नेभिगेशन
सबै कुरा

बालेन र ईःको सामाजिक सञ्जालमा जुहारी : बालेन भन्छन् वार्ता गर्न आएनन्, ईः भन्छन् नगर प्रहरीले हप्काए

८ असोज, काठमाडौं । अभियन्ता ईः ७ दिनदेखि काठमाडौं महानगरपालिका अगाडि उभिरहेका छन् । निरन्तर उभिएका कारण उनको खुट्टा सुन्निन थालेकका छन् । तर उनले उभिन छाडेका छैनन् । उनले हातमा ‘हाम्रो चिनारी–क्रुरता कि करुणा ?’ लेखेको पम्प्लेट बोकेका छन् । उनले फुटपाथ व्यवसायीलाई विकल्पविना गरेकोप्रति बिरोध गरेका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सोमबार दिउँसो उनी उभिएको स्थान राष्ट्रियसभा गृहको गेटमा हामी पुग्दा उनी हातमा पम्प्लेट बोकेर उभिररहेका थिए । उनको साथमा खासै ठूलो भिडभिड थिएन । उनले हामीसँगको कुराकानीको क्रममा काठमाडौं महानगरका प्रमुख बालेन साह र उपमेयर सुनिता डंगोलले आफ्ना बाचा बिर्सेको बताए । उनी मेयर र उपमेयरलाई आफ्नो पुरानो वाचा सम्झाउनको लागि उभिएको बताउँछन् । 

Extreme Energy


अभियन्ता ईः का अनुसार मेयर बालेन सधैँ उक्त बाटो भएर आवतजावत गरिरहेका हुन्छन् । तर कहिल्यै यहाँ कनि बसेको सम्म सोधेका छैनन् । अहिले एक हप्तादेखि उभिएका व्यक्तिका बारेमा महानगरले वार्ता नगरेको भन्दै बालेनको आलोचना सुरु भएको छ । सोही क्रममा बालेनले वार्ताको लागि बोलाउँदा पनि नआएको भन्दै सामाजिक सञ्जालमा लेखेका छन् । बालेनले लेखेका छन्, ‘बिगत केही दिन देखि केही अभियनताहरु आन्दोलनमा हुनु हुन्थ्यो, उहाँहरुको कुरा सुन्न उहाँहरु  उभिरहेको ठाउँमा म आफै गएर बार्ता गरौं यहाहरुको कुरा र  समस्या सुनौं  भन्दा अभियनताहरु संवादमा बोलाउदा आउन खोज्नु भएन । लोकतान्त्रिक  अभ्यासमा सबै कुरा समाधान संवादबाट नै हुनुपर्छ भन्ने कुरा हामीले बुझेको छौ, सायद कुनै राजनितिक स्वार्थ जोडिएर आउन नखोज्नु भएको होला भन्ने हामीले बुझेको छौ  । के बार्ता हामीले उहाँहरुको नेता सङ गर्न पर्ने ?’


मेयरको फेसबुक स्टाटसपछि ईःले पनि त्यसप्रति प्रक्रिया जनाएका छन् । उनले लेखेका छन्, ‘मेयर यहाँ आउनुभएको होइन। सँगै जवाफदेहिता माग गरिरहेका अन्य साथीहरू साक्षी छन्। करीब २० मिनेट अगाडि अकस्मात एक नगर प्रहरीले हामीलाई हप्काउँदै राष्ट्रिय सभागृहको पार्किङ लटमा बोलाए। हामीले कानून विज्ञ, शहरी व्यवस्थापन विशेषज्ञ, र सडक व्यवसाय प्रतिनिधि साथीहरूलाई बोलाउन ३० मिनेट समय माग्यौं। नगर प्रहरीले रिसाएर जवाफ दिए ‘त्यसोभए मेयरले भेट्दैन !’


मेयर बालेनले वार्ताका लागि बोलाएको ईः ले पनि स्वीकार गरेका छन् । तर बोलाउने क्रममा पनि महानगरले धम्कीको शैली प्रयोग गरेको आरोप लगाएका छन् । ईः लाई मेयर बालेनले भेट्न खोजेको भन्दै नगर प्रहरी पुगेका थिए । ईः ले वार्ताको लागि आफ्नो तर्फका विषयविज्ञहरु चाहिने भएकाले भन्नेवित्तिकै वार्तामा बस्न नसक्ने बताएका छन् । वार्ताको लागि तयार हुन आफूलाई केही समयम लाग्ने उनको भनाई छ । तर उनलाई बोलाउन गएका नगर प्रहरीले पछि भेट्न मिल्दैन भन्दै रवाफ देखाएको ईःले प्रतिक्रिया दिएका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
राष्ट्रपतिले गुरु पुरोहितबाट लगाए दसैंको टीका र जमरा

राष्ट्रपतिले गुरु पुरोहितबाट लगाए दसैंको टीका र जमरा

राष्ट्रपति रामचन्द्र पौडेलले शुभसाइतमा यस वर्षको दसैंको टीका, प्रसाद र जमरा ग्रहण गरेका छन् ।
प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

७१औं प्रहरी दिवसका अवसरमा शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री बालेनले प्रहरीलाई अझ सक्षम बनाउन नीतिगत मार्गदर्शन, कानुनी सहजता, आधुनिक तालिम र पूर्वाधार विकासलाई प्राथमिकता दिइएको बताएका छन्।