नेभिगेशन
सबै कुरा

नगरकोट जङ्गलमा हराएका पर्यटकको १२ घण्टापछि उद्धार

भक्तपुर । भक्तपुरको नगरकोटस्थित मुहानपोखरी रानीझुला क्षेत्रमा घुम्ने क्रममा जङ्गलमा हराएका तीन भारतीय पर्यटक र एक नेपाली गाइडको १२ घण्टापछि सकुशल उद्धार गरिएको छ । 

पर्यटकीयस्थल रानीझुला क्षेत्र घुम्न गएकामा बाटो भुलेर जङ्गलतर्फ लागेपछि हराएका भारतीय पर्यटक नीतिन तिवारी, रश्मी तिवारी, तनिस तिवारी र नेपाली गाइड हरिप्रसाद खरेलको १२ घण्टापछि सकुशल उद्धार गरिएको चाँगुनारायण नगरपालिका प्रमुख जीवन खत्रीले जानकारी दिए । 

Dish Home
Global Ime Bank

पर्यटक जङ्गलमा हराएको जानकारी पाएलगत्तै नगरप्रमुख खत्रीले सामाजिक सञ्जालमार्फत खोजीका लागि सबैमा आह्वान गरेका थिए । लगत्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी, नगर प्रहरी, स्थानीय जनप्रतिनिधि र स्थानीयवासीसहितको टोलीले जङ्गलमा खोजी गर्ने क्रममा आज हलहले खोप (खोल्ची) क्षेत्रमा उनीहरू  फेला परेका थिए ।

हराएकाहरूलाई सकुशल उद्धार गरी प्रहरी विभाग खरिपाटीमा बुझाइएको नगर प्रमुखका स्वकीय सचिव गोकर्ण पुरीले जानकारी दिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सगरमाथा संवादः उद्घाटन र खुला सत्र भव्य रूपमा सम्पन्न

सगरमाथा संवादः उद्घाटन र खुला सत्र भव्य रूपमा सम्पन्न

प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथा संवाद ब्यानरको अनावरण गरी संवादको औपचारिक उद्घाटन गरेका थिए । प्रधानमन्त्री ओलीले संवाद सत्रमा संवादको दृष्टिकोण र विश्वले जलवायु परिवर्तनसहित धेरै दबाबपूर्ण चुनौतीहरूको...
भोजपुरमा पाँच सय हेक्टरमा अकबरे खुर्सानीखेती, ३० देखि ३५ करोड भित्र्याउने लक्ष्य

भोजपुरमा पाँच सय हेक्टरमा अकबरे खुर्सानीखेती, ३० देखि ३५ करोड भित्र्याउने लक्ष्य

व्यावसायिक अकबरे (डल्ले) खुर्सानीखेती पौवादुङमाका किसान आकर्षित भएका छन् । अन्य बालीको तुलनामा खुर्सानीखेतीबाट राम्रो आम्दानी हुने भएपछि यहाँका अधिकांश किसान व्यावसायिक खेतीमा जुटेका हुन् ।
आँखा उपचार नपुगेका ठाउमा उपचार सेवा विस्तार गर्न स्वास्थ्य मन्त्रालय र नेत्रज्योती सँगबीच सम्झौता

आँखा उपचार नपुगेका ठाउमा उपचार सेवा विस्तार गर्न स्वास्थ्य मन्त्रालय र नेत्रज्योती सँगबीच सम्झौता

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र नेपाल नेत्रज्योति संघबीच उपचार सेवा नपुगेका ठाउँमा आँखा उपचार सेवा विस्तार गर्न सम्झौता भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको उपस्थितीमा...
हिमाल जोगाउनु भनेको पृथ्वी, महासागर र मानवता जोगाउनु होः प्रधानमन्त्री ओली

हिमाल जोगाउनु भनेको पृथ्वी, महासागर र मानवता जोगाउनु होः प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले जलवायु परिवर्तनमा भूमिका नभएका संवेदनशील राष्ट्रलाई सहयोग गर्नुपर्नेमा जोड दिएका छन् । आजदेखि काठमाडौँमा सुरु सगरमाथा संवादको उद्घाटन सत्रमा सम्बोधन गर्दै उनले वातावरण संरक्षणमा...

भर्खरै