नेभिगेशन
समाज

कोपमा नेपालले के के एजेण्डा उठाउँदैछ  ?

काठमाडौँ । कृषि, वन तथा पर्यावरण  मन्त्री गीता चौधरीले आगामी कोप–३१ सम्मेलनमा नेपालले जलवायु न्याय, पर्याप्त वित्तीय सहयोग र हिमाल संरक्षणका मुद्दालाई सशक्त रूपमा उठाउने बताएकी छिन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

फ्रेडरिक एबर्ट स्टिफ्टुङ नेपालद्वारा मंगलबार काठमाडौंमा आयोजित ‘जलवायु वार्ताको टेबलमा नेपाल: जलवायु जोखिमबाट कूटनीतिक प्रभावतर्फ’ विषयक कार्यक्रममा उहाँले जलवायु सङ्कटमा नेपालको योगदान नगण्य भए पनि यसको ठूलो मूल्य नेपाली जनताले चुकाइरहेको बताइन् ।

Marvel
Extreme Energy

मन्त्री चौधरीले हानि तथा नोक्सानी कोषबाट नेपालले २ करोड १६ लाख अमेरिकी डलर प्राप्त गरेको र अनुकूलन कोषबाट करिब ४ करोड ५० लाख डलरका तीन परियोजना अघि बढाउन स्वीकृति पाएको जानकारी दिइन् । तर, जलवायु वित्त पर्याप्त, समयमै र ऋण नभई अनुदानका रूपमा उपलब्ध हुनुपर्ने उहाँको भनाइ थियो ।

नेपालले भुटानसँग मिलेर हिमालमा १.५ डिग्री सेल्सियस तापक्रम वृद्धिको विषयलाई कोप–३१ को कार्यसूचीमा समावेश गर्न प्रस्ताव गरेको उनले बताइन् ।

विकसित राष्ट्रहरूले जलवायु वित्तसम्बन्धी प्रतिबद्धता पूरा गर्नुपर्ने, अनुकूलन सहयोग तीन गुणा बढाउनुपर्ने र हिमाली समुदायका समस्या विश्व जलवायु वार्तामा प्राथमिकताका साथ उठाउनुपर्ने मन्त्री चौधरीले जोड दिइन् ।

'जलवायु कूटनीति दया माग्ने काम होइन, यो हाम्रो अधिकार, सबैको जिम्मेवारी र साझेदारीको कुरा हो,' उनले भनिन् ।   

जलवायु वित्त स्थानीय तहसम्म पुर्‍याउँदै महिला, आदिवासी जनजाति, दलित तथा युवाको सहभागिता सुनिश्चित गरिने उनले प्रतिबद्धता व्यक्त गरिन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
एनपिएल : कर्णाली याक्सबाट खेल्न डेभिड मिलर नेपाल आइपुगे

एनपिएल : कर्णाली याक्सबाट खेल्न डेभिड मिलर नेपाल आइपुगे

कर्णाली याक्समा अनुबन्ध भएका टेस्ट राष्ट्र दक्षिण अफ्रिकाका चर्चित ब्याटर डेभिड मिलर नेपाल आइपुगेका छन् ।
६ लाख बराबरको पटाकासहित दुई भारतीय नागरिक पक्राउ

६ लाख बराबरको पटाकासहित दुई भारतीय नागरिक पक्राउ

प्रहरीले ६ लाख रुपैयाँ बराबरको पटाकासहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । जिल्लाका विभिन्न स्थानबाट भिरझिरे, खुर्सानी, चक्र, रकेटलगायत रु छ लाख २३ हजार ४६५ बराबरको...
भूमिहीन नागरिकको बस्तीमै पुगेर अन्तरक्रिया गर्दै मन्त्री रावल

भूमिहीन नागरिकको बस्तीमै पुगेर अन्तरक्रिया गर्दै मन्त्री रावल

भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले झापाको अर्जुनधारा र मेचीनगर नगरपालिकाका भूमिहीन नागरिकका बस्तीमै पुगेर प्रत्यक्ष भेटघाट तथा अन्तरक्रिया गरेकी छिन् ।
सरकारले ६८ हजारभन्दा बढी युवालाई एआई तालिम दिने

सरकारले ६८ हजारभन्दा बढी युवालाई एआई तालिम दिने

श्रम तथा रोजगार मन्त्रालयको अगुवाईमा राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानले सञ्चालन गर्न लागेको ‘मास्टरिङ एआई विथ इभेक्टिभ प्रोम्प्ट इन्जिनियरिङ’ विषयक निःशुल्क अनलाइन तालिममा ६८ हजार भन्दा बढी आवेदन प्राप्त...