुरु भएको छ । सोही क्रममा बालेनले वार्ताको लागि बोलाउँदा पनि नआएको भन्दै सामाजिक सञ्जालमा लेखेका छन् । बालेनले लेखेका छन्, ‘बिगत केही दिन देखि केही अभियनताहरु आन्दोलनमा हुनु हुन्थ्यो, उहाँहरुको कुरा सुन्न उहाँहरु  उभिरहेको ठाउँमा म आफै गएर बार्ता गरौं यहाहरुको कुरा र  समस्या सुनौं  भन्दा अभियनताहरु संवादमा बोलाउदा आउन खोज्नु भएन । लोकतान्त्रिक  अभ्यासमा सबै कुरा समाधान संवादबाट नै हुनुपर्छ भन्ने कुरा हामीले बुझेको छौ, सायद कुनै राजनितिक स्वार्थ जोडिएर आउन नखोज्नु भएको होला भन्ने हामीले बुझेको छौ  । के बार्ता हामीले उहाँहरुको नेता सङ गर्न पर्ने ?’


मेयरको फेसबुक स्टाटसपछि ईःले पनि त्यसप्रति प्रक्रिया जनाएका छन् । उनले लेखेका छन्, ‘मेयर यहाँ आउनुभएको होइन। सँगै जवाफदेहिता माग गरिरहेका अन्य साथीहरू साक्षी छन्। करीब २० मिनेट अगाडि अकस्मात एक नगर प्रहरीले हामीलाई हप्काउँदै राष्ट्रिय सभागृहको पार्किङ लटमा बोलाए। हामीले कानून विज्ञ, शहरी व्यवस्थापन विशेषज्ञ, र सडक व्यवसाय प्रतिनिधि साथीहरूलाई बोलाउन ३० मिनेट समय माग्यौं। नगर प्रहरीले रिसाएर जवाफ दिए ‘त्यसोभए मेयरले भेट्दैन !’


मेयर बालेनले वार्ताका लागि बोलाएको ईः ले पनि स्वीकार गरेका छन् । तर बोलाउने क्रममा पनि महानगरले धम्कीको शैली प्रयोग गरेको आरोप लगाएका छन् । ईः लाई मेयर बालेनले भेट्न खोजेको भन्दै नगर प्रहरी पुगेका थिए । ईः ले वार्ताको लागि आफ्नो तर्फका विषयविज्ञहरु चाहिने भएकाले भन्नेवित्तिकै वार्तामा बस्न नसक्ने बताएका छन् । वार्ताको लागि तयार हुन आफूलाई केही समयम लाग्ने उनको भनाई छ । तर उनलाई बोलाउन गएका नगर प्रहरीले पछि भेट्न मिल्दैन भन्दै रवाफ देखाएको ईःले प्रतिक्रिया दिएका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सरकारले जलस्रोतसम्बन्धी नयाँ छाता कानुन ल्याउने

सरकारले जलस्रोतसम्बन्धी नयाँ छाता कानुन ल्याउने

विधेयकमार्फत जल तथा ऊर्जा आयोगको सचिवालयलाई थप अधिकार सम्पन्न बनाउने प्रस्ताव गरिएको छ । सचिवालयलाई जलस्रोतको नियमन, नीति समन्वय र दीर्घकालीन योजना निर्माण गर्ने प्रमुख निकायका रूपमा विकास...
नेपाल-भारत पारस्परिक सहायता सम्झौता संसद्‌मा पेस, विदेशमा लुकाएको सम्पत्ति फिर्ता ल्याउन सहज हुने

नेपाल-भारत पारस्परिक सहायता सम्झौता संसद्‌मा पेस, विदेशमा लुकाएको सम्पत्ति फिर्ता ल्याउन सहज हुने

बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले पेस गरेकी हुन् । सम्झौता संसद्‌मा पेस गर्दै मन्त्री गौतमले यो सम्झौतापछि भ्रष्टाचार गरी अर्को मुलुकमा लुकाएको...
अरुलाई भन्दा धेरै जनताको समर्थन मलाई  छः  महावीर पुन

अरुलाई भन्दा धेरै जनताको समर्थन मलाई छः महावीर पुन

प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसद पुनले अरु पार्टीका सांसदलाई भन्दा आफूलाई कम समय दिइएकोप्रति आपत्ति जनाए । ‘अरुलाई भन्दा मलाई समर्थन बढी छ, त्यसैले मलाई कम समय दिइएको...
ज्ञानेन्द्र शाहीले भने– अहिलेको नीति कार्यक्रम २०८१ को नीति कार्यक्रमसँग हुबहु

ज्ञानेन्द्र शाहीले भने– अहिलेको नीति कार्यक्रम २०८१ को नीति कार्यक्रमसँग हुबहु

प्रतिनिधिसभाको आजको बैठकमा शाहीले भने– ‘२०८३ सालको नीति तथा कार्यक्रम र २०८१ सालको नीति तथा कार्यक्रम हुबहु छ । २०८१ सालको २१७ बुँदाको छ, यो १०० बुँदाको छ,...

भर्खरै