नेभिगेशन
सबै कुरा

ओली लक्षित सुमनाकाे प्रहार : बुद्धि भन्दा बल ठूलो, बल भन्दा दल ठूलो रहेछ

काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सुमना श्रेष्ठले बुद्धिभन्दा बुद्धि भन्दा बल ठूलो, बल भन्दा दल ठूलो भन्दै संसदमा व्यंग्य प्रहार गरेकी छिन् । बिहिबार संसदमा बोल्दै सांसद श्रेष्ठले विश्वविद्यालयमा भइरहेको दलीय भागबण्डा विवादलाई लिएर उनले सो अभिव्यक्ति दिएकी हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


Ncell
Extreme Energy

‘सानो हुँदा पढेको थिएँ ‘बलभन्दा बुद्धि ठूलो’ भनेर, तर अहिले विश्वविद्यालयको अवस्था हेर्ने हो भने र धेरै माननीयज्यूहरुले यहाँ प्रकट गरेको व्यवहारिक शिक्षा हुनुपर्छ भनेको देख्दाखेरी, हैन बुद्धिभन्दा बुद्धि भन्दा बल ठूलो, बल भन्दा दल ठूलो भनेर पढाइयो ।’, सांसद श्रेष्ठले भनिन् ।

त्यस्तै उनले विश्वविद्यालयको कुलपति समेत रहेका प्रधानमन्त्रीको दलको संगठनले विभागको प्रमुखका लागि लबिङ् गरेर विश्वविद्यालयमा आतंक मच्याएको आरोप लगाएकी छिन् । ‘विभागिय प्रमुखको पदको लागि यो दलीय राजनीतिकरणले निम्त्याएको दुर्दशा हो सभामुख महोदय । तर यो त्यतिमा मात्र सिमित चाहीँ रहँदैन । यसमा कार्यक्षमता र नियतको पनि प्रश्न उठ्छ । विवाद भएका विश्वविद्यालयका कुलपति को ? प्रधानमन्त्री । एउटा मन्त्रीले अर्को मन्त्रीलाई सामाजिक संजालमा जोडदार माग गर्नुपर्ने । त्यो मन्त्रीहरुको परिषद्को कप्तान को  ? प्रधानमन्त्री । दलको राजनीतिले जडजड बनाएको २ वटा ठूलो राजनीतिक दलको भातृ संगठन, प्रशासनीक संगठन, प्राध्यापको संगठनले जडजड बनाएर हैन म यो दिशा दिन्छु भनेर भाग्ने कप्तान को ? प्रधानमन्त्री ।',उनले थपिन, 'साउन ३० गतेतिर सरस्वती क्याम्पसमा चिट चोराउन गएका अनेरास्ववियुका नेताले परिक्षा नियन्त्रकलाई कुटे । क्याम्पस प्रमुख र क्याम्पस प्रशासन मुकदर्शक बन्यो । त्यसको माउ पार्टीको अध्यक्ष को ? प्रधानमन्त्री । शिक्षालयमा दल चाहिन्छ भनेर अहिले सेनापतिका रुपमा सबैठाउँमा बोल्दै हिँड्ने, दलगत हुनुपर्छ, राजनीति चाहिन्छ, शिक्षकहरुले राजनीति गर्नुपर्छ, प्राध्यापकले राजनीति गर्नुपर्छ भन्ने को हुनुहुन्छ ? अहिलेका प्रधानमन्त्री । '

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

गत वैशाख २८ गतेदेखि आजसम्म गरी कुल १४५ दिन भए पनि संसदीय कार्य दिन ६२ कायम भएको हो । सभामुख डोलप्रसाद अर्यालले दोस्रो अधिवेशनको अन्त्यको घोषणा गर्नुपूर्व अधिवेशनमा...
रास्वपा सचेतक क्रान्तिशिखाको आग्रह– नयाँ घटना आएपछि अघिल्लो पीडा नबिर्सौं

रास्वपा सचेतक क्रान्तिशिखाको आग्रह– नयाँ घटना आएपछि अघिल्लो पीडा नबिर्सौं

रास्वपा सचेतक क्रान्तिशिखा धितालले नयाँ घटना आउना साथ पुरानो घटना र त्यसले दिएको पीडा नभुल्न सरकारलाई आग्रह गरेकी छन् ।
राष्ट्रसंघ महासभामा नेपालले के भन्यो ? परराष्ट्रमन्त्रीले संसद्लाई गराए जानकारी

राष्ट्रसंघ महासभामा नेपालले के भन्यो ? परराष्ट्रमन्त्रीले संसद्लाई गराए जानकारी

परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा नेपालको सहभागिताबारे प्रतिनिधिसभाको आजको बैठकलाई जानकारी गराएका छन् ।
सरकारले जनअपेक्षाबमोजिम काम गर्न सकेनः आङ्देम्बे

सरकारले जनअपेक्षाबमोजिम काम गर्न सकेनः आङ्देम्बे

प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङ्देम्बेले वर्तमान सरकारका छ महिना जनअपेक्षाबमोजिम उपलब्धिपूर्ण हुन नसकेको र सङ्क्रमणकालकै निरन्तरता भएको बताएका छन् ।