नेभिगेशन
सबै कुरा

भरतपुरबाट मात्रै उन्नाईस हजार बढीले लिए सवारी चालक अनुमतिपत्र

चितवन । यातायात व्यवस्था कार्यालय भरतपुरबाट १९ हजार ७४ जनाले सवारी चालक अनुमतिपत्र लिएका छन् । कार्यालयले विसं २०८० वैशाख ४ गते देखि सवारी चालक अनुमतिपत्र दिन सुरु गरेको थियो । उनीहरुले नयाँ र वर्ग थप गरेर सवारी चालक अनुमतिपत्र लिएका हुन ।  

कार्यालयका प्रशासकीय अधिकृत सुरेशकुमार चपाईका अनुसार कार्यालयबाट सवारी चालक अनुमतिपत्र प्रदान तथा नवीकरण गर्दै आएको छ । सो अवधिमा १४ हजार ९०५ जनाले सवारी चालक अनुमतिपत्र नवीकरण गरेको उनले बताए। यस कार्यालयबाट मोटरसाइकल, स्कुटर, कार, जीप, ट्याम्पो, ई रिक्सा, ट्याक्टर, मिनिबस, बस÷ट्रक, एक्साभेटर र व्याकुलोडर लगायतको सवारी चालक अनुमतिपत्र दिइने गरिएको छ । 

CG

उनले भने, “यहाँबाट अत्याधिक मात्रामा मोटरसाइकल, स्कुटर र कार, जीपको सवारीचालक अनुमतिपत्र लिने गरेका छन् ।” यस जिल्लामा अध्ययन वा रोजगारीको सिलसिलामा आएका जो कोहीले पनि सवारी चालक अनुमतिपत्रका लागि आवेदन दिने गरेको उनले बताए । 

अधिकृत चपाईका अनुसार सवारी साधनको प्रमाण पुर्जाको प्रतिलिपि ७१ जनाले लिएका छन् । गत आर्थिक वर्षमा सवारी दर्ता १३ हजार ९०९ वटा भएको छ । सवारी दर्ता प्रक्रिया सुरु भएसँगै यस कार्यालयबाट हालसम्म २९ हजार ११ जनाले सवारी साधन दर्ता गराएका छन् । कार्यालयले गत आर्थिक वर्षमा रु ८८ करोड २० लाख राजस्व सङ्कलन गरेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
आशिका तमाङबारे अनर्गल प्रचार, आशिकाबारे उजुरी नै छैन

आशिका तमाङबारे अनर्गल प्रचार, आशिकाबारे उजुरी नै छैन

तामाङले जर्मनीको पीआर लिएकाले उनी उम्मेदवार बन्न अयोग्य रहेको भन्दै उजुरी दर्ता गर्न खोजिएको थियो । तर उक्त उजुरीमा ठोस प्रमाण नभएका निर्वाचन कार्यालयले दर्ता नगरेको पाइएको छ...
संसद् भवन परिसरमा सहिदका सालिक राख्ने विषयमा प्रधानमन्त्रीद्वारा छलफल

संसद् भवन परिसरमा सहिदका सालिक राख्ने विषयमा प्रधानमन्त्रीद्वारा छलफल

छलफलमा अर्थमन्त्री रामेश्वर खनाल, गृहमन्त्री ओमप्रकाश अर्याल, खानेपानीमन्त्री डा मदन परियार, सहरी विकासमन्त्री कुमार इङ्नाम, सङ्घीय संसद्का महासचिव पद्मप्रसाद पाण्डे, प्रधानमन्त्री कार्यालयका सचिव गोविन्दबहादुर कार्की, अर्थसचिव घनश्याम उपाध्याय,...
रास्वपाका उम्मेदवार लालविक्रम थापाविरुद्धको उजुरी खारेज, उम्मेदवारी कायम

रास्वपाका उम्मेदवार लालविक्रम थापाविरुद्धको उजुरी खारेज, उम्मेदवारी कायम

प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका थापा विरुद्ध मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको थियो । तर थापाविरुद्धको उजुरी दाबी नपुगेको भन्दै खारेज गरिएको सुनसरी क्षेत्र नम्बर २ का...
शुक्रबार अपराह्नदेखि मौसम बदली हुने अनुमान

शुक्रबार अपराह्नदेखि मौसम बदली हुने अनुमान

विभागका मौसमविद् डेभिट ढकालले माघ ९ र १० गते शुक्रबार दिउँसोदेखि पश्चिम नेपालबाट बादल लाग्न सुरु गर्ने जानकारी दिए । उनले त्यसपछि सुदुरपश्चिम क्षेत्रको थोरै स्थानमा हल्का वर्षा...