नेभिगेशन
सबै कुरा

'नो इफ नो बट, हाम्रो कुरा क्लियर कट', भ्रष्टाचार मुद्दामा ५ वर्षे हदम्याद लागू हुँदैन : रवि लामिछाने

काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भ्रष्टाचार मुद्दामा ५ वर्षे हदम्याद लागू नहुने बताएका छन् । बिहिबार संसदमा बोल्दै सभापति लामिछानेले युवाहरुको समूहले एक भिडियो बनाएर सचेत बनाउने क्रम रहेको भन्दै आफू र आफ्नो पार्टी भ्रष्टाचार मुद्दामा ५ वर्षे हदम्यादको विपक्षमा रहेको बताएका छन् । 


CG

‘हिजो साँझदेखि अहिलेसम्म मेरो फोनमा करिब २ हजार जति कल आएका छन् । अधिकांश युवाहरुले कल गरेका छन् । सामाजिक सञ्जालमा एउटा भिडियो बनेको रहेछ, जहाँ युवाहरुले चिन्ता व्यक्त गरेका रहेछन्, जसमा भ्रष्टाचारका मुद्दामा ५ वर्षे हदम्याद लगाउने विषयमा युवाहरुले चिन्ता व्यक्त गरेका रहेछन्  सचेत बन्न आग्रह गरेका रहेछन् ।  यी व्यक्तिहरु समितिमा सहभागी भएका छन् यिनीहरुलाई कल गर्नु भनिएको रहेछ । भिडियो बनाएर सचेत गराउने ती युवाहरुलाई म धन्यवाद दिन चाहान्छु’, लामिछानले भने, ‘उहाँहरुको संशय रहेछ, कतै यो बिल पास हुने त हैन रु म यो सदनमा स्पष्ट पार्न चाहान्छु । म आफ्नो तर्फबाट र दलको तर्फबाट यो सिंगो सदन र देशलाई जानकारी गराउन चाहान्छु कि भ्रष्टाचारका मुद्दामा ५ वर्षे हदम्याद मान्य हुने छैन । नो इफ नो बट, हाम्रो कुरा क्लियर कट । ५ वर्षे हदम्याद लागू हुने छैन ।’ 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
गण्डकी प्रदेशका १८ सिटमा रास्वपाका क-कसकाे मनाेनयन (सूची)

गण्डकी प्रदेशका १८ सिटमा रास्वपाका क-कसकाे मनाेनयन (सूची)

रास्वपाले गण्डकी प्रदेशका १७ मध्ये १७ वटा सिटमा मात्रै उम्मेदवार उठाएको छ।
धादिङ २ एमाले टिकटमा लफडा: पहिले घलेबाट चन्द्रले खोसे, अहिले चन्द्रबाट घलेले

धादिङ २ एमाले टिकटमा लफडा: पहिले घलेबाट चन्द्रले खोसे, अहिले चन्द्रबाट घलेले

एमालेले फेरि धनबहादुर घलेलाई नै आफ्नो उम्मेदवार बनाएको छ । एमालेले आइतबार घलेलाई क्षेत्र नम्बर २ बाट टिकट दिएको थियो तर, मंगलबार घलेको टिकट खोसेर एमाले चन्द्र रिजाललाई...
प्रधानमन्त्रीको सम्बोधनः 'आन्दोलनको आक्रोश र सपनालाई मतपत्रमा राखौँ, फागुन २१ को निर्वाचन निर्विकल्प मार्ग हो'

प्रधानमन्त्रीको सम्बोधनः 'आन्दोलनको आक्रोश र सपनालाई मतपत्रमा राखौँ, फागुन २१ को निर्वाचन निर्विकल्प मार्ग हो'

कार्कीले भनिन् 'आज म यही मञ्चबाट देश र दुनियाँलाई प्रष्ट पार्न चाहन्छु( २०८२ फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचन अब केवल एउटा कार्यतालिका मात्र रहेन, यो हाम्रो देशलाई...
वीरगञ्ज महानगरले बिपी उद्यान अतिक्रमण गरेर व्यवसाय गर्नेलाई हटायो

वीरगञ्ज महानगरले बिपी उद्यान अतिक्रमण गरेर व्यवसाय गर्नेलाई हटायो

उनले घण्टाघरसँगै रहेको उद्यानको फलफूल, तरकारी तथा अन्य अस्थायी पसल राखेर अव्यवस्थित भएकाले तिनलाई हटाएर पार्क निर्माण गर्न लागिएको बताए । “अव्यवस्थित बजारलाई आज बिहान एक्जाभेटर लगाएर हटाउने...