नेभिगेशन
सबै कुरा

बढ्यो विप्रेषण आप्रवाह, शोधनान्तर स्थिति पाँच खर्ब बचतमा

काठमाडौँ । मुलुकको अर्थतन्त्रका बाह्य सूचकहरु बलियो देखिएका छन् । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८०/८१ को वार्षिक तथ्याङ्कमा आधारित देशको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार विप्रेषण आप्रवाह अघिल्लो आवको भन्दा बढेको छ । विदेशी मुद्रा सञ्चिति सन्तोषजनक अवस्थामा छभने शोधनान्तर स्थिति रु पाँच खर्बभन्दा बढीले बचतमा छ । आयात र निर्यात दुवै घट्दा वैदेशिक व्यापार घाटा अघिल्लो आवको तुलनामा घटेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्ष २०८०/८१ मा विप्रेषण आप्रवाह १६ दशमलव पाँच प्रतिशतले वृद्धि भई रु १४ खर्ब ४५ अर्ब ३२ करोड पुगेको छ । अघिल्लो आर्थिक वर्ष विप्रेषण आप्रवाह २३ दशमलव दुई प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १४ दशमलव पाँच प्रतिशतले वृद्धि भई रु १० अर्ब ८६ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १३ दशमलव नौ प्रतिशतले बढेकोे थियो ।

CG

गत आवमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत) लिने नेपालीको सङ्ख्या चार लाख ६० हजार एक सय तीन र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या दुई लाख ८१ हजार एक सय ९९ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः चार लाख ९७ हजार सात सय चार र दुई लाख ७७ हजार दुई सय ७२ रहेको थियो ।

राष्ट्र बैङ्कका अनुसार गत आवमा खुद ट्रान्सफर १४ दशमलव सात प्रतिशतले वृद्धि भई रु १५ खर्ब ७१ अर्ब २४ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो ट्रान्सफर २२ दशमलव पाँच प्रतिशतले बढेको थियो । गत आर्थिक वर्ष २०८०/८१ मा चालु खाता रु दुई खर्ब २१ अर्ब ३४ करोडले बचतमा रहेको छ । अघिल्लो वर्ष चालु खाता रु ४६ अर्ब ५७ करोडले घाटामा रहेको थियो । गत आवमा पुँजीगत ट्रान्सफर २२ दशमलव नौ प्रतिशतले कमी आई रु पाँच अर्ब ८१ करोड पुगेको छभने खुद प्रत्यक्ष वैदेशिक लगानी रु आठ अर्ब ४० करोड कायम भएको छ । अघिल्लो वर्ष पुँजीगत ट्रान्सफर रु सात अर्ब ५४ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी रु छ अर्ब १७ करोड रहेको थियो ।

गत आर्थिक वर्षमा शोधनान्तर स्थिति रु पाँच खर्ब दुई अर्ब ४९ करोडले बचतमा रहेको छ । अघिल्लो वर्ष शोधनान्तर स्थिति रु दुई खर्ब ८५ अर्ब ८२ करोडले बचतमा रहेको थियो । विसं २०८० असार मसान्तमा रु १५ खर्ब ३९ अर्ब ३६ करोड बराबर रहेको कूल विदेशी विनिमय सञ्चिति ३२ दशमलव छ प्रतिशतले वृद्घि भई २०८१ असार मसान्तमा रु २० खर्ब ४१ अर्ब १० करोड कायम भएको छ ।

कूल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैङ्कमा रहेको सञ्चिति २०८० असार मसान्तमा रु १३ खर्ब ४५ अर्ब ७८ करोड रहेकामा २०८१ असार मसान्तमा ३७ दशमलव चार प्रतिशतले वृद्घि भई रु १८ खर्ब ४८ अर्ब ५५ करोड कायम भएको छ । बैङ्क तथा वित्तीय संस्था ९नेपाल राष्ट्र बैङ्कबाहेक० सँग रहेको विदेशी विनिमय सञ्चिति २०८० असार मसान्तमा रु एक खर्ब ९३ अर्ब ५९ करोड रहेकोमा २०८१ असार मसान्तमा शून्य दशमलव पाँच प्रतिशतले कमी आई रु एक खर्ब ९२ अर्ब ५५ करोड पुगेको छ । गत असार मसान्तको कूल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२ दशमलव पाँच प्रतिशत रहेको छ ।

गत आर्थिक वर्ष २०८०र८१ को आयातलाई आधार मान्दा बैङ्किङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १५ दशमलव छ महिनाको वस्तु आयात र १३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैङ्कले जनाएको छ । गत असार मसान्तमा विदेशी विनिमय सञ्चितिको कूल गार्हस्थ उत्पादन, कूल आयात र विस्तृत मुद्रा प्रदायकसँगका अनुपातहरु क्रमशः ३५ दशमलव आठ प्रतिशत, एक सय आठ दशमलव छ प्रतिशत र २९ दशमलव तीन प्रतिशत रहेका छन् । विसं २०८० असार मसान्तमा यी अनुपातहरु क्रमशः २८ दशमलव आठ प्रतिशत, ८३ प्रतिशत र २५ प्रतिशत रहेका थिए । गत असार मसान्तमा मुलुकको वैदेशिक सम्पत्ति रु २१ खर्ब ७६ अर्ब ९८ करोड तथा दायित्व रु १८ खर्ब ९० अर्ब ६० करोड रहेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बुधबारका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

बुधबारका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

यस्तै, युरोपियन युरो एकको खरिददर १६८ रुपैयाँ ९० पैसा र बिक्रीदर १६९ रुपैयाँ ६१ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९३ रुपैयाँ ३७ पैसा र बिक्रीदर १९४ रुपैयाँ...
आजको निर्धारित विदेशी मुद्राको विनिमयदर

आजको निर्धारित विदेशी मुद्राको विनिमयदर

यस्तै, युरोपियन युरो एकको खरिददर १६७ रुपैयाँ ९८ पैसा र बिक्रीदर १६८ रुपैयाँ ६८ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९२ रुपैयाँ ३१ पैसा र बिक्रीदर १९३ रुपैयाँ...
आजको विदेशी मुद्राको विनिमयदर

आजको विदेशी मुद्राको विनिमयदर

युरोपियन युरो एकको खरिददर १६६ रुपैयाँ ९१ पैसा र बिक्रीदर १६७ रुपैयाँ ६१ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १९० रुपैयाँ ७० पैसा र बिक्रीदर १९१ रुपैयाँ ५१...
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

जापानी येन १० को खरिददर नौ रुपैयाँ ०६ पैसा र बिक्रीदर नौ रुपैयाँ १० पैसा, चिनियाँ युआन एकको खरिददर २० रुपैयाँ २४ पैसा र बिक्रीदर २० रुपैयाँ ३३...