नेभिगेशन
सबै कुरा

विश्व फोटोग्राफी दिवस : स्वयम्भु परिसरमा फोटो खिचेर मनग्य आम्दानी गर्ने युवाहरु (तस्विर)

काठमाडाैँ । फोटोग्राफी विज्ञान र कलाको संयुक्त स्वरुप हो । विज्ञानद्धारा आविष्कार गरिएको क्यामरा र कलात्मक ढंगले यसको प्रयोगबाट सुन्दर फोटोको सिर्जना हुने गर्छ । फोटो र ग्राफी यी दुई भिन्न शब्दद्धारा फोटोग्राफी शब्द बनेको हो । जसको अर्थ प्रकाशको सहायताले चित्र कोर्नु भन्ने लाग्छ । तर फोटोग्राफीको परिभाषा जे भएपनि अर्थ जे लागेपनि, काठमाडौँको स्वायम्भु महाचैत्य क्षेत्र वरिपरि फोटो खिच्नेहरुको लागि भने बिहान बेलुका हातमुख जोड्ने माध्यम हो, घरपरिवारको लागि घरखर्चको जोहो गर्ने माध्यम हो, फोटोग्राफी।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

स्वयम्भु महाचैत्य क्षेत्र वरिपरि अहिले ५० देखि ६० जना सम्म फोटोग्राफरहरु बस्ने गर्छन् । उनीहरु विहान ११ बजेदेखि साँझ ६ बजेसम्म त्यहाँ आउने आगन्तुकहरुको फोटो खिँच्ने गर्छन् । प्रति फोटो २० रुपैँयासम्म लिने उनीहरुको दैनिक आम्दानी १५ सय देखि २५ सय सम्म हुने गर्छ, भने शनिबार अन्य दिनको तुलनामा अलि राम्रो हुने रिदम सुनुवारले बताए ।

Ncell
Extreme Energy


रिदमले ६ महिना अगाडी मात्र स्वयम्भु क्षेत्रमा फोटो खिँच्ने काम गर्न थालेका हुन् । उनको स्थायी ठेगाना सिन्धुली भएतापनि हाल माछापोखरी बस्ने गर्छन् । ६ महिना अगाडी क्यामरा भाडामा लिएर काम सुरु गरेको रिदमसँग अहिले आफ्नै क्यामरा छ । उनी काठमाडौँको बसाई खर्च काटेरपनि आमाबाबुको लागि घरखर्च पठाउने गर्दछन् ।


२६ वर्षीया झापाका जेम्स नेङ्वाङ, स्नातकमा अध्ययनरत छन् । उनी विगत ४ वर्षदेखि स्वयम्भु क्षेत्रमा फोटो खिच्ने काम गर्दै आएका छन् । कोरोना महामारीको समयमा केहि असहज भएतापनि अहिले भने काम गरेर खाने राम्रो वातावरण बनेको उनी बताउँछन् । पहिले होटल क्षेत्रमा काम गरेका जेम्सको मासिक तलब १५ हजार मात्र थियो तर अहिले भने यहाँ १५ हजार एक हप्तामै कमाई हुने उनले सुनाए ।


स्वयम्भुमा फोटो खिँचेर बस्ने सबैसँग आफ्नै क्यामरा भने छैन, उनीहरु प्रत्येक दिनको कमाई क्यामरा साहुलाई आधा र आफू आधा राख्ने गरि क्यामरा भाडामा लिने गर्छन् । सुदूरपश्चिम बैतडीका सुरज चन्दसँग पनि आफ्नै क्यामरा छैन, उनी पनि ६ महिना अगाडी मात्र सो क्षेत्रमा फोटो खिँच्ने काम गर्न आएका हुन । चिन्ने एक जनासँग दैनिक कमाईको आधा आधा बाड्ने गरि क्यामरा ल्याएका उनी यस कामबाट पूर्ण रुपमा सन्तुष्ट छन् । कमाईको केहि रकम उनले आमाबाबुका लागि छुटाउने गर्दछन् भने बाँकी आफ्ना लागि राख्छन् ।






प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बाढी प्रभावित क्षेत्रमा वत्तीको जोहो गर्दै ऊर्जा मन्त्रालय, पाँच सयवटा सोलार पावर बैंक पठाउँदै

बाढी प्रभावित क्षेत्रमा वत्तीको जोहो गर्दै ऊर्जा मन्त्रालय, पाँच सयवटा सोलार पावर बैंक पठाउँदै

विद्युत पूर्वाधार संरचनामा भएको क्षतिले विद्युत् अवरुद्ध भएको रसुवा बाढी प्रभावित क्षेत्रमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले वैकल्पिक ऊर्जाको व्यवस्था गरेको छ ।
नागढुंगा-मुग्लिन सडक पूर्णरुपमा बन्द, रसुवा र नुवाकोटका सडक पनि अवरुद्ध (सूचीसहित)

नागढुंगा-मुग्लिन सडक पूर्णरुपमा बन्द, रसुवा र नुवाकोटका सडक पनि अवरुद्ध (सूचीसहित)

रसुवासहित ६ जिल्लाका सडक अवरुद्ध छन् ।
रसुवा बाढीमा मृतकको सङ्ख्या १६२ पुग्यो

रसुवा बाढीमा मृतकको सङ्ख्या १६२ पुग्यो

रसुवा जिल्लामा आएको भीषण बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १६२ पुगेको छ । प्रहरी प्रधान कार्यालयकाअनुसार बिहीबार विहान ५ बजेसम्मको तथ्यांकअनुसार बाढी र पहिरोमा परी विभिन्न जिल्लामा हालसम्म...