नेभिगेशन
सबै कुरा

ओली लक्षित सुमनाकाे प्रहार : बुद्धि भन्दा बल ठूलो, बल भन्दा दल ठूलो रहेछ

काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सुमना श्रेष्ठले बुद्धिभन्दा बुद्धि भन्दा बल ठूलो, बल भन्दा दल ठूलो भन्दै संसदमा व्यंग्य प्रहार गरेकी छिन् । बिहिबार संसदमा बोल्दै सांसद श्रेष्ठले विश्वविद्यालयमा भइरहेको दलीय भागबण्डा विवादलाई लिएर उनले सो अभिव्यक्ति दिएकी हुन् । 


CG

‘सानो हुँदा पढेको थिएँ ‘बलभन्दा बुद्धि ठूलो’ भनेर, तर अहिले विश्वविद्यालयको अवस्था हेर्ने हो भने र धेरै माननीयज्यूहरुले यहाँ प्रकट गरेको व्यवहारिक शिक्षा हुनुपर्छ भनेको देख्दाखेरी, हैन बुद्धिभन्दा बुद्धि भन्दा बल ठूलो, बल भन्दा दल ठूलो भनेर पढाइयो ।’, सांसद श्रेष्ठले भनिन् ।

त्यस्तै उनले विश्वविद्यालयको कुलपति समेत रहेका प्रधानमन्त्रीको दलको संगठनले विभागको प्रमुखका लागि लबिङ् गरेर विश्वविद्यालयमा आतंक मच्याएको आरोप लगाएकी छिन् । ‘विभागिय प्रमुखको पदको लागि यो दलीय राजनीतिकरणले निम्त्याएको दुर्दशा हो सभामुख महोदय । तर यो त्यतिमा मात्र सिमित चाहीँ रहँदैन । यसमा कार्यक्षमता र नियतको पनि प्रश्न उठ्छ । विवाद भएका विश्वविद्यालयका कुलपति को ? प्रधानमन्त्री । एउटा मन्त्रीले अर्को मन्त्रीलाई सामाजिक संजालमा जोडदार माग गर्नुपर्ने । त्यो मन्त्रीहरुको परिषद्को कप्तान को  ? प्रधानमन्त्री । दलको राजनीतिले जडजड बनाएको २ वटा ठूलो राजनीतिक दलको भातृ संगठन, प्रशासनीक संगठन, प्राध्यापको संगठनले जडजड बनाएर हैन म यो दिशा दिन्छु भनेर भाग्ने कप्तान को ? प्रधानमन्त्री ।',उनले थपिन, 'साउन ३० गतेतिर सरस्वती क्याम्पसमा चिट चोराउन गएका अनेरास्ववियुका नेताले परिक्षा नियन्त्रकलाई कुटे । क्याम्पस प्रमुख र क्याम्पस प्रशासन मुकदर्शक बन्यो । त्यसको माउ पार्टीको अध्यक्ष को ? प्रधानमन्त्री । शिक्षालयमा दल चाहिन्छ भनेर अहिले सेनापतिका रुपमा सबैठाउँमा बोल्दै हिँड्ने, दलगत हुनुपर्छ, राजनीति चाहिन्छ, शिक्षकहरुले राजनीति गर्नुपर्छ, प्राध्यापकले राजनीति गर्नुपर्छ भन्ने को हुनुहुन्छ ? अहिलेका प्रधानमन्त्री । '

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
गण्डकी प्रदेशका १८ सिटमा रास्वपाका क-कसकाे मनाेनयन (सूची)

गण्डकी प्रदेशका १८ सिटमा रास्वपाका क-कसकाे मनाेनयन (सूची)

रास्वपाले गण्डकी प्रदेशका १७ मध्ये १७ वटा सिटमा मात्रै उम्मेदवार उठाएको छ।
धादिङ २ एमाले टिकटमा लफडा: पहिले घलेबाट चन्द्रले खोसे, अहिले चन्द्रबाट घलेले

धादिङ २ एमाले टिकटमा लफडा: पहिले घलेबाट चन्द्रले खोसे, अहिले चन्द्रबाट घलेले

एमालेले फेरि धनबहादुर घलेलाई नै आफ्नो उम्मेदवार बनाएको छ । एमालेले आइतबार घलेलाई क्षेत्र नम्बर २ बाट टिकट दिएको थियो तर, मंगलबार घलेको टिकट खोसेर एमाले चन्द्र रिजाललाई...
प्रधानमन्त्रीको सम्बोधनः 'आन्दोलनको आक्रोश र सपनालाई मतपत्रमा राखौँ, फागुन २१ को निर्वाचन निर्विकल्प मार्ग हो'

प्रधानमन्त्रीको सम्बोधनः 'आन्दोलनको आक्रोश र सपनालाई मतपत्रमा राखौँ, फागुन २१ को निर्वाचन निर्विकल्प मार्ग हो'

कार्कीले भनिन् 'आज म यही मञ्चबाट देश र दुनियाँलाई प्रष्ट पार्न चाहन्छु( २०८२ फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचन अब केवल एउटा कार्यतालिका मात्र रहेन, यो हाम्रो देशलाई...
वीरगञ्ज महानगरले बिपी उद्यान अतिक्रमण गरेर व्यवसाय गर्नेलाई हटायो

वीरगञ्ज महानगरले बिपी उद्यान अतिक्रमण गरेर व्यवसाय गर्नेलाई हटायो

उनले घण्टाघरसँगै रहेको उद्यानको फलफूल, तरकारी तथा अन्य अस्थायी पसल राखेर अव्यवस्थित भएकाले तिनलाई हटाएर पार्क निर्माण गर्न लागिएको बताए । “अव्यवस्थित बजारलाई आज बिहान एक्जाभेटर लगाएर हटाउने...