नेभिगेशन
सबै कुरा

सोलुको थामेमा विद्युत् सेवा सञ्चालनमा ल्याउन ऊर्जामन्त्रीको निर्देशन

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सोलुखुम्बु जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामेमा तत्काल विद्युतको व्यवस्था गर्न निर्देशन दिएका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

ऊर्जामन्त्री खड्काले आइतबार नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई टेलिफोन सम्पर्क गरी हिमताल फुटेर थामे खोलामा आएको बाढीको कारण पर्यटकीय गाउँ थामेमा विद्युत् अवरुद्ध भएको भन्दै तत्काल विद्युतको व्यवस्था मिलाउन निर्देशन दिएका हुन् ।

Marvel
Extreme Energy

गत साउन ३१ गते दिउँसो आएको बाढीले थामेमा व्यक्तिगत तथा सार्वजनिक संरचनामा क्षति पुर्याएको छ । बाढीले विद्युत् गृहमा क्षति पु¥याएपछि विद्युत् सेवा अवरुद्ध बनेको छ । बाढीको कारण खुम्बु बिजुली कम्पनीको हेडवर्कसमा क्षति पुग्न गई विद्युत् सेवा अवरुद्ध हुँदा सो गाउँपालिका–३, ४ र ५ मा विद्युत् तथा सञ्चार सेवा अवरुद्ध भएको छ ।

यसैबीच ऊर्जामन्त्री खड्काले ताप्लेजुङको पाथीभरा क्षेत्र आसपासमा भएको विद्युत् अवरोधसमेत चाँडो सञ्चालन गर्न प्राधिकरणलाई निर्देशन दिएका छन् । साथै ताप्लेजुङ र झापाका विभिन्न स्थानमा विद्युत् अवरुद्ध भएपछि मन्त्री खड्काले चासो राखेका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
ऋण असुलीबाट सात सहकारीका १२२ बचतकर्ताले पाए रकम फिर्ता

ऋण असुलीबाट सात सहकारीका १२२ बचतकर्ताले पाए रकम फिर्ता

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले सात समस्याग्रस्त सहकारीका १२२ बचतकर्ताको रकम फिर्ता गरेको छ। समितिका अनुसार २३ जनाले पूर्ण र ९९ जनाले आंशिक बचत रकम फिर्ता पाएका छन्।
परराष्ट्रमन्त्री खनाल र भारतीय विदेश सचिव विक्रम मिस्रीबीच के भयो कुराकानी ?

परराष्ट्रमन्त्री खनाल र भारतीय विदेश सचिव विक्रम मिस्रीबीच के भयो कुराकानी ?

परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल–भारतबीचको घनिष्ठ सम्बन्धले थप उचाइ लिने विश्वास व्यक्त गरेका छन्।