नेभिगेशन
सबै कुरा

'नो इफ नो बट, हाम्रो कुरा क्लियर कट', भ्रष्टाचार मुद्दामा ५ वर्षे हदम्याद लागू हुँदैन : रवि लामिछाने

काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भ्रष्टाचार मुद्दामा ५ वर्षे हदम्याद लागू नहुने बताएका छन् । बिहिबार संसदमा बोल्दै सभापति लामिछानेले युवाहरुको समूहले एक भिडियो बनाएर सचेत बनाउने क्रम रहेको भन्दै आफू र आफ्नो पार्टी भ्रष्टाचार मुद्दामा ५ वर्षे हदम्यादको विपक्षमा रहेको बताएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


Ncell
Extreme Energy

‘हिजो साँझदेखि अहिलेसम्म मेरो फोनमा करिब २ हजार जति कल आएका छन् । अधिकांश युवाहरुले कल गरेका छन् । सामाजिक सञ्जालमा एउटा भिडियो बनेको रहेछ, जहाँ युवाहरुले चिन्ता व्यक्त गरेका रहेछन्, जसमा भ्रष्टाचारका मुद्दामा ५ वर्षे हदम्याद लगाउने विषयमा युवाहरुले चिन्ता व्यक्त गरेका रहेछन्  सचेत बन्न आग्रह गरेका रहेछन् ।  यी व्यक्तिहरु समितिमा सहभागी भएका छन् यिनीहरुलाई कल गर्नु भनिएको रहेछ । भिडियो बनाएर सचेत गराउने ती युवाहरुलाई म धन्यवाद दिन चाहान्छु’, लामिछानले भने, ‘उहाँहरुको संशय रहेछ, कतै यो बिल पास हुने त हैन रु म यो सदनमा स्पष्ट पार्न चाहान्छु । म आफ्नो तर्फबाट र दलको तर्फबाट यो सिंगो सदन र देशलाई जानकारी गराउन चाहान्छु कि भ्रष्टाचारका मुद्दामा ५ वर्षे हदम्याद मान्य हुने छैन । नो इफ नो बट, हाम्रो कुरा क्लियर कट । ५ वर्षे हदम्याद लागू हुने छैन ।’ 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
पक्राउ पूर्जी जारी भएका कांग्रेसबाट निर्वाचित प्रतापपुर गाउँपालिका अध्यक्ष यादवलाई प्रहरीकै संरक्षण

पक्राउ पूर्जी जारी भएका कांग्रेसबाट निर्वाचित प्रतापपुर गाउँपालिका अध्यक्ष यादवलाई प्रहरीकै संरक्षण

पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेश चन्द्र यादवविरुद्ध पक्राउ पूर्जी जारी गरिएको छ । सरकारी छाप र लेटरप्याड कीर्ते गरी दुरुपयोग गरेको अभियोगमा प्रहरीमा जाहेरी परेपछि जिल्ला अदालत...
संसदीय समितिले बोलायो ऊर्जामन्त्री श्रेष्ठ, यस्ता छन् एजेण्डा

संसदीय समितिले बोलायो ऊर्जामन्त्री श्रेष्ठ, यस्ता छन् एजेण्डा

प्रतिनिधि सभाको पूर्वाधार विकास समितिले उर्जा जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठलाई बोलाएको छ ।
तीनवटा संसदीय समितिको बैठक बस्दै

तीनवटा संसदीय समितिको बैठक बस्दै

प्रतिनिधि सभाका तीनवटा संसदीय समितिको बैठक बस्दैछ ।
प्रतिनिधिसभाको बैठक बस्दै, चारवटा विधेयक प्रस्तुत हुने

प्रतिनिधिसभाको बैठक बस्दै, चारवटा विधेयक प्रस्तुत हुने

संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दैछ । दिउँसो १ बजे सिंहदरबारमा बस्ने बैठकमा चारवटा विधेयक प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।