नेभिगेशन
सबै कुरा

पहिरोले महाकाली लोकमार्ग अवरुद्ध

दार्चुला । गए राति परेको  वर्षाका कारण पहिरोले महाकाली लोकमार्गअन्तर्गत   गोकुलेश्वर–खलङ्गा सडक अवरुद्ध बनेको छ ।  लोकमार्गको कठपते नक्तड, पनेबाज, ऐरिछाना र मालिकार्जुन गाउँपालिकाको धामीगाडामा पहिरो खस्दा सडक अवरुद्ध भएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सडक अवरुद्ध हुँदा  जिल्लाबाट बाहिरिने र जिल्ला भित्रिने यातायातका साधन सडकमै रोकिएका छन् । दार्चुलाबाट महेन्द्रनगर, काठमाडौँ आउने दिवा तथा रात्रिसेवाका बस सडक अवरुद्ध भएपछि बाटोमै रोकिएका हुन् । पटक–पटक पहिरोका कारण अवरुद्ध हुने लोकमार्गमा छोटो दूरीका सवारीसाधन पनि सञ्चालन हुन नसक्दा यात्रुले सास्ती भोग्नुपरेको छ । 

Ncell
Extreme Energy

आज बिहानदेखि डिभिजन सडक बैतडी पाटनको जेसिबीले पहिरो पन्छाइरहे पनि ठाउँठाउँमा पहिरो खसिरहेकाले एउटा मात्र जेसिबीले पन्छाउन केही समय लाग्ने सडक विभागका सुपरभाइजर राजेन्द्रसिंह धामीले जानकारी दिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
रसुवा बाढीमा मृतकको सङ्ख्या १६२ पुग्यो

रसुवा बाढीमा मृतकको सङ्ख्या १६२ पुग्यो

रसुवा जिल्लामा आएको भीषण बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १६२ पुगेको छ । प्रहरी प्रधान कार्यालयकाअनुसार बिहीबार विहान ५ बजेसम्मको तथ्यांकअनुसार बाढी र पहिरोमा परी विभिन्न जिल्लामा हालसम्म...
एनआरएनएले आज नुवाकोटमा राहत वितरण गर्ने

एनआरएनएले आज नुवाकोटमा राहत वितरण गर्ने

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले भोटेकोशी बाढीबाट प्रभावित परिवारका लागि बिहीबारदेखि राहत वितरण गर्ने भएको छ ।
रसुवा बाढी: उद्धार र राहतका लागि अनलाइनबाटै अनुरोध गर्न सकिने, यस्तो बन्यो सिस्टम

रसुवा बाढी: उद्धार र राहतका लागि अनलाइनबाटै अनुरोध गर्न सकिने, यस्तो बन्यो सिस्टम

रसुवा बाढीबाट प्रभावित भएका नागरिकले अनलाइनबाटै उद्धार र राहतका लागि माग गर्न सक्ने भएका छन् ।