नेभिगेशन
सबै कुरा

प्रधानमन्त्री ओलीसँग भेट्न समय नपाएको बामदेव गौतमको गुनासो

काठमाडौँ । राष्ट्रियसभा सदस्य बामदेव गौतमले आफुले प्रधानमन्त्रीसँग भेट्न समय नपाएको गुनासो गरेका छन् । 

आइतबार राष्ट्रियसभाको विशेष समयमा बोल्दै गौतमले देश र जनताका बिषयमा कुरा गर्न आफूले प्रधानमन्त्रीसँग भेट गर्न खोजेपनि समय नपाएको गुनासो गरेका हुन् । सरकारका प्रमुखसँग कुरा गर्दा हुुने विषयमा प्रधानमन्त्रीसँग भेट गर्न समय नपाएकाले राष्ट्रियसभालाई गुहारेर धारणा राखेको उनले बताए । 

Dish Home
Global Ime Bank

गौतमले नेपालको भौगोलिक बनावटका कारण प्राकृतिक प्रकोपका घटनाहरु धेरै हुने गरेको उल्लेख गरे । प्राकृतिक प्रकोपका घटना घट्नुभन्दा पहिले नै गर्नुपर्ने काममा विषयमा नेपालका राजनीतिक दलका नेताहरुको ध्यान जान नसकेको उनले बताए । 

उनले स्थायी रुपमा पहिरोबाट हुने क्षति रोक्न जोखिमयुक्त भौगोलिक बनावटलाई बलियो बनाउनका लागि इजरायलको प्रविधि भित्राउनुपर्नेमा जोड दिए । गौतमले यसका लागि तत्कालै परराष्ट्रमन्त्री वा प्रधानमन्त्रीले इजरायलका राजदूतसँग छलफल सुरु गर्नुपर्ने सुझाव दिए । 

उनले नेपाली जनताको सुरक्षाका साथै बिकास र समृद्धिका लागि पनि उक्त प्रविधि आवश्यक रहेको उल्लेख गरे । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
अफताब आलम प्रकरणः  त्यो दिन प्रत्यक्षदर्शीले के देखे ? (बयान सहित)

अफताब आलम प्रकरणः त्यो दिन प्रत्यक्षदर्शीले के देखे ? (बयान सहित)

२ तहका न्यायिक निकायबाट फरक फरक किसिमको फैसला भएको यो घटनालाई लिएर सरकार सर्वोच्च जान्छ वा जाँदैन, त्यो त हेर्न बाँकी नै छ । यदि मुद्दा सर्वोच्च गयो...
बाजुराको बाम्का बजारमा भिषण आगलागी

बाजुराको बाम्का बजारमा भिषण आगलागी

बजारमा सञ्चालित एउटा होटलमा खाना पकाउने क्रममा ग्यास सिलिण्डर पड्किएर भएको आगलागीमा १२ वटा भन्दाबढी पसल जलेर नष्ट भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक देव चौधरीले जानकारी दिए...
पौडी खेल्ने क्रममा भेरीमा बेपत्ता दुई जनाको शव फेला, एक अझै वेपत्ता

पौडी खेल्ने क्रममा भेरीमा बेपत्ता दुई जनाको शव फेला, एक अझै वेपत्ता

जाजरकोटको नलगाड नगरपालिका–८ मा भेरी नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका तीन जनामध्ये दुईको शव फेला परेको छ ।
भिजिट भिसा प्रकरणमा छानबिन समिति बने संसदको अवरोध खुल्छः प्रचण्ड

भिजिट भिसा प्रकरणमा छानबिन समिति बने संसदको अवरोध खुल्छः प्रचण्ड

शुक्रबार संसद भवन नयाँ बानेश्वमार सञ्चारकर्मीसंग कुरा गर्दै प्रचण्डले भिजिट भिसा प्रकरणको छानविन हुन जरुरी रहेको भन्दै यसमा सत्तापक्ष तयार भए संसदको अवरोध खुल्ने बताएका हुन् ।