नेभिगेशन
समाज

एनपिएल : कर्णाली याक्सबाट खेल्न डेभिड मिलर नेपाल आइपुगे

काठमाडौं । कर्णाली याक्समा अनुबन्ध भएका टेस्ट राष्ट्र दक्षिण अफ्रिकाका चर्चित ब्याटर डेभिड मिलर नेपाल आइपुगेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बुधबार बिहान मिलर तेस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् । उनलाई कर्णाली याक्स स्पोर्ट्स प्रालिका प्रतिनिधिले स्वागत गरेका थिए । 

Marvel
Extreme Energy

३७ वर्षीय मध्यक्रमका बाया हाते ब्याटरले दक्षिण अफ्रिकासँगै विश्व चर्चित फ्रेन्चाइज लिगहरुमा आफ्नो बलियो छाप छाडेका छन् । 

भारतको इन्डियन प्रिमियर लिग (आइपिएल), अस्ट्रेलियाको विग बास लिग, पाकिस्तान प्रिमियर लिगसँगै थुप्रैलिगहरु खेलेका छन् । उनले आइपिएलमा मात्रै दिल्ली क्यापिटल्स, राजस्थान रोयल्स, किंग्स ११ पञ्जाव, गुजरात टाइटन्सबाट खेलेका थिए । सन् २०२२ मा गुजरात टाइटन्सले ऐतिहासिक आइपिएल जित्दा मुलर मुख्य खेलाडी थिए । 

कर्णाली याक्स स्पोट्स् प्रालिका अध्यक्ष गृहेन्द्र घिमिरेले मिलरको आगमनसँगै नेपालको पर्यटन प्रवर्द्धनमा योगदान पुग्ने बताए । 

मिलरले दक्षिण अफ्रिकाबाट एक सय ४० टी–२०  आईमा दुई हजार ८०४ रन बनाएका छन् । यसक्रममा दुई सतक र ९ अर्धशतक प्रहार गरेका थिए । उनको आफ्नो करियरको दुई टी–२० शतक भारत र बंगलादेशविरुद्ध बनाएका थिए । 

यता, पाँच सय ८४ टी–२० आई खेल खेल्दा १२ हजार ४३५ रन बनाएका छन् । यसक्रममा चार शतक तथा ५३ अर्धशतक बनाएका छन् । मिलरले सन् २०१७ मा बंगलादेशविरुद्ध खेल्दा ३५ बलमै कीर्तिमानी शतक प्रहार गरेका थिए । यस्तै, आइपिएलमा पञ्जावबाट रोयल च्यालेन्जर्स बैंगलोरविरुद्ध खेल्दा ३८ बलमै शतक प्रहार गरेका थिए । 

कात्तिक ९ बाट सुरु भएको एनपिएलमा कर्णाली याक्सले तीन खेल खेलिसकेको छ । जसमध्ये दुई खेल जितेको थियो । टोलीले पहिलो खेलमा जनकपुरलाई १९ रन र दोस्रोमा विराटनगरलाई ४ विकेटले पराजित गरेको थियो । तेस्रो खेलमा भने काठमाडों गोर्खाजसँग ४ विकेटले पराजित भएको थियो । 

अब, कर्णालीले शुक्रबार सुदूपश्चिम रोयल्सँग खेल्दैछ । सो खेलमा डेभिड मिलर सहभागी हुनेछन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
६ लाख बराबरको पटाकासहित दुई भारतीय नागरिक पक्राउ

६ लाख बराबरको पटाकासहित दुई भारतीय नागरिक पक्राउ

प्रहरीले ६ लाख रुपैयाँ बराबरको पटाकासहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । जिल्लाका विभिन्न स्थानबाट भिरझिरे, खुर्सानी, चक्र, रकेटलगायत रु छ लाख २३ हजार ४६५ बराबरको...
भूमिहीन नागरिकको बस्तीमै पुगेर अन्तरक्रिया गर्दै मन्त्री रावल

भूमिहीन नागरिकको बस्तीमै पुगेर अन्तरक्रिया गर्दै मन्त्री रावल

भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले झापाको अर्जुनधारा र मेचीनगर नगरपालिकाका भूमिहीन नागरिकका बस्तीमै पुगेर प्रत्यक्ष भेटघाट तथा अन्तरक्रिया गरेकी छिन् ।
कोपमा नेपालले के के एजेण्डा उठाउँदैछ  ?

कोपमा नेपालले के के एजेण्डा उठाउँदैछ  ?

कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले आगामी कोप–३१ सम्मेलनमा नेपालले जलवायु न्याय, पर्याप्त वित्तीय सहयोग र हिमाल संरक्षणका मुद्दालाई सशक्त रूपमा उठाउने बताएकी छिन् ।
सरकारले ६८ हजारभन्दा बढी युवालाई एआई तालिम दिने

सरकारले ६८ हजारभन्दा बढी युवालाई एआई तालिम दिने

श्रम तथा रोजगार मन्त्रालयको अगुवाईमा राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानले सञ्चालन गर्न लागेको ‘मास्टरिङ एआई विथ इभेक्टिभ प्रोम्प्ट इन्जिनियरिङ’ विषयक निःशुल्क अनलाइन तालिममा ६८ हजार भन्दा बढी आवेदन प्राप्त...