नेभिगेशन
सबै कुरा

महानगरबाट गरिबी लखेट्नु पर्छ, गरिब होइन: ओली

नेकपा एमालेका अध्यक्ष केपी ओलीले महानगरबाट गरिबलाई नभई, गरिबीलाई लखेट्नु पर्ने बताएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

फेसबुकमा स्टाटस राख्दै ओलीले काठमाडौँका मेयर बालेन्द्र शाह र अभियन्ता ईः लाई वार्ताबाट समाधान खोज्न समेत आग्रह गरेका छन् । साथै ओलीले उपमेयर सुनिता डङ्गोलले भेटेर वार्ताबाट समाधान खोज्ने संकेत गरेको दाबी गरेका छन् ।

Ncell
Extreme Energy

साथै ओलीले परम्परागत रुपमा चल्दै आएका कुरालाई एक्कासि परिवर्तन गर्न खोज्दा खलबली हुनु स्वभाविक र वैज्ञानिक भएकाले छलफलबाट समाधान निकाल्न सुझाएका हुन् । उनले लेखेका छन् "हो, फुटपाथ हिँड्नकै लागि हो।

पैदल यात्री सहज रूपमा हिँडून् भनेर नै फुटपाथ बनाइएको हो। यसमा कसैको दुईमत छैन होला, मेरो पनि छैन। कुरा परम्परा देखि फुटपाथमा रोजिरोटीका लागि गुजरा व्यापार गरिरहनु भएका मानिसहरूको व्यवस्थापन कसरी गर्ने भन्ने मात्रै हो।

फुटपाथ (सडक) व्यापार हाम्रो परम्परागत नेवारी व्यापार संस्कृतिको अंश पनि हो। असन, इन्द्रचोक, भोटाहिटीतिर ५० औं वर्ष अघिदेखि यस्तो चलेको हामीले देखेका थियौं ।

पुराना किताब, इतिहास र कथाहरूमा असन, इन्द्रचोकको व्यापारका विषयमा पढ्न पनि पाइन्छ । हो, अहिले परम्परागत रुपमा चल्दै आएको कुरालाई एक्कासि परिवर्तन गर्न खोज्दा केही खलबली हुनु स्वभाविक र वैज्ञानिक (Theory of Inertia) पनि हो । उपमेयरले भेट्नु भएको भन्ने सुनें। यो वार्ताबाट समाधान खोज्ने संकेत हुन सक्छ ।

दुबै युवा हुनुहुन्छ, छलफल गर्नुहोस्, समाधान निकाल्नुहोस् । हामीले महानगरबाट गरिबी लखेट्नु पर्छ, गरिब होइन । समाधानको उपाय के हुन सक्छ, तपाईँहरूको विचार पनि राख्नुस् है ! धन्यवाद !"


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बालेनलाई भेटेर आङ्देम्बेले के भने ?

बालेनलाई भेटेर आङ्देम्बेले के भने ?

नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्री बालेन शाहलाई भेटेर भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित क्षेत्रमा राहत र उद्धारलाई तीव्रता दिन आग्रह गरेका छन् ।
मन्त्रीहरुको एक महिनाको तलब उद्धार कोषमा, मन्त्रिपरिषद्ले अरु के के गर्‍यो निर्णय ?

मन्त्रीहरुको एक महिनाको तलब उद्धार कोषमा, मन्त्रिपरिषद्ले अरु के के गर्‍यो निर्णय ?

सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यहरुको एक महिनाको तलब/पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको छ ।
सर्वोच्चले देउवा र खड्कालाई दिएन अन्तरिम आदेश, गगनलाई महाधिवेशन गर्न बाटो खुला

सर्वोच्चले देउवा र खड्कालाई दिएन अन्तरिम आदेश, गगनलाई महाधिवेशन गर्न बाटो खुला

सर्वोच्च अदालतले कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र  निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले कांग्रेसको आसन्न पन्ध्रौँ महाधिवेशन रोक्न माग गर्दै दायर गरेको रिटमा अन्तरकालीन आदेश दिन अस्वीकार गरेको...
भारत र चीनलाई रवि लामिछानेको आग्रह– आउनुस्, सीमापार विपद् न्यूनीकरण गर्न सहकार्य गरौँ

भारत र चीनलाई रवि लामिछानेको आग्रह– आउनुस्, सीमापार विपद् न्यूनीकरण गर्न सहकार्य गरौँ

नले भने, ‘आउनुहोस्, नेपाल, भारत र चीन मिलेर जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न, पूर्वसूचना प्रणालीहरू विकास गर्न र सीमापार विपद् सम्बन्धी तथ्याङ्क तत्काल आदानप्रदान गर्न सहकार्य गरौं। जलवायु...