नेभिगेशन
सबै कुरा

गल्छी–रसुवागढी सडक अवरुद्ध, ठूलो ढुङ्गा हटाउन ‘ब्रेकर’ लगाइँदै

नुवाकोट । सडकमा ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण गल्छी–रसुवागढी सडकमा यातायात सञ्चालन बन्द भएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख जेजङ्ग कार्कीका अनुसार नुवाकोटको बेलकोटगढी नगरपालिका–८ स्थित ठूलोखोला नजिक सडकमा खसेको ठूलो ढुङ्गासहितको पहिरोले ‘डेडिकेटेड डबल लेन’को सडक पूर्ण रूपमा बन्द भएको छ । देवीघाटबाट महादेवफाँट हुँदै गल्छी आवतजावत गर्ने सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । सोही रुटको आसपासमा वैकल्पिक सडक नभएको हुँदा यातायातका साधन आवातजावत गर्न समस्या भएको छ ।

City Express

धादिङको गल्छीबाट नुवाकोटको त्रिशूली तथा रसुवागढी हुँदै केरुङ जानुपर्ने सवारीसाधन गल्छीबाट काठमाडौँ नै पुगेर टोखा–छहरे सडक प्रयोग गर्न प्रहरीले अनुरोध गरेको छ । बुधबार राति खसेको पहिरोसँगैको ठूलो ढुङ्गा हटाउन ‘ब्रेकर’ लगाउनुपर्ने भएकाले सडक सञ्चालन गर्न समय लाग्ने देखिएको गल्छी–रसुवागढी सडक योजना कार्यालयका प्रमुख धुव्रकुमार श्रेष्ठले जानकारी दिए । पहिरो पन्छाउन आज बिहानदेखि भारी उपकरणसहितको जनशक्ति परिचालन गरिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
लामो समयदेखि जीर्ण अवस्थामा रहेका आयोजना राख्न हुँदैनः मन्त्री घिसिङ

लामो समयदेखि जीर्ण अवस्थामा रहेका आयोजना राख्न हुँदैनः मन्त्री घिसिङ

नेपाल निर्माण व्यवसायी महासङ्घका प्रतिनिधिसँग आइतबार भएको भेटवार्तामा उनले काम नगरेर वर्षौंसम्म आयोजना अलपत्र पार्ने निर्माण व्यवसायीसँगको ठेक्का तोडिने प्रष्ट पारेका हुन । उनले कुनै पनि निर्माण व्यवसायीप्रति...
जनश्रमदानबाट सडक मर्मत

जनश्रमदानबाट सडक मर्मत

कुनैपनि निकायबाट सहयोग नजुटेपछि स्थानीयवासीले श्रमदान गरेर सडक मर्मत गरेका हुन् । मोदी गाउँपालिका–१, २ र ३ का बासिन्दाले श्रमदान गरेका हुन् । देउपुरस्थित कोरुङ्गा बनमामाथिबाट झरेको पहिरोले...
सात दिनपछि खुल्यो बागलुङ–सिगाना–बरेङ सडक

सात दिनपछि खुल्यो बागलुङ–सिगाना–बरेङ सडक

बागलुङ नगरपालिका–८ सिगानामा सडक माथिबाट खसेको ठूलो पहिरोले सडकसहित एउटा गोठ पुरेको थियो भने एक परिवार विस्थापित भएका छन् । चट्टानसहितको ठूलो पहिरो खसेकाले खुलाउन समय लागेको थियो...
विभिन्न सात राजमार्ग पहिरोले अवरुद्ध

विभिन्न सात राजमार्ग पहिरोले अवरुद्ध

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले हाल ती क्षेत्रमा पहिरो पन्छाउने काम जारी रहेको बताए । उनका अनुसार कोशी राजमार्गको भोटखोलामा सडक पूर्ण रुपमा...