नेभिगेशन
सबै कुरा

मनसुनी विपद्ः पछिल्लो २४ घण्टामा ८ जनाले ज्यान गुमाए, आजसम्म १ सय ९० जनाको मृत्यु

काठमाडौँ । भारी वर्षाका कारण आएको बाढी, पहिरो डुवानलगायत मनसुनी विपद्मा परेर आजसम्म एक सय ९० जनाको मृत्यु भएको छ ।  पछिल्लो २४ घण्टामा मात्रै आठ जनाले ज्यान गुमाएसँगै गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायत विपद्मा आजसम्म एक सय ९० जनाको मृत्यभएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए । 

प्राप्त विवरणअनुसार काठमाडौँ उपत्यकामा तीन, कोशी प्रदेशमा २७, मधेश प्रदेशमा आठ, बागमती प्रदेशमा ३२, गण्डकी प्रदेशमा ५६, लुम्बिनी प्रदेशमा ३६, कर्णाली प्रदेशमा १३ र सुदूरपश्चिम प्रदेशमा १५ जनाको ज्यान गएको छ । 

Dish Home
Global Ime Bank

प्रवक्ता कार्कीकानुसार काठमाडौँ उपत्यकामा ११, कोशी प्रदेशमा ३८, मधेश प्रदेशमा १२, बागमती प्रदेशमा २३, गण्डकी प्रदेशमा ४५, लुम्बिनी प्रदेशमा १८, कर्णाली प्रदेशमा ५७ र सुदूरपश्चिम प्रदेशमा ३४ जना गरी दुई सय ३८ जना विभिन्न विपद्मा परी घाइते भएका छन् । 

सोही अवधिमा एक सय १४ जनाको उद्धार गरिएको छ । बाढीपहिरोमा परी कोशी प्रदेशमा दुई, मधेश प्रदेशमा एक, बागमती प्रदेशमा ४१, गण्डकी प्रदेशमा दुई, लुम्बिनी प्रदेशमा एक, कर्णाली प्रदेशमा एक र सुदूरपश्चिम प्रदेशमा एक गरी ४९ जना बेपत्ता रहेका प्रहरीले जनाएको छ ।

बाढीका कारण आजसम्म तीन सय ८४ घर डुवानमा परेका, तीन सय २७ घर, एक सय १२ गोठ, ५१ पुल, चार विद्यालय दुई सरकारी कार्यालयमा क्षति भएको छ । यस्तै, चार हजार आठ सय १९ परिवार विपद्का घटनाबाट विस्थापित भएका प्रहरीले आज सार्वजनिक गरेको विवरणमा उल्लेख छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
माओवादीले लुटतन्त्रको रक्षाका लागि सरकारसँग सम्झौता गर्योः राजेन्द्र लिङ्देन

माओवादीले लुटतन्त्रको रक्षाका लागि सरकारसँग सम्झौता गर्योः राजेन्द्र लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेकपा माओवादी केन्द्रले भिजिट भिसा प्रकरणमा सरकारसँग लुटतन्त्रका लागि सम्झौता गरेको आरोप लगाएका छन् । भिजिट भिसा प्रकरणमा माओवादी केन्द्रले आफूहरुले सरकारसँग...
सभामुखले विरोधका बाजुद अघि बढाए संसद बैठक

सभामुखले विरोधका बाजुद अघि बढाए संसद बैठक

विपक्षी दलहरु राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सदनमा अवरोध गरेका थिए । सभामुख देवराज घिमिरेले बैठक आरम्भ गरेपछि उनीहरुले उठेर विरोध जनाएका थिए...
सदनमा राप्रपा र रास्वपाको विरोध, माओवादी पछि हट्यो

सदनमा राप्रपा र रास्वपाको विरोध, माओवादी पछि हट्यो

सभामुख देवराज घिमिरेले बैठक आरम्भ गरेपछि उनीहरुले उठेर विरोध जनाएका थिए । त्यसपछि सभामुख देवराज घिमिरेले दलीय आधारमा बोल्नको लागि माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेलाई बोल्नको लागि...
अब संसद खुल्छः प्रचण्ड

अब संसद खुल्छः प्रचण्ड

नेकपा माओवादी के‍न्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अब संसद बैठक चल्ने बताएका छन् । एमाले र कांग्रेससँग सहमतिपछि प्रचण्डले यस्तो बताएका हुन् ।