नेभिगेशन
समाज

नुवाकोट र रसुवा जोड्ने वेत्रावतीस्थित फलाखु खोलामा बेलीब्रिज जडान सुरु

नुवाकोट । भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीले क्षति पुर्‍याएसँगै नुवाकोट र रसुवा जोड्ने वेत्रावतीस्थित फलाखु खोलामा बेलीब्रिज जडान सुरु भएको छ । यसका लागि आवश्यक सामग्री ल्याउने क्रम जारी रहेको र यही बुधबारदेखि पुल जडानको काम सुरु गरी दसैँअघि नै सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेपाली सेनाका सेनानी चिरञ्जीवी चौलागाईंका अनुसार पुल निर्माणका लागि आवश्यक सामग्री नेपाली सेनाले मौज्दात राखेको धादिङको बैरेनी र बाराबाट  ल्याउने काम भइरहेको छ । आजसम्म सबै सामग्री वेत्रावती आइपुग्ने छन् । बुधबारदेखि नेपाली सेनाको ५५ जनाको टोलीले बेलीब्रिज जडान सुरु गर्ने उनले जानकारी दिए । 

Ncell
Extreme Energy

पुल जडान गर्न सामान्यतया तीन दिन लाग्ने भए पनि पुरानो ‘जिप’ (पुलको संरचना) होचो भएकाले त्यसमा थप दुई मिटर उचाइ बढाइएको छ । थपिएको संरचना सुक्न केही समय लाग्ने भएकाले दसैँको फूलपातीसम्म पुल सञ्चालनमा ल्याउने लक्ष्य राखिएको सेनानी चौलागाईंले बताए । 

यसअघि वेत्रावतीमा रहेको पुलको ‘जिप’ भोटेकोशीको बाढीले पुरेको थियो । सोही स्थानमा नयाँ एक्रोब्रिज जडान गर्न पुरानो संरचनामा थप दुई–दुई मिटर उचाइ बढाइएको हो । निर्माण गर्न लागिएको एक्रोब्रिज ७४ मिटर लामो र ५।५ मिटर चौडा हुनेछ । पुलको भारवहन क्षमता ६० टन रहने उल्लेख छ ।

वेत्रावतीसम्म सडक पहुँच पुगेपछि पुल निर्माणका लागि आवश्यक सामग्री ढुवानी गर्न तथा निर्माण कार्य अघि बढाउन सहज भएको छ । गल्छी–रसुवागढी सडक योजनाको कार्यालयले सडक पहुँच खुलाएपछि निर्माण कार्यले गति लिएको हो । सडक पहुँच पुग्नुअघि नै नेपाली सेनाले वैकल्पिक मार्गबाट उक्त स्थानमा पुगेर पुल निर्माणका लागि आवश्यक स्थलगत अध्ययन (रेक्की) तथा ‘जिप’को उचाइ थप गर्ने काम सम्पन्न गरेको थियो ।

भोटेकोशी बाढीबाट क्षतिग्रस्त आगिटार–वेत्रावती सडक खण्ड यही शनिबारदेखि सञ्चालनमा आएको छ । दसैँअघि नै वेत्रावतीमा पुल निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउन सके नुवाकोटबाट रसुवाको धुञ्चेसम्म सडकमार्फत आवतजावत सहज हुने अपेक्षा गरिएको छ । यसले बाढीका कारण अवरुद्ध नुवाकोट–रसुवा सडक सम्पर्कसमेत पुनःस्थापित गर्नेछ । रसुवासँगको सडक सञ्जाल प्रभावकारी नहुदाँ बाढीपश्चात् रसुवाको दैनिक जनजीवन प्रभावित हुदै आइरहेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
ऋण असुलीबाट बचत फिर्ता तिव्र, समस्याग्रस्त ४ सहकारीका २२३  जनाले पाए रकम

ऋण असुलीबाट बचत फिर्ता तिव्र, समस्याग्रस्त ४ सहकारीका २२३  जनाले पाए रकम

पहिलो चरणमा थोरै बचत रकम भएका बचतकर्ताहरूलाई रकम फिर्ता गरिएको समितिले जनाएको छ। यसरी नै क्रमश बचतकर्ताको रकमका आधारमा वर्गीकरण गरेर रकम फिर्ता गरिने छ ।
शनिबार र आइतबार अनिवार्य बिदा दिन विद्यालयलाई निर्देशन

शनिबार र आइतबार अनिवार्य बिदा दिन विद्यालयलाई निर्देशन

शिक्षा तथा खेलकुद मन्त्रालयको मन्त्रीस्तरीय निर्णयअनुसार शैक्षिक संस्थामा हप्ताको दुई दिन बिदा दिने व्यवस्था कार्यान्वयन गर्न स्थानीय तहलाई अनुरोध गरेपछि महानगरका केही संस्थागत विद्यालयले आइतबारसमेत पठनपाठन सञ्चालन गरेको...
थापाथलीमा सवारी दुर्घटना हुँदा एकको मृत्यु, तीन घाइते

थापाथलीमा सवारी दुर्घटना हुँदा एकको मृत्यु, तीन घाइते

प्रहरीका अनुसार गएराति शंखमुलबाट थापाथलीतर्फ आउँदै गरेको बा४१प ४७०८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पुलको रेलिङमा ठोक्किएको थियो । रेलिङमा ठोक्किएपछि मोटरसाइकल विपरीत दिशाबाट आउँदै गरेको बाप्र०२०६२ प ९६३१...
रसुवा–भोटेकोशी बाढीः बेपत्ता नागरिकको प्रमाणीकरण र अस्थायी आवास निर्माणका लागि विशेष प्रक्रिया सुरु

रसुवा–भोटेकोशी बाढीः बेपत्ता नागरिकको प्रमाणीकरण र अस्थायी आवास निर्माणका लागि विशेष प्रक्रिया सुरु

काठमाडौँको सामाखुसीस्थित नेपाल प्रहरी केन्द्रीय विधि विज्ञान प्रयोगशालामा एक हजार ९५७ वटा र राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा एक हजार ७२८ वटा नमूना परीक्षणका लागि प्राप्त भएका छन् ।...