नेभिगेशन
सबै कुरा

व्यासका आठ सय ९१ लाई अपाङ्गता परिचयपत्र वितरण

तनहुँ । तनहुँको व्यास नगरपालिकाले हालसम्म आठ सय ९१ जनालाई अपाङ्गता परिचयपत्र वितरण गरेको छ । आर्थिक वर्ष २०७९/८० मा आठ सय २१ र गत आर्थिक वर्षमा ७० जनालाई परिचयपत्र वितरण गरेको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

निवेदकले कार्यालयमा निवेदन दिएपछि अपाङ्गता समन्वय समितिको  बैठकले व्यक्तिको शारीरिक अवस्था हेरी परिचयपत्र दिने गरिएको नगरपालिकाको महिला बालबालिका, अपाङ्गता तथा ज्येष्ठ नागरिक उपशाखाले जनाएको  छ ।

Ncell
Extreme Energy

आव २०७९/८० मा आठ सय २१ जनाले अपाङ्गता परिचयपत्र लिएका उपशाखाकी सहायक महिला विकास निरीक्षक शर्मिला जम्मरकट्टेलले जानकारी दिइन् । उनका अनुसार ‘क’ वर्गका एक सय ३६, ‘ख’ वर्गका तीन सय ५१, ‘ग’ वर्गका दुई सय २० र ‘घ’ वर्गका एक सय १४ जना छन् । गत आवमा ‘क’ वर्गका ११, ‘ख’ वर्गका २७, ‘ग’ वर्गका २४ र ‘घ’ वर्गका आठ जनाले परचयपत्र लिएको उनले बताइन् । 

सङ्घीय सरकारबाट ‘क’ वर्गका अपाङ्गता भएकलाई मासिक रु तीन हजार नौ सय ९०, ‘ख’ वर्गलाई रु दुई हजार एक सय २८ र ‘ग’ वर्गकालाई व्यास नगरपालिकाले वार्षिक रु चार हजार सामाजिक सुरक्षाभत्ता प्रदान गर्दै आएको छ । 

‘घ’वर्गका अपाङ्गता भएका व्यक्तिलाई भत्ताको सुविधा नभएपनि स्वास्थ्य, यातायातलगायत सेवासुविधा पाउन सहज हुने सहायक महिला विकास निरीक्षक जम्मरकट्टेलले बताए। चिकित्सक, नेपाल प्रहरी, अपाङ्गता क्षेत्रबाट तीन र बहिरा संस्थाबाट एक जनाको सहभागितामा समितिको बैठकमा बसेर परिचयपत्र वितरण गरिएको उनले जानकारी दिए ।

नगरभित्रका अपाङ्गता भएका व्यक्तिमध्येबाट समन्वय समितिले मनोनयन गरेका एक महिला सदस्यसहित तीनजनाको सहभागी हुने प्रावधान रहेको सो शाखाले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
रसुवा बाढी : सेनाको हेलिकप्टरमार्फत १२३ जनाको उद्धार

रसुवा बाढी : सेनाको हेलिकप्टरमार्फत १२३ जनाको उद्धार

भोटेकोशी नदी रसुवामा आएको बाढीका कारण बेपत्तामध्ये आज बिहान मात्रै नेपाली सेनाले हेलिकप्टरमार्फत १२३ जनाको उद्धार गरेको छ ।
बाढी प्रभावित क्षेत्रमा वत्तीको जोहो गर्दै ऊर्जा मन्त्रालय, पाँच सयवटा सोलार पावर बैंक पठाउँदै

बाढी प्रभावित क्षेत्रमा वत्तीको जोहो गर्दै ऊर्जा मन्त्रालय, पाँच सयवटा सोलार पावर बैंक पठाउँदै

विद्युत पूर्वाधार संरचनामा भएको क्षतिले विद्युत् अवरुद्ध भएको रसुवा बाढी प्रभावित क्षेत्रमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले वैकल्पिक ऊर्जाको व्यवस्था गरेको छ ।
नागढुंगा-मुग्लिन सडक पूर्णरुपमा बन्द, रसुवा र नुवाकोटका सडक पनि अवरुद्ध (सूचीसहित)

नागढुंगा-मुग्लिन सडक पूर्णरुपमा बन्द, रसुवा र नुवाकोटका सडक पनि अवरुद्ध (सूचीसहित)

रसुवासहित ६ जिल्लाका सडक अवरुद्ध छन् ।
रसुवा बाढीमा मृतकको सङ्ख्या १६२ पुग्यो

रसुवा बाढीमा मृतकको सङ्ख्या १६२ पुग्यो

रसुवा जिल्लामा आएको भीषण बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १६२ पुगेको छ । प्रहरी प्रधान कार्यालयकाअनुसार बिहीबार विहान ५ बजेसम्मको तथ्यांकअनुसार बाढी र पहिरोमा परी विभिन्न जिल्लामा हालसम्म...

भर्खरै