नेभिगेशन
सबै कुरा

महानगरबाट गरिबी लखेट्नु पर्छ, गरिब होइन: ओली

नेकपा एमालेका अध्यक्ष केपी ओलीले महानगरबाट गरिबलाई नभई, गरिबीलाई लखेट्नु पर्ने बताएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

फेसबुकमा स्टाटस राख्दै ओलीले काठमाडौँका मेयर बालेन्द्र शाह र अभियन्ता ईः लाई वार्ताबाट समाधान खोज्न समेत आग्रह गरेका छन् । साथै ओलीले उपमेयर सुनिता डङ्गोलले भेटेर वार्ताबाट समाधान खोज्ने संकेत गरेको दाबी गरेका छन् ।

Extreme Energy

साथै ओलीले परम्परागत रुपमा चल्दै आएका कुरालाई एक्कासि परिवर्तन गर्न खोज्दा खलबली हुनु स्वभाविक र वैज्ञानिक भएकाले छलफलबाट समाधान निकाल्न सुझाएका हुन् । उनले लेखेका छन् "हो, फुटपाथ हिँड्नकै लागि हो।

पैदल यात्री सहज रूपमा हिँडून् भनेर नै फुटपाथ बनाइएको हो। यसमा कसैको दुईमत छैन होला, मेरो पनि छैन। कुरा परम्परा देखि फुटपाथमा रोजिरोटीका लागि गुजरा व्यापार गरिरहनु भएका मानिसहरूको व्यवस्थापन कसरी गर्ने भन्ने मात्रै हो।

फुटपाथ (सडक) व्यापार हाम्रो परम्परागत नेवारी व्यापार संस्कृतिको अंश पनि हो। असन, इन्द्रचोक, भोटाहिटीतिर ५० औं वर्ष अघिदेखि यस्तो चलेको हामीले देखेका थियौं ।

पुराना किताब, इतिहास र कथाहरूमा असन, इन्द्रचोकको व्यापारका विषयमा पढ्न पनि पाइन्छ । हो, अहिले परम्परागत रुपमा चल्दै आएको कुरालाई एक्कासि परिवर्तन गर्न खोज्दा केही खलबली हुनु स्वभाविक र वैज्ञानिक (Theory of Inertia) पनि हो । उपमेयरले भेट्नु भएको भन्ने सुनें। यो वार्ताबाट समाधान खोज्ने संकेत हुन सक्छ ।

दुबै युवा हुनुहुन्छ, छलफल गर्नुहोस्, समाधान निकाल्नुहोस् । हामीले महानगरबाट गरिबी लखेट्नु पर्छ, गरिब होइन । समाधानको उपाय के हुन सक्छ, तपाईँहरूको विचार पनि राख्नुस् है ! धन्यवाद !"


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
परराष्ट्रमन्त्री खनालसँग साइप्रसका गैरआवासीय राजदूतको शिष्टाचार भेटवार्ता

परराष्ट्रमन्त्री खनालसँग साइप्रसका गैरआवासीय राजदूतको शिष्टाचार भेटवार्ता

सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको सो भेटवार्तामा मन्त्री खनाल र राजदूत भ्रियोनिडेसबीच नेपाल र साइप्रसबीचको द्विपक्षीय सहकार्यका विभिन्न विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
देशभर संवाद अभियान चलाउने थापाको घोषणा

देशभर संवाद अभियान चलाउने थापाको घोषणा

सभापति थापाले आन्तरिक प्रतिस्पर्धाको तिक्तता छोडेर पार्टीसँग टाढिएका मतदाता र परिवारलाई पुनः जोड्न कांग्रेसले विशेष संवाद अभियान सञ्चालन गर्ने बताएका हुन् ।
ट्रम्पको बाँकी दुई वर्षको कार्यकालको दिशा निर्धारण गर्न अमेरिकामा मध्यावधि निर्वाचन हुँदै

ट्रम्पको बाँकी दुई वर्षको कार्यकालको दिशा निर्धारण गर्न अमेरिकामा मध्यावधि निर्वाचन हुँदै

प्रतिनिधिसभाका ४३५ सिटमध्ये बहुमतका लागि २१८ सिट आवश्यक पर्छ । अहिले रिपब्लिकनसँग २१८ र डेमोक्रेटसँग २१४ सिट छन् । डेमोक्रेटले बहुमतका लागि कम्तीमा तीन सिटको खुद लाभ लिनुपर्नेछ...
ऊर्जामन्त्री बिराजभक्त श्रेष्ठ बैंकक प्रस्थान

ऊर्जामन्त्री बिराजभक्त श्रेष्ठ बैंकक प्रस्थान

यसैगरी थाइल्याण्ड, नेपाल र यूएन इएससीएपीले संयुक्त रुपमा आयोजना गरेको ‘सगरमाथादेखि सागरसम्म: एसिया-प्रशान्त क्षेत्रमा शृङ्खलाबद्ध विपद् रोक्न नेपालको भोटेकोशी-त्रिशूली घटनाले सिकाएका पाठहरू’ विषयक कार्यशालालाई मन्त्री श्रेष्ठले बिहीबार सम्बोधन...